महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिकामा नगरप्रमुखकै घरमा नगर कार्यपालिकाको कार्यालय सञ्चालन भएको छ । भङ्गाहा–५ सीतापुरमा नवनिर्मित आफ्नो निजी पक्की घर नगरप्रमुख सञ्जिवकुमार साहले कार्यालय सञ्चालनका लागि नि:शुल्क उपलब्ध गराएको हो ।
नगरप्रमुख साहले नगरपालिकाको कार्यालय भवन नबनुञ्जेलसम्म घरभाडा नलिने गरी कार्यालय सञ्चालन गर्न नयाँ भवन उपलब्ध गराउनुभएको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले जानकारी दिए । “नगरप्रमुख साहले लिखित सम्झौता गरेरै भवन उपलब्ध गराउनु भएपछि नयाँ आर्थिक वर्ष प्रारम्भसँगै कार्यालय सारिएको छ”, जोशीले भने, “ अब मासिक रु ६० हजार बचत हुने भयो ।”
नगरपालिकाको आफ्नै भवन नहुँदा यसअघि सीतापुरमै मासिक रु ६० हजार लाग्ने भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएको थियो । नगरप्रमुख साहले आफू बसोबासका लागि अर्को घर रहेको हुँदा नवनिर्मित भवन कार्यालय सञ्चालनका लागि नि:शुल्क उपलब्ध गराएको बताए । नयाँ आव २०७८/०७९ भित्र भवन निर्माण भइसक्ने साहको भनाइ छ । पक्की घरमा २० भन्दा बढी कोठा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १० गते, २०८२ - १७:१५
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने बताएको छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा सभापति ...
माघ १० गते, २०८२ - १६:५५
म्याग्दी । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन् । शुक्रबार मुख्य निर्वाचन अधिकृतको...
माघ १० गते, २०८२ - १६:४४
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरीले आफ्नो उम्मेदवारी रद्द गर्ने निर्वाचन अधिकृतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट द...
माघ १० गते, २०८२ - १६:२९
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सभापतिको भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्च...
माघ १० गते, २०८२ - १६:१३
काठमाडौं । नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीक...
माघ १० गते, २०८२ - १६:०२
काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश ...
माघ १० गते, २०८२ - १५:५४
काठमाडौँ । नेकपा एमालेको ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ३८ जना नेता–कार्यकर्ताले पार्टी छाडेका छन्। अध्यक्ष जीवी खड्कासहित ...
माघ १० गते, २०८२ - १५:४८
झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा –५ का नेता तथा कार्यकर्तालाई जनताको घर–घरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिएको छन्।...
माघ १० गते, २०८२ - १५:२९
काठमाडौं । देशभर ४९ जना उम्मेदवारले आफ्ना उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यस चुनावमा ३ हजार ४८...
माघ १० गते, २०८२ - १५:१९
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही सञ्चारमाध्यमलाई दिएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। अध...




प्रतिकृया लेख्नुहोस्: