काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको बैठकले पार्टीको विधान पारित गरेको छ । सिंहदरबारमा आज भएको बैठकले सर्वसम्मत रुपमा पार्टीको विधान पारित गरेको हो ।
बैठकले मन्त्रिमण्डलमा सहभागी हुनेको नाम भने अर्को बैठकले टुङ्गो लगाउने निर्णय पनि गरेको छ । जसपाका कार्यकारिणी समितिका सदस्य एवं सांसद मोहम्मद इस्तियाक राईका अनुसार बैठकमा ‘सङ्घीय संसदीय दलको विधान–२०७८’ को मस्यौदा प्रस्तुत भई छलफलमा सदस्यबाट आएको सुझावलाई समेत समावेश गरी विधान पारित भएको छ ।
यस्तै, बैठकले प्राप्त सुझावलाई समावेश गर्न सांसदद्वय रामसहाय प्रसाद यादव र राईलाई जिम्मेवारी दिएको छ । उक्त विधानलाई अनुमोदनका लागि पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा पठाउने निर्णय गरिएको छ । संसदीय दलको बैठकमा २२ सांसदको उपस्थिति थियो । जसपाको प्रतिनिधि सभामा ३२ सांसद छन् ।
जसपाको संसदीय दल बैठकमा अध्यक्ष उपेन्द्र यादव पक्षमा बहुमत सांसद रहेका छन् । यसअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सत्ता समीकरणका बेला जसपा दुई समूहमा विभाजन भएको थियो । तथापि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिँदा जसपाको दुवै पक्षले मत दिएको थियो । जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका कतिपय सांसद यादव समूहमा आएका थिए ।
जसपाको पार्टी आधिकारिकताको विवाद भने निर्वाचन आयोगमा अड्किएको छ । आयोगले दुवै पक्षको कागजात झिकाएर आवश्यक छलफल गरेर निर्णय लिने बताइएको छ । दुवै पक्षले पार्टी आधिकारिकताका लागि दाबी गरेपछि आयोगले इजलास गठन गरेर पार्टी आधिकारिकताको निष्कर्ष निकाल्ने जनाएको थियो । उक्त सम्बन्धमा साउन ३ गतेदेखि छलफल चलिरहेको छ । आयोगको निर्णयपछि यादव पक्ष सरकारमा सहभागी हुने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८१ - १६:१७
काठमाडौं । घरबाट मर्छु भनेर हिँडेका एक युवकलाई प्रहरीले जीवित अवस्थामा नियन्त्रणमा लिएको छ । शुक्रबार विहान नागार्जुन नगरपालिका–६ का ३५ वर्षीय सन्तोष...
पौष १२ गते, २०८१ - १६:१४
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्न लागेको छ । सन् २०२३ जनवरी १ मा सञ्चालनमा आएको विमानस्थलमा अझै नियमित अन्तर्राष्ट्र...
पौष १२ गते, २०८१ - १५:५४
काठमाडौं । केही समयदेखि पाकिस्तान र अफगानिस्तानबीचको तनावले अहिले ठूलो रुप लिएको छ । पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलापछि सुरु भएको तनाव अहिले...
पौष १२ गते, २०८१ - १५:५२
काठमाडौं । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म, समृद्ध युरोपेली सहरहरूदेखि अफ्रिकाका भीडभाडयुक्त ग्रामिण बस्तीहरूसम्म कुनै पनि ठाउँ स...
पौष १२ गते, २०८१ - १५:४८
काठमाडौं । महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी आर्थिक तथा शारीरिक शोषण गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पीडित महिलाहरुको जाहेरीका आधा...
पौष १२ गते, २०८१ - १५:४५
काठमाडौं । भुटानी राजपरिवारका सदस्यहरु निजी भ्रमणका लागि काठमाडौं आएका छन् । विहीबार काठमाडौं आएका उनीहरुले शनिबार ह्वाइट गुम्बामा पूजाआजा गर्ने कार्य...
पौष १२ गते, २०८१ - १५:२४
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबारबाट काठमा...
पौष १२ गते, २०८१ - १५:१८
जनकपुरधाम । स्थानीय तहमा कार्यरत कर्मचारीहरूले मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय तथा मुख्यमन्त्रीको आवासमा धर्ना दिएका छन् । पदस्थापनको माग गर्दै शु...
पौष १२ गते, २०८१ - १५:१५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घले कार्यविस्तृतीकरण प...
पौष १२ गते, २०८१ - १५:१३
कैलाली । कैलाली जिल्लाको कर्णाली चिसापानीको पुल छेउमा सुन्तला तथा फलफुल किन्दै आन्तरिक पर्यटकहरु । ...
प्रतिकृया लेख्नुहोस्: