भक्तपुर । नेकपा (एमाले) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी बनाउने कि भत्काउने भन्ने जिम्मेवारी नेतृत्वको हुने बताएका छन् ।
नेता नेपाल पक्षको युवा सङ्घ नेपाल केन्द्रीय कमिटीले आज भक्तपुरको सूर्यविनायकमा आयोजना गरेको ४३ औँ पुष्पलाल स्मृति दिवस तथा पिपुल्स भोलियन्टर घोषणा कार्यक्रममा बोल्दै उहाँले कम्युनिष्ट आन्दोलनमा अहिले कालो बादल मडारिएको बताए ।
नेता नेपालले भने, “अहिले कालो बादल मडारिएको छ, त्यो बादललाई हटाएर अगाडि बढ्नुपर्छ ।”
असल उत्तराधिकारी युवाबाटै जन्मनुपर्छ भन्दै उहाँले जस्तोसुकै परिस्थितिमा पनि मैदान छाडेर भाग्न हुँदैन भन्ने पढेको र सिकेको बताए । पार्टीभित्र भएका गल्ति कमीकमजोरीलाई समीक्षा गर्दै आत्मालोचना गर्दै लागेको धुलो टकटक्याउँदै फेरि उठेर जनताको माझ जानुपर्छ भन्दै उहाँले जनताले फेरि कम्युनिष्टलाई सत्ताको नेतृत्वमा पुर्याउने दाबी गरे ।
नेता नेपालले शिव श्रेष्ठको नेतृत्वमा एक हजार एक पिपुल्स भोलियन्टर घोषणा गर्दै जनताको मन जित्ने गरी काम गर्न, इमान्दारी, समर्पण, निष्ठा, संकल्प र देश तथा जनताको लागि काम गर्न निर्देशन दिए । एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टीमा सम्मानजनक एकता चाहिने बताए ।
उनले नेतृत्वले एकताको वातावरण बनाउनुपर्नेमा जोड दिए । दुई तिहाई नजिकको सरकार र यति ठूलो पार्टी अहिले कहाँ पुग्यो फर्केर हेरे हुन्छ भन्दै नेता पन्तले भने, “लोकतन्त्र, गणतन्त्र र संविधान जोगाउन बाध्य भएर शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेका हौँ, हामीले नै माधव नेपाललाई त्यसो गर्न भनेका हौँ, त्यसको जिम्मा हाम्रो टिमले लिन्छ ।” सो अवसरमा विभिन्न भ्रातृ सङ्गठनका नेताले पिपुल्स भोलियन्टरको आवश्यकता र औचित्य माथि प्रकाश पारे । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - २०:०९
निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा
माघ ९ गते, २०८२ - १९:५८
काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...
माघ ९ गते, २०८२ - १९:४३
अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?
माघ ९ गते, २०८२ - १९:११
जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...
माघ ९ गते, २०८२ - १९:०७
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...
माघ ९ गते, २०८२ - १८:५०
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...
माघ ९ गते, २०८२ - १८:३५
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...
माघ ९ गते, २०८२ - १८:३१
काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...
माघ ८ गते, २०८२ - २०:२४
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...
माघ ८ गते, २०८२ - २०:२०
संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी




प्रतिकृया लेख्नुहोस्: