Khabar Dabali ८ फाल्गुन २०८२ शुक्रबार | 20th February, 2026 Fri
Investment bank

बढ्यो कोरोना सङ्क्रमणको ग्राफ, यस्ता छन् कारण

यी हुन् पाँच सय बढी कोरोना संक्रमित १० जिल्ला

खबरडबली संवाददाता

काठमाडौँ । निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । 

सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै सङ्क्रमणको दर पनि बढ्दै गएको पाइएको हो । निषेधाज्ञा खुलेसँगै भीडभाड तथा जनस्वास्थ्यमा मापदण्ड लागू नगर्नेजस्ता कारणले सङ्क्रमणको दर बढेको पाइएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले साउन लागेपछि मानिसको आउजाउ बढेपछि सङ्क्रमणदर पनि बढिरहेको बताउनुभयो । निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यमा मापदण्ड लागू गर्न, भीडभाड नगर्न र सामाजिक दूरी दुई मिटर कायम गर्न पटकपटक आग्रह गरे पनि मानिसले लत्याएका छन् । यसबाट सङ्क्रमण दर क्रमशः बढ्दै गएको पाइएको छ ।

'खुकुलो भएसँगै सङ्क्रमण हुने दर बढिरहेको छ । विगत एक हप्तादेखि सङ्क्रमित हुने दर बढ्दो रहेको छ', उनले भने, 'सङ्क्रमणको रोकथाम र नियन्त्रण गरे पनि भीडभाड गर्ने र जनस्वास्थ्यमा मापदण्ड लागू नगर्दा सङ्क्रमण जति घट्नुपर्ने हो त्यति घट्न सकिरहेको छैन ।'

सरकारले गत असार २२ गतेदेखि सबै प्रकारका व्यवसाय खुला र जोरबिजोर हटाउँदै सबै सवारी साधन सञ्चालन गर्ने गरी निषेधाज्ञालाई खुकुलो बनाएको हो । कोभिड–१९ को सङ्क्रमण बढेसँगै गत वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू गरिएको थियो । 

मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझै पनि बुझी नबुझी लुकीछिपी वा खुल्लमखुला जनस्वास्थ्यमा मापदण्ड उल्लङ्घन भइरहेको जनाएको छ । उहाँका अनुसार अहिले दैनिक परीक्षण गरिएकामध्ये २२ प्रतिशतमा सङ्क्रमणदर रहेको छ । नेपालमा शुरुदेखि अहिलेसम्मको सङ्क्रमणदर भने १९.३ प्रतिशत रहेको छ । 

सङ्क्रमणको दोस्रो लहर आएसँगै दैनिक एक हजार ८०० मा झरे पनि अहिले त्यो क्रमशः बढ्दै गइरहेको छ । अहिले त्यो सङ्ख्या बढेर तीन हजार पुगेको छ । साउन १ गते १४ हजार १८२ जनाको परीक्षण गर्दा दुई हजार ९३६ मा सङ्क्रमण देखिएकामा बिहीबार साउन ७ गतेसम्म आइपुग्दा दुई हजार ७१४ पुगेका छन् । 

यस्तै साउन २ गते १० हजार ६६ परीक्षण हुँदा एक हजार ८७५, ३ गते नौ हजार ६२८ परीक्षण गर्दा एक हजार ८०१, ४ गते ११ हजार ६६४ परीक्षण हुँदा दुई हजार ४४५, ५ गते १३ हजार १३५ परीक्षण हुँदा तीन हजार १०८ र साउन ६ गते दुई हजार ८३८ जना सङ्क्रमित भएका छन् । 

मन्त्रालयका अनुसार मृत्यु हुने सङ्ख्या १८ सम्ममा झरे पनि बिहीबार २४ जनाको सङ्क्रमणबाट निधन भएको छ । यसैगरी सबभन्दा बढी सङ्क्रमणदर हुने प्रदेशमा प्रदेश नं १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम रहेका छन् । ती प्रदेशमा परीक्षण गरिएकामध्ये दुई जनामा एक जना सङ्क्रमित पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए । 

जनस्वास्थ्यविद् डा सागरराज भण्डारीले निषेधाज्ञा खुकुलो पारेसँगै जोखिम बढेको बताउँछन् । उनले परीक्षणको दायरा कम र खुकुलो भएसँगै मानिसको भीडभाड भएकाले नेपालमा सङ्क्रमणको जोखिममा अझै रहेको बताए । 'मानिस घरमै बसेर सङ्क्रमणलाई लुकाइरहेका छन् । सङ्क्रमण भए पनि आइसोलेशनमा बसेका छैनन्', उनले भने, 'जसले गर्दा घरपिच्छै सबै मानिसमा सङ्क्रमण हुने डर छ ।'

उनले खोप लगाएका मानिसबाट पनि सङ्क्रमण सार्ने जोखिम उत्तिकै रहेको बताउँछन् । 'खोप लगाएका मानिस केही हुँदैन भन्दै जनस्वास्थ्यमा मापदण्ड लागू गरिएको देखिएको छैन', उनले भने, 'खोपले सङ्क्रमणलाई नै रोक्ने होइन । सङ्क्रमणको लक्षणलाई मात्र कमी गराउने हो ।' नेपालमा पहिलो लहर सकिए पनि गत चैतको दोस्रो हप्तादेखि सङ्क्रमणको दोस्रो लहर आएको थियो । दोस्रो लहरले मानिसको जनजीवन असामान्य बनाएको थियो । सङ्क्रमणको दोस्रो लहरले फोक्सोमा असर पुर्‍याएर अक्सिजनको मात्रा घटाउने र निमोनियाजस्ता रोग लागेका थिए । जनस्वास्थ्यविद् भण्डारीका अनुसार भारतमा सङ्क्रमणको दर बढिरहेकाले नेपालमा जोखिम रहेको बताउनुभयो । भारतको खुला सीमाका कारण भारतबाट सङ्क्रमण फैलने डर रहेको छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बाँस्तोलाले खुकुलो भएसँगै मानिसले जनस्वास्थ्यमा मापदण्ड प्रयोग नगर्दा जोखिम रहको बताउँछन् । 'खोपले लगाएको चारदेखि छ हप्तासम्म काम गर्दछ', उहाँले भन्नुभयो, 'खोप लगाएकाले पनि स्वास्थ्यमा मापदण्ड लागू नगर्दा त्यो बीचमा जोखिम नै हुन्छ ।' उनले केही समय अस्पतालमा सङ्क्रमित बिरामी कमी आए पनि अहिले उपचार गर्नेको सङ्ख्या पनि बढेको बताए । 

१० जिल्लामा ५०० भन्दा बढी
अहिले ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १० वटा रहेका छन् । तिनमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, नवलपरासी (पूर्व) र रुपन्देही  रहेका छन् । यही साउन ६ गते मात्र ५०० भन्दा बढी सङ्क्रमति हुने नवलपरासी (पूर्व), रुपन्देही र कास्की जिल्ला थपिएका हुन् । यसैगरी २०० भन्दा बढी सङ्क्रमति हुने जिल्ला २६ पुगेका छन् । मन्त्रालयले अघिल्लो हप्ताको तुलनामा यस हप्ता २०० भन्दा बढी सङ्क्रमण हुने जिल्ला धेरै थपिएको जनाएको छ । 

तेस्रो लहर आउन सक्छ : स्वास्थ्य मन्त्रालय
सरकारले तेस्रो लहर आउनसक्ने चेतावनी दिइसकेको छ । नेपालमा असोज वा कात्तिक महिनातिर तेस्रो लहर आउनसक्ने बताइएको छ । अस्पतालका निर्देशक डा बाँस्तोलाले तेस्रो लहरका रूपमा डेल्टा प्लस भेरियन्ट नेपालमा देखिइसकेकाले जोखिम शुरु भइसकेको बताए । उनले डेल्टा प्लस भेरियन्ट निकै सङ्क्रामक रहेकाले बच्नुपर्ने बताए । 

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै सङ्क्रमणको बढ्दो अवस्थाले तेस्रो लहर आउन सक्ने बताए । उनले तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, श्ययालगायतका पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरेका छन् । 
 
उनले तेस्रो लहर आएर भयाभह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको बताए । 'सबै अस्पताललाई अक्सिजन भर्न र श्यया तयारी अवस्थामा राख्न निर्देशन दिएका छौँ', उनले भने, 'तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले बालबालिकाका लागि सघन उपचारकक्ष र भेन्टिलेटर तयारी अवस्थामा राख्न भनेको छौँ ।' उहाँले तेस्रो लहर बालबालिकाका लागि बढी जोखिम रहेकाले सबै स्वास्थ्य संस्थालाई बालबालिकाका लागि २० प्रतिशत श्यया छुट्याउन निर्देशन दिइसकेको जानकारी दिए । 

उपत्यकामा पनि बढ्यो सङ्क्रमण
काठमाडौँ उपत्यकामा पनि सङ्क्रमणदर बढ्दो रहेको छ । उपत्यकामा भीडभाड र सवारी साधन चलेसँगै सङ्क्रमण पनि बढिरहेको मन्त्रालयले जनाएको छ । साउन १ गते उपत्यकामा सङ्क्रमित सङ्ख्या ५४१ पुगेकामा साउन ७ गते ७५१ पुगेको छ । साउन १ गते उपत्यका काठमाडौँमा ३४३, ललितपुरमा १३६ र भक्तपुरमा ६२ जनामा सङ्क्रमण देखिएको थियो । साउन ७ गते काठमाडाँैमा ५३६, ललितपुर १३० र भक्तपुर ८५ जनामा सङ्क्रमण देखिएको छ । 

काठमाडौँ जिल्लामा सङ्क्रमित दुई लाख १२ हजार १५२ तथा पाँच हजार ९१६ सक्रिय सङ्क्रमित रहेका छन् । त्यसगरी ललितपुरमा ३९ हजार ५९६ सङ्क्रमित र एक हजार ६१ सक्रिय सङ्क्रमित  तथा भक्तपुरमा २३ हजार ४४२ सङ्क्रमित र ९३५ सक्रिय सङ्क्रमित रहेका छन् । 

निको हुने पनि स्थिर
सङ्क्रमण बढेसँगै निको हुने दर पनि स्थिर रहेको छ । साउन १ गते निको हुने दर ९४.५ प्रतिशत रहेको थियो । साउन ७ गते पनि निको हुने दर साउन १ गतेकै जस्तो ९४.५ रहेको छ । अहिले निको हुने दर बढ्न सकेको छैन । साउन २ गतेदेखि साउन ४ गतेसम्मको ९४.७ प्रतिशतमा स्थिर रहेको थियो । साउन २ गते ९४.७ प्रतिशत, ३ गते ९४.७ प्रतिशत, ४ गते ९४.७ प्रतिशत, ५ गते ९४.६ प्रतिशत  ६ गते निको हुने दर ९४.६ प्रतिशत रहेको छ । 

खोप छ नियमित
नेपालमा अहिलेसम्म भारत, चीन र अमेरिकाबाट कोरोना भाइरसविरुद्धको खोप आएको छ । ती खोप प्राथमिकतानुसार मन्त्रालयले नियमितरूपमा नागरिकलाई लगाइरहेको छ । कोभिशिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप नेपालमा लगाइएका छन् । अहिलेम्म नेपालमा ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ । सरकारले साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ चीनबाट ल्याउने भएको छ ।

पहिलो मात्रा लगाउने ३३ लाख आठ हजार ७३० र दोस्रो मात्रा लगाउने १२ लाख ८१ हजार २४० जना पुगेका छन् । नेपालमा अहिलेसम्म सात लाख २७ हजार १६९ सङ्क्रमित पुगेका छन् । अहिले सघन उपचारकक्षमा ६३५ र भेन्टिलेटरमा १७२ जना रहेका छन् । यस्तै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ३७ हजार ६९० पुगेको छ । यस्तै सङ्क्रमणबाट हालसम्म नौ हजार ६६१ जनाको निधन भइसकेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उम्मेदवारमाथि कुटपिट र दुर्व्यवहार गर्ने तीनजना पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीमा भोट माग्दै गरेका उम्मेदवारमाथि कुटपिट र दुर्व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ  । बर्दघाट नगरपालिका १२ ज...

एमाले नेता रामवीर मानन्धर कांग्रेसमा प्रवेश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का नेता एवं पूर्वमन्त्री रामवीर मानन्धरसहित चार नेता कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसले आज राष्ट्रि...

चुनावको मुखमा एमाले प्रदेश सदस्यविरुद्ध बलात्कारको जाहेरी दर्ता

ललितपुर। निर्वाचनको माहोल तातिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रदेश समिति सदस्य कर्ण बहादुर मल्लविरुद्ध बलात्कारसम्बन्धी कसुरमा जाहेरी द...

आन्दोलनको आगोबाट उठेको ‘दिपशिखा’: भक्तपुर–२ मा वैचारिक निरन्तरताको उम्मेदवारी

भक्तपुरको राजनीतिक धरातल सधैं सामान्य रहँदैन। यहाँ विचार बहस हुन्छ, धार स्पष्ट हुन्छ र मतदाता केवल अनुहार होइन, इतिहास र दृष्टिकोण पनि तौलिन्छ। यही धर...

फागुन २१ पछि कस्तो बन्ला संसद्‌ ? बहुमत टाढा, गठबन्धन अपरिहार्य

काठमाडाैं । फागुन २१ गतेको निर्वाचन नजिकिँदै गर्दा अब चर्चा केवल मतपरिणामको मात्र छैन, त्यसपछि बन्ने सत्ता समीकरण र सम्भावित राजनीतिक परिदृश्यको पनि छ...

रसुवामा एमालेको आधार हल्लियोः पूर्वअध्यक्ष ढकालसहित करिब सय कार्यकर्ता कांग्रेसमा प्रवेश

काठमाडौं । रसुवामा नेकपा एमालेभित्र गहिरो धक्का लागेको छ। एमालेका रसुवा जिल्ला पूर्वअध्यक्ष तथा पूर्वसंविधानसभा सदस्य जनार्दन ढकालले पार्टी परित्याग ग...

नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

काठमाडौं । नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठक बसेको छ । आज विराटनगरमा  बसेको बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनका समयमा सुरक्षा व्यवस्था प्रभा...

रास्वपा त्यागेका डा. प्रणय राणा भित्रीए कांग्रेसमा

काठमाडौं । हालैमात्रै राष्ट्रिय स्वतन्त्र पार्टी त्यागेका डा. प्रणय शमशेर राणा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। राष्ट्रिय सभा गृहमा प्रतिज्ञा पत...

मुगुमा मतपत्र पुग्न अन्यौल

मुगु । कर्णालीका केही जिल्लामा मतपत्र पुगेता पनि हिमाली जिल्ला मुगुमा मतपत्र पुग्न अन्यौल देखिएको छ । आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका ...

निर्माणाधीन मन्दिरमा भेटिएको पेस्तोल पड्किँदा १५ वर्षीय बालक घाइते

सर्लाही​ । मलंगवा नगरपालिका–४ ढाँका गाउँस्थित निर्माणाधीन हनुमान मन्दिरभित्र फेला परेको पेस्तोल चलाउने क्रममा पड्किँदा एक बालक घाइते भएका छन्। जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE