बलेवा । यही साउन ४ गते साँझ मदिरा सेवनपछि बिरामी परेर मृत्यु भएका मजदुरको शव तीन दिनपछि परिवारको जिम्मा लगाइएको छ । काजकिरिया खर्चसहित उनीहरुको शव परिवारको जिम्मा लगाइएको हो ।
परिवारलाई गलकोटको मल्ममा सञ्चालनमा रहेको बृहत् खानेपानी आयोजनाले काजकिरिया खर्च उपलब्ध गराएको हो । 'तत्कालका लागि किरिया खर्च दिने सहमति भयो', छलफलमा सहभागी चन्द्रबहादुर थापा ‘शिखर’ले भने, 'राहत होइन तत्कालीन खर्च दिइएको हो, खानेपानी उपभोक्ता समितिले बेहोर्ने गरी तत्काल स्थानीयवासीसँग भएको नगद उठाएर पठाएका छौँ ।'
रोल्पाबाट शव बुझ्नका लागि बागलुङ आएका मृतक मजदुर परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएपछि शव परीक्षण गरेर परिवारको जिम्मा लगाइएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए । साउन ४ गते सोमबार साँझ स्थानीय एक पसलबाट ल्याएको मदिरा, चाउचाउ तथा दालमोठ खाएपछि बिरामी परेका चार जनाको साउन ५ गते मङ्गलबार बिहान मृत्यु भएको थियो । दुई जना गम्भीर बिरामी मजदुरको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
मृतकका परिवारलाई प्रतिमृतक रु एक लाखका दरले काजकिरिया खर्च उपलब्ध गराइएको हो । मृतक चारै जनाको रोल्पामा सामूहिक दाहसंस्कार हुने भएको छ । परिवारका सदस्यले रोल्पामै दाहसंस्कार गर्ने निर्णय गरेको रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ का वडाध्यक्ष नमराज थापाले बताए ।
शव परीक्षणपछि भिसेरा र खाना तथा मदिरा विधि विज्ञान प्रयोगशाला पठाइएको छ । रिपोर्ट आएपछि राहत तथा कारवाहीको विषयमा थप छलफल हुने प्रहरीले जनाएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८१ - १६:१७
काठमाडौं । घरबाट मर्छु भनेर हिँडेका एक युवकलाई प्रहरीले जीवित अवस्थामा नियन्त्रणमा लिएको छ । शुक्रबार विहान नागार्जुन नगरपालिका–६ का ३५ वर्षीय सन्तोष...
पौष १२ गते, २०८१ - १६:१४
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्न लागेको छ । सन् २०२३ जनवरी १ मा सञ्चालनमा आएको विमानस्थलमा अझै नियमित अन्तर्राष्ट्र...
पौष १२ गते, २०८१ - १५:५४
काठमाडौं । केही समयदेखि पाकिस्तान र अफगानिस्तानबीचको तनावले अहिले ठूलो रुप लिएको छ । पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलापछि सुरु भएको तनाव अहिले...
पौष १२ गते, २०८१ - १५:५२
काठमाडौं । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म, समृद्ध युरोपेली सहरहरूदेखि अफ्रिकाका भीडभाडयुक्त ग्रामिण बस्तीहरूसम्म कुनै पनि ठाउँ स...
पौष १२ गते, २०८१ - १५:४८
काठमाडौं । महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी आर्थिक तथा शारीरिक शोषण गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पीडित महिलाहरुको जाहेरीका आधा...
पौष १२ गते, २०८१ - १५:४५
काठमाडौं । भुटानी राजपरिवारका सदस्यहरु निजी भ्रमणका लागि काठमाडौं आएका छन् । विहीबार काठमाडौं आएका उनीहरुले शनिबार ह्वाइट गुम्बामा पूजाआजा गर्ने कार्य...
पौष १२ गते, २०८१ - १५:२४
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबारबाट काठमा...
पौष १२ गते, २०८१ - १५:१८
जनकपुरधाम । स्थानीय तहमा कार्यरत कर्मचारीहरूले मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय तथा मुख्यमन्त्रीको आवासमा धर्ना दिएका छन् । पदस्थापनको माग गर्दै शु...
पौष १२ गते, २०८१ - १५:१५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घले कार्यविस्तृतीकरण प...
पौष १२ गते, २०८१ - १५:१३
कैलाली । कैलाली जिल्लाको कर्णाली चिसापानीको पुल छेउमा सुन्तला तथा फलफुल किन्दै आन्तरिक पर्यटकहरु । ...
प्रतिकृया लेख्नुहोस्: