Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

इलाममा जङ्गली च्याउ खाँदा बाबु छोराको मृत्यु

रासस

इलाम । इलामको फाकफोकथुममा जङ्गली च्याउको तरकारी खाँदा बाबु–छोराको मृत्यु भएको छ । 

मृत्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवस लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार गत साउन ३ गते घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका दुबै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा दुबै जनाको अस्पतालमा मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए ।

खम्बाले किचेर बालकको मृत्यु

खेल्ने क्रममा सिमेन्टको खम्बा लडेर किच्दा इलाम नगरपालिका–१ नेपालटारमा आठ वर्षीय एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बालक ग्रेसदीप रिजाल रहेको प्रहरीले जनाएको छ ।

हर्कबहादुर गुरुङको घरको भित्तामा ठड्याएर राखेको खम्बा लडेर किच्दा गम्भीर घाइते भएका बालकको उपचारका क्रममा इलाम अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद् बैठकमा प्रधानमन्त्री शाह र रवि लामिछानेको प्रवेशलाई लिएर एमालेको आपत्ति, रुलिङको माग

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा प्रवेश गर्ने क्रम...

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका सञ्चालक पक्राउ

सर्लाही । सर्लाहीको धनकौलमा सञ्चालनमा रहेको अन्नपूर्ण चिनी मिलका सञ्चालक शैलेन्द्र गुप्ता र विनोद साह कलवार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्याल...

प्रधानमन्त्री शाह र रवी लामिछाने प्रतिनिधिसभा बैठकमा सहभागी

काठमाडौं । प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभाको बैठकमा सहभागी हुन पुगेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगै बैठ...

संवेदनशील क्षेत्रमा २६६ वटा सीसीटीभी क्यामरा जडान

कपिलबस्तु। जिल्लामा शान्ति सुरक्षा सुदृढ गर्न सीसीटीभी उद्घाटन तथा समसामयिक विषयमा स्थानीय तहसँग अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न गरिएको छ । उक्...

करार र ज्यालादारी कर्मचारी हटाउने निर्णय पुनर्विचार गर्न सांसद राईको आग्रह

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले श्रेणीविहीन करार तथा ज्यालादारीमा कार्यरत कर्मचारी हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै तत्काल...

राज्य संयन्त्र दुरुपयोग गरेर अल्गोरिदम फैलाएर जसरी आतंक सिर्जना गरियो: ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले राज्य संयन्त्रको दुरुपयोग गरेर ‘आतंक’ सिर्जना गरेको आरोप...

प्रधानमन्त्री बालेनलाई सांसद राईले ‘श्री ८’ भनेपछि रास्वपा सांसदको नियमापत्ति

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई ‘श्री ८’ को संज्ञा दिइएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिवजी यादवले स...

सेयर बजारमा निरन्तर गिरावटपछि धितोपत्र बोर्ड घेर्न पुगे लगानीकर्ता

काठमाडौं । सेयर बजारमा निरन्तर गिरावट आएपछि आक्रोशित लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन)को केन्द्रीय कार्यालय घेराउ गरेका छन्। मंगलबार बिह...

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन एमालेको माग

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संसद्मा दिएको सीमासम्बन्धी विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट ह...

प्रधानमन्त्रीको विवादित अभिव्यक्ति रेकर्डबाट हटाउन सांसद आरेन राईको माग

काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीले संसद्मा दिएको विवादित अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाउन माग गरेका छन्। लामो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending