Khabar Dabali २४ पुष २०८२ बिहीबार | 8th January, 2026 Thu
Investment bank

इलाममा जङ्गली च्याउ खाँदा बाबु छोराको मृत्यु

रासस

इलाम । इलामको फाकफोकथुममा जङ्गली च्याउको तरकारी खाँदा बाबु–छोराको मृत्यु भएको छ । 

मृत्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवस लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार गत साउन ३ गते घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका दुबै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा दुबै जनाको अस्पतालमा मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए ।

खम्बाले किचेर बालकको मृत्यु

खेल्ने क्रममा सिमेन्टको खम्बा लडेर किच्दा इलाम नगरपालिका–१ नेपालटारमा आठ वर्षीय एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बालक ग्रेसदीप रिजाल रहेको प्रहरीले जनाएको छ ।

हर्कबहादुर गुरुङको घरको भित्तामा ठड्याएर राखेको खम्बा लडेर किच्दा गम्भीर घाइते भएका बालकको उपचारका क्रममा इलाम अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घिसिङसँगको सहमति औपचारिक प्रक्रियामा छ : सभापति लामिछाने

नारायणगढ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी...

पाँच वर्षमा एउटा कानुन बनाउनेलाई फेरि भोट हाल्न जाँदा हात काम्नुपर्छ: मन्त्री सिन्हा

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा जनताप्रति उत्तरदायी र काम गर्न सक्ने जनप्रतिनिधि मात्र चुन्न आग्र...

विशेष महाधिवेशन गराउन निर्देशन दिन माग गर्दै महाधिवेशन पक्षधरको पत्र आयोगमा

पार्टीको आन्तरिक झगडामा प्रवेश नगर्ने आयोगको जवाफ

जेनजी आन्दोलनबाट ८४ अर्बभन्दा बढी क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब आवश्यक

काठमाडौं । गत भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुनर्निर्माण, मर्मत तथा नयाँ संरचना निर्माणका लागि ३६ अर्ब ३० करोड रुप...

नमूना मतपत्र छपाइ सुरु

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि नमुना मतपत्र छाप्न सुरु गरेको छ ।  पहिलो हुने निर्वाचित हुने ...

ईश्वर पोखरेलसहित एमाले ओखलढुङ्गाबाट पाँच जना सिफारिस

ओखलढुङ्गा। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुङ्गाबाट नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित पाँच जनाको नाम उम्मेदवारका रूपमा केन्द्रमा सिफारिस गरेको ...

बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या

ढाका। बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी)का नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या गरिएको तथा कारवान बजार भ्यान एसोसिएसनका महासचिव अबु सुफियान म...

'साल्ट लेक सिटी'मा गोली चल्दा दुई जनाको मृत्यु, अन्य घाइते

वासिङ्टन। उटाहको साल्ट लेक सिटीमा बिहीबार भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको अमेरिकी प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता...

कैलालीको नदीहरुमा ५४ डल्फिन भएको अभिलेख

धनगढी। कैलालीमा यसवर्ष ५४ वटा डल्फिन रहेको अभिलेख भएको छ । डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालसँगको सहकार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोष ब...

खोला किनारको मापदण्ड खारेजको माग गर्दै काठमाडौँमा र्‍याली

काठमाडौं । काठमाडौँमा नदी र खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै र्‍याली आयोजना गरिएको छ। र्‍याली गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित सङ्घर्ष स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending