काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई ‘श्री ८’ को संज्ञा दिइएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिवजी यादवले संसद्मा नियमापत्ति गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले बोल्ने क्रममा प्रधानमन्त्री बालेन शाहलाई ‘श्री ८’ को संज्ञा दिएका थिए।
सांसद राईले भने, “सरकारले खासगरी श्री ८ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ। यतिसम्म कि देशमा रहेको संविधान र कानुनको परिधिभित्र रहेर उत्पन्न हुने प्रश्नभन्दा माथि श्री ८ हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी दिइरहेको छ।”
सांसद राईको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै रास्वपाका सांसद शिवजी यादवले नियमापत्ति गरेका हुन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा यस्ता सम्बोधन स्वीकार्य नहुने भन्दै उक्त शब्द संसद्को रेकर्डबाट हटाउन माग गरे।
“हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा चलिरहेका छौं। अघिल्ला माननीयज्यूले नेपाल सरकार र सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यूलाई ‘श्री ८ को सरकार’ भनेर जुन सम्बोधन गर्नुभएको छ, संविधानले त्यो भाषा स्वीकार्दैन। संसद्को रेकर्डबाट त्यो हटाउन माग गर्दछु,” सांसद यादवले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - १५:५३
काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले मुलुकमा देखिएको मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, सुकुम्बासी समस्या, लागूऔषध दुरुपयोग र सुरक्षा चुनौतीलग...
आषाढ़ ३१ गते, २०८३ - १५:३३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले पार्टीले कुनै पनि अराजनीतिक गतिविधि नगर्ने बताएकी छन्। मिडियाको गेटमा गा...
आषाढ़ ३१ गते, २०८३ - १५:१७
काठमाडौं । नेपाल एसीसी यू–१९ महिला प्रिमियर कप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। नेपाली यू–१९ महिला क्रिकेट टोलीले जापानलाई ९ विकेटले पराजित गर्दै अ...
आषाढ़ ३१ गते, २०८३ - १५:०९
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाएको बताएका छन्। होटल व्यवसायीका समस्या समाधान...
आषाढ़ ३१ गते, २०८३ - १५:००
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले सरकारको सय दिनपछि समीक्षा गर्ने अभ्यास रहे पनि...
आषाढ़ ३१ गते, २०८३ - १४:०५
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले जेठ १७ गते दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भारतले नेपालले मिचेको भूमि फिर्ता मागेम...
आषाढ़ ३१ गते, २०८३ - १३:४७
काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्। सिंहदरबारस्थित संसद् भवनमा बुधबार सभामुख डोलप्रसाद अर्य...
आषाढ़ ३१ गते, २०८३ - १३:४०
काठमाडौं । प्रतिनिधिसभाको बैठक अब दुई सातापछि मात्रै बस्ने भएको छ। आजको बैठकपछि अर्को बैठक साउन १४ गते बस्ने गरी कार्यव्यवस्था परामर्श समितिमा सहमति ज...
आषाढ़ ३१ गते, २०८३ - १३:१२
काठमाडौं । उत्पादनको उचित मूल्य नपाएको भन्दै किसानहरुले काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा फ्याँकेर विरोध प्रदर्शन गरेका छन्। आज बिहान माइतीघर मण...
आषाढ़ ३१ गते, २०८३ - १२:३६
काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा गरेको नि:शुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षणमा २ हजार ७७९ महिलाको एचपीभी डीएन...



प्रतिकृया लेख्नुहोस्: