Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

ओली सरह अधिकारसहित दोस्रो अध्यक्ष बनाउने प्रस्ताव लिएर नेम्वाङ र पौडेल नेपाल निवास पुगेपछि...

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन् । नेता नेपालले रायसुझावका लागि भन्दै आइतबार साँझ आफू निकटका स्थायी कमिटी सदस्यसँग छलफल गर्ने क्रममा अधिकांश सहभागीले अहिलेको अवस्थामा पार्टी एकता नै उपयुक्त बाटो भएको तर एकता समान अधिकार र सम्मानजनक हुनुपर्ने बताएका हुन्  । उनीहरूले सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गर्दा एक प्रकारले आफूहरूको जित भएको बताउँदै सम्मानजनक एकतामा जोड दिएका हुन् ।

आजको नागरिक दैनिकमा खबर छ- छलफलमा समग्र राजनीतिक अवस्थाको मूल्यांकन गर्दै पार्टीलाई एकताबद्ध बनाउने विषयमा अध्यक्ष केपी ओलीका तर्फबाट आएका विभिन्न प्रस्तावबारे चर्चा भएको थियो । सहभागीले सुवास नेम्वाङ र विष्णु पौडेलले राखेको प्रस्तावमा सकारात्मक हुनुपर्ने र त्यसलाई कार्यान्वयनका लागि विश्वासको वातावरण बनाउनुपर्ने धारणा राखेको स्रोतले बतायो ।

स्रोतका अनुसार नेम्वाङ र पौडेलेको प्रस्तावमा नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष बनाउने उल्लेख छ । नेपालले भने यो विषय पहिला नै आएको भन्दै विश्वास गर्ने आधार अझै नबनेको टिप्पणी गरेका छन् । विधान संशोधन गरेर सुनिश्चित हुने अवस्था आएमात्रै यो प्रस्तावमा अघि बढ्न सकिने उनको अडान छ । ‘छलफलका क्रममा बराबर अधिकारसहितको विषय उठेको थियो  । त्यस्तो हो भने यसलाई सकारात्मक रुपमा लिनुपर्छ भन्ने साथीहरूको सुझाव छ’, विवाद निरुपण कार्यदलको सदस्यसमेत रहेका सुरेन्द्र पाण्डेले भने । उनले पार्टी एकताका विषयमा सबै एकमत रहेको बताए । छलफलमा सहभागी अर्का नेता रघुजी पन्तले पनि सुझाव दिने क्रममा नेताहरूले सम्मानजनक एकताको कुरा उठाएको बताए । ‘साथीहरूले आफूलाई लागेको सुझाव दिनुभएको छ  । बैठकमा सम्मानजनक एकताकै विषय बढी उठेको छ, बैठक सकिएको छैन’, पन्तले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजीको जोश चुनावी मैदानमा, तर राजनीति अझै पुरुषप्रधान !

निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएकोप्रति आपत्ति

 काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...

सत्ता, हार र पुनरागमन: चुनावी मैदान नछाड्ने पाँच सदाबहार अनुहार

अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?

महेश बस्नेतविरुद्ध रास्वपाद्वारा धनुषामा प्रदर्शन

जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...

काठमाडौं–५ मा पुस्तान्तरणको चुनाव: हेभिवेट नेतामाथि नयाँ पुस्ताको चुनौती

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...

जनयुद्धमा आमाबुवा गुमाएका सन्दीप प्रचण्डसँग चुनावी मैदानमा

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...

रेशम चौधरीको उम्मेदवारी रद्द, अन्य उम्मेदवारविरुद्धको उजुरीमा आयोगले के गर्यो निर्णय ?

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...

एसबीआई बैंक लुटपाट प्रकरण: कीर्तिपुरबाट थप एक जना पक्राउ

काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...

कांग्रेसको टिकटमा व्यापक फेरबदल: ६६ प्रतिशत नयाँ अनुहार प्रतिनिधिसभा चुनावमा

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...

लिङदेनलाई प्रधानमन्त्रीको दाबेदार बनाउँदै राप्रपा १६५ क्षेत्रमा चुनावी मैदानमा

संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending