काठमाडौं । आगामी शैक्षिक सत्र २०७९ मा कक्षा ४, ७ र ९ को अनिवार्य विषयको पाठ्यक्रम परिवर्तन हुने भएको छ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ४, ७ र ९ को अनिवार्य अंग्रेजी, नेपाली, गणित र सामाजिक अध्ययन र स्वास्थ्य तथा शारीरिक शिक्षाको पुस्तक तयार गरेको छ । केन्द्रले त्यसका लागि सातै प्रदेशका ७६ विद्यालयमा परीक्षण शुरु गरेको छ ।
केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले सातै प्रदेशका छनोटमा परेका विद्यालयमा परीक्षण शुरु गरिएको जानकारी दिए । केन्द्रले एक सातादेखि छनोटमा परेका विद्यालयमा पुस्तक पुर्याउने काम शुरु गरेको छ ।
तीनैवटै कक्षाको पुस्तक जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ गरिएको हो । जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले कक्षा ९ बाहेक कक्षा ४ र ७ को सबै छपाइसकिएको र कक्षा ४ र ७ को पुस्तक तोकिएका प्रदेशका जिल्लास्थित विद्यालयमा पठाइरहेको जानकारी दिए । उनका अनुसार कक्षा ९ को कभर राख्न बाँकी छ । उहाँले आज मंगलबारसम्म सम्पूर्ण पुस्तक छपाइ पूरा गरी वितरण गरिने बताए ।
आजको समाचारपत्रमा खबर छ- पाठ्यक्रम विकास केन्द्रका निर्देशक एवं प्रवक्ता गणेशप्रसाद भट्टराईले चालू शैक्षिक सत्रको परीक्षण गरी आगामी शैक्षिक सत्र २०७९ देखि कक्षा ४, ७ र ९ को अनिवार्य विषयको नयाँ पाठ्यक्रममा आधारित पुस्तक प्रयोगमा ल्याउने बताए । उनका अनुसार कक्षा ४ र ९ का लागि प्रदेश १ को सोलुखुम्बुको ३ विद्यालय, प्रदेश २ को सिराहाको ४ विद्यालय, वागमती प्रदेशको ललितपुर, भक्तपुर र सिन्धुलीको ३–३ विद्यालय, गण्डकीको नवलपरासी पूर्वको ३, लुम्बिनीको पाल्पाको ३, कर्णालीको सुर्खेतको ३ र सुदूरपश्चिमको बैतडीको ३ वटा विद्यालयमा परीक्षण हुनेछ । कक्षा ४ र ९ मा एउटै जिल्लाका फरक–फरक विद्यालयमा परीक्षण हुनेछ ।
कक्षा ७ मा प्रदेश १ को इलामका ३, प्रदेश २ को धनुषाको ३, वागमतीको दोलखाको ३, काठमाडौंको २ र भक्तपुरको २, गण्डकीको कास्कीको ४, लुम्बिनीको अर्घाखाँचीको ३, कर्णालीको जुम्लाको ३ र सुदूरपश्चिमको कञ्चनपुरको ४ विद्यालयमा परीक्षणका लागि नयाँ पुस्तक प्रयोग गरिनेछ ।
प्रवक्ता भट्टराईका अनुसार कक्षा ४ र ७ मा २८–२८ र कक्षा ९ का लागि छनोटमा परेका २० विद्यालयमा नयाँ पुस्तक परीक्षण हुनेछ । उनले भने– ‘यो वर्ष परीक्षण गरी शिक्षक र विज्ञसँग सुझाव लिने र आगामी शैक्षिक सत्रमा आवश्यकताको आधारमा परिमार्जन गरी लागू गराउनेछौं ।’
करिब ५ महिनाअघि तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले ४, ७ र ९ को नयाँ पाठ्यक्रम स्वीकृत गरी परीक्षण गर्न अनुमति दिएको थियो । सोही आधारमा पाठ्यक्रम तयार गरी परीक्षण गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - १३:२६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यो कुरा किताब यात्रा ...
मंसिर २६ गते, २०८२ - १३:२४
काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यलाई सिफारिस ...
मंसिर २६ गते, २०८२ - १३:२०
सर्लाही। मलंगवा निवासी ऋणी नथुनी मुखिया बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन्। उनले गरिमा...
मंसिर २६ गते, २०८२ - ११:५६
धनगढी। नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा दे...
मंसिर २६ गते, २०८२ - ११:५१
तनहुँ। भिमाद नगरपालिकाले दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहन स्वरूप प्रतिलिटर १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। नगरपालिकाले दूध मूल्य पनि तो...
मंसिर २६ गते, २०८२ - ११:४५
काठमाडौँ। बौद्धस्थित हायात रिजेन्सी होटल र कर्मचारीबीच होटल पुनर्निर्माण अवधिभर न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ। २४ भदौमा जेनजी आन्दोलनक...
मंसिर २६ गते, २०८२ - ११:४५
काठमाडौँ। चिसो बढ्दै गर्दा काठमाडौंको न्यूनतम तापक्रम बिहीबार बिहान ५.४ डिग्री सेल्सियस मापन गरिएको छ। यो यस वर्ष काठमाडौँको अहिलेसम्मकै न्यूनतम तापक्...
मंसिर २६ गते, २०८२ - ११:३०
काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस परिपत्रअनुसार मात्रै गर्न मातहतका पार्टी निकायलाई निर्देशन...
मंसिर २६ गते, २०८२ - ११:२७
मकवानपुर । मकवानपुरमा पछिल्लो समय अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने क्रम बढ्दो छ । जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा नदीजन्य प...
मंसिर २६ गते, २०८२ - १०:५८
धनगढी। दाङको तुलसीपुर उपमहानगर–५ का २७ वर्षीय निरज चौधरीको बर्दिया राजापुरमा हत्या आरोपमा महावीर चौधरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैल...




प्रतिकृया लेख्नुहोस्: