काठमाडौं । आगामी शैक्षिक सत्र २०७९ मा कक्षा ४, ७ र ९ को अनिवार्य विषयको पाठ्यक्रम परिवर्तन हुने भएको छ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ४, ७ र ९ को अनिवार्य अंग्रेजी, नेपाली, गणित र सामाजिक अध्ययन र स्वास्थ्य तथा शारीरिक शिक्षाको पुस्तक तयार गरेको छ । केन्द्रले त्यसका लागि सातै प्रदेशका ७६ विद्यालयमा परीक्षण शुरु गरेको छ ।
केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले सातै प्रदेशका छनोटमा परेका विद्यालयमा परीक्षण शुरु गरिएको जानकारी दिए । केन्द्रले एक सातादेखि छनोटमा परेका विद्यालयमा पुस्तक पुर्याउने काम शुरु गरेको छ ।
तीनैवटै कक्षाको पुस्तक जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ गरिएको हो । जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले कक्षा ९ बाहेक कक्षा ४ र ७ को सबै छपाइसकिएको र कक्षा ४ र ७ को पुस्तक तोकिएका प्रदेशका जिल्लास्थित विद्यालयमा पठाइरहेको जानकारी दिए । उनका अनुसार कक्षा ९ को कभर राख्न बाँकी छ । उहाँले आज मंगलबारसम्म सम्पूर्ण पुस्तक छपाइ पूरा गरी वितरण गरिने बताए ।
आजको समाचारपत्रमा खबर छ- पाठ्यक्रम विकास केन्द्रका निर्देशक एवं प्रवक्ता गणेशप्रसाद भट्टराईले चालू शैक्षिक सत्रको परीक्षण गरी आगामी शैक्षिक सत्र २०७९ देखि कक्षा ४, ७ र ९ को अनिवार्य विषयको नयाँ पाठ्यक्रममा आधारित पुस्तक प्रयोगमा ल्याउने बताए । उनका अनुसार कक्षा ४ र ९ का लागि प्रदेश १ को सोलुखुम्बुको ३ विद्यालय, प्रदेश २ को सिराहाको ४ विद्यालय, वागमती प्रदेशको ललितपुर, भक्तपुर र सिन्धुलीको ३–३ विद्यालय, गण्डकीको नवलपरासी पूर्वको ३, लुम्बिनीको पाल्पाको ३, कर्णालीको सुर्खेतको ३ र सुदूरपश्चिमको बैतडीको ३ वटा विद्यालयमा परीक्षण हुनेछ । कक्षा ४ र ९ मा एउटै जिल्लाका फरक–फरक विद्यालयमा परीक्षण हुनेछ ।
कक्षा ७ मा प्रदेश १ को इलामका ३, प्रदेश २ को धनुषाको ३, वागमतीको दोलखाको ३, काठमाडौंको २ र भक्तपुरको २, गण्डकीको कास्कीको ४, लुम्बिनीको अर्घाखाँचीको ३, कर्णालीको जुम्लाको ३ र सुदूरपश्चिमको कञ्चनपुरको ४ विद्यालयमा परीक्षणका लागि नयाँ पुस्तक प्रयोग गरिनेछ ।
प्रवक्ता भट्टराईका अनुसार कक्षा ४ र ७ मा २८–२८ र कक्षा ९ का लागि छनोटमा परेका २० विद्यालयमा नयाँ पुस्तक परीक्षण हुनेछ । उनले भने– ‘यो वर्ष परीक्षण गरी शिक्षक र विज्ञसँग सुझाव लिने र आगामी शैक्षिक सत्रमा आवश्यकताको आधारमा परिमार्जन गरी लागू गराउनेछौं ।’
करिब ५ महिनाअघि तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले ४, ७ र ९ को नयाँ पाठ्यक्रम स्वीकृत गरी परीक्षण गर्न अनुमति दिएको थियो । सोही आधारमा पाठ्यक्रम तयार गरी परीक्षण गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - ०८:२२
एजेन्सी । युद्धविराम कायम रहेको दाबी भइरहेका बेला इजरायलले लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये बालबालिक...
जेष्ठ १३ गते, २०८३ - ०८:२०
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार...
जेष्ठ १३ गते, २०८३ - ०८:१८
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । ...
जेष्ठ १३ गते, २०८३ - ०८:१६
काठमाडौँ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गर...
जेष्ठ १३ गते, २०८३ - ०८:११
काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको...
जेष्ठ १३ गते, २०८३ - ०८:०५
काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा चरम ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी अन्ततः सरकारको कारबाहीमा परेको छ।...
जेष्ठ १३ गते, २०८३ - ०८:००
तनहुँ । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका कृषि समस्याको स्थलगत अध्ययन तथा समाधानका उपाय खोज्न संयुक्त प्राविधिक अनुगमन कार...
जेष्ठ १३ गते, २०८३ - ०७:५५
म्याग्दी । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्...
जेष्ठ १३ गते, २०८३ - ०७:५३
वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव बस्ती बसाल्ने आफ्नो वृहत् गुरुयोजना अन्तर्गत अत्याधुनिक रोबोटिक ल्यान्डर,...
जेष्ठ १३ गते, २०८३ - ०७:४८
काठमाडौँ । मकवानपुरको राक्सिराङ–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने फलामको र्याकले चेपिएर चार वर्षीय बालकको मृत्यु भएको छ । ...



प्रतिकृया लेख्नुहोस्: