Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

कर्णालीमा सय प्रतिशत रोपाइँ : भोकमरीका चपेटामा नपर्ने सङ्केत

रासस
कर्णाली । यस वर्ष कर्णाली प्रदेशमा शतप्रतिशत  रोपाइँ भएको छ । गत वर्ष सो प्रदेशमा ९८ प्रतिशत  रोपाइँ भएको थियो । सो प्रदेशमा शतप्रतिशत रोपाइँ हुँदा ३८ हजार ३८५ हेक्टर क्षेत्रफल धान उत्पादनका लागि उपयोग भएको छ । कर्णालीलाई सुख्खा प्रदेश भनिन्छ । समयमा र अविरल वर्षा भएकाले यस वर्ष कर्णाली भोकमरीको चपेटामा नपर्ने सङ्केत देखिन्छ ।  
 
नेपालका अर्थतन्त्रमा धानको ठूलो महत्व छ । यसको उत्पादन वृद्धि हुँदा अर्थतन्त्र बलियो हुन्छ । घट्दा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा असर पर्छ भने उत्पादन बढ्दा जिडिपी माथि उक्लन्छ । जिडिपीमा यसको योगदान १२ प्रतिशत  छ ।  
 
गत जेठ १५ देखि नै मनसुन शुरुआत भई समयमा रोपाइँ भएकाले किसान खुशी छन् । गत वर्षको यसै अवधिमा ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो । यस वर्ष भने यसै अवधिमा ९४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । मौसमले साथ दिए पनि कृषि कर्ममा आकर्षण कम हुँदै गएको सो तथ्याङ्क पुष्टि हुन्छ । 
 
कृषि विभागका उप महानिर्देशक जानुका पण्डितले नेपालमा साउन महिनाभर रोपाइँ हुने भएकाले मसान्तसम्म ९७ प्रतिशत भन्दामाथि रोपाइँ हुने अनुमान गरे । यस वर्ष कर्णाली प्रदेशपछि सुदूरपश्चिममा ९९, लुम्बिनीमा ९७, वाग्मतीमा ९६, प्रदेश–२ मा ९२ र प्रदेश १ मा ९० प्रतिशत क्षेत्रफलमा रोपाइँ भइसकेको छ । नेपालको प्रमुख खाद्यान्न बाली धान हो । नेपालमा चैते धान, वर्षे धान र घैया धानको रोपाइँ हुँदै आएको छ । 
 
वि.सं. २०६०/०६१ देखि २०७७/०७८ सम्म को तथ्याङ्कलाई केलाउँदा नेपालमा धानको उत्पादन बढ्नु र घट्नुमा मुख्य मौसममा परनिर्भर देखिन्छ । जुन वर्ष मौसम अनुकूल हुन्छ त्यो वर्ष धानको उत्पादन बढेको देखिन्छ भने मौसम अनुकूल भएका बखत धानको उत्पादन घटेको छ ।     नेपालमा कूल खेतीयोग्य जमिनको क्षेत्रफल ३० लाख ९१ हजार हेक्टर छ । एक हेक्टर जमिन भनेको २० रोपनी हो । कूल खेतीयोग्य जमीनमध्ये लगभग ५० प्रतिशत जमीनमा धानखेती हुन्छ । अधिकांश जमिन आकासे सिँचाइमा निर्भर छ । धान लगाउने मौसम ९असार–साउन० मा वर्षा भएन भने सिफारीस भएजति जमिनमा धान रोपाइँ हुन सक्दैन । 
 
नेपालमा २०६०/०६१ देखि २०७६/०७७ अर्थात् १६ वर्षमा सबैभन्दा धेरै धानखेती भएको वर्ष २०७६/०७७ साल हो । सो वर्ष १४ लाख ७३ हजार ४०० हेक्टर जमिनमा धानखेती भएको थियो । उक्त वर्ष  ५६ लाख २१ हजार ७१० मेट्रिकटन धान फलेको थियो । 
 
नेपालको कूल जमिनमध्ये ३० लाख ९१ हजार हेक्टरमा धान रोपाइँ गरिन्छ । यसमध्ये करिब ५० प्रतिशतमा रोपाइँ हुन्छ । सिँचाइ मन्त्रालयको तथ्याङ्कअनुसार ५३ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । रोपाइँ हुने असार–साउन महिनामा वर्षा भएन भने सिफारिस भएजति क्षेत्रफलमा रोपाइँ हुन सक्दैन । 
 
प्रत्येक वर्ष धानखेती गर्ने जमिन घटिरेहेको छ । रु २०६०/०६१ मा १५ लाख ५९ हजार ४३६ हेक्टरमा धानखेती भएको थियो । पन्ध्र वर्षपछि ९२०७४/०७५० मा १४ लाख ६९ हजार ५४५ हेक्टर जमिनमा सीमित हुन पुग्यो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्कले धानखेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन भने बढेको देखाएको छ । कृषि विभागको तथ्याङ्कअनुसार १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ ।   
 
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका कृषि विकास सचिव डा योगेन्द्रकुमार कार्कीले नेपालीका लागि वार्षिक ६० लाख मेट्रिकटन धानको आवश्यकता पर्छ भन्नुहुन्छ । संसारको सबैभन्दा उच्च स्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौर हो । भने सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो । झापा जिल्लालाई सरकारले धान उत्पादनको सुपर जोन घोषणा गरी लागू गरेको छ ।  
 
संसारका आधा जनसङ्ख्याको मुख्य खाना भात हो । एशियाली देशमा ९० प्रतिशतभन्दा बढी धानको उत्पादनका साथै खपत हुन्छ । संसारमा सबैभन्दा धेरै धान फल्ने देश चीन हो । विश्वका ७८ भन्दाबढी देशमा ८६४ थरीका धानका बीउ सिफारिस भएका छन् । नेपालमा ८६  उन्नत  र सात  रैथाने जातको बीउबाट उत्पादन गरिँदै आएको छ ।  
 
हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक नेपालका सवै जिल्लामा धान रोपाइँ हुन्छ । विगत १५ वर्षदेखिको तथ्याङ्कलाई विशलेषण गर्दा धानको उत्पादन सन्तोषजनक छैन । सरकारले आगामी पाँच वर्षभित्र धानको उत्पादन दोब्बर अर्थात् एक करोड चार लाख मेट्रिकटन  गर्ने घोषण गरेको छ । 
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा माघ अन्तिम साता बाघ गणनाको तयारी

कञ्चनपुर ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर राष्ट्रिय बाघ गणना सुरु ...

आज झापा-५ का दक्षिणी क्षेत्रमा जाँदै ओली, हरेक वडा कमिटीसँग अलगअलग भेट्ने

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नं ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्ने भएका छन् ।  जिल्ला पार्टी सचिव...

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी। लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ । पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी कटान नियन्त्रणको काम थालेको हो । कुश्मा...

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ । राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि व्यवहारमा त्यो पूर्ण रूपमा रुपान्तरण भएको छैन । संविधानमा महिलालाई गरिएको ...

सर्लाहीबाट काठमाडौं आउँदै गरेको गाडी मकवानपुरको सिमखोलामा दुर्घटना

बागमती । कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अन्य ...

शून्य लागतमा ८ सय नेपाली श्रमिक मलेसिया जाँदै

काठमाडौं । मलेसियास्थित विद्युतीय सामान उत्पादन गर्ने वेस्टर्न कम्पनीले ८ सय जना नेपाली श्रमिकलाई शून्य लागतमा लैजाने भएको छ। कम्पनीले नेपालबाट लैजाने...

प्रतिनिधिसभा निर्वाचन- आज उम्मेदवारको नामावली प्रकाशन हुँदै, भोलि चुनाव चिह्न प्रदान गरिने

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थिय...

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ ।  चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगाम...

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending