झापा । झापाको विर्तामोडस्थित टाइमलेस होटलबाट कोरोनाविरुद्धको खोपसहित नगरपालिकाका कोभिड स्रोत व्यक्ति ओमबहादुर खड्का पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षमा आज बसेको जिल्ला कोभिड खोप व्यवस्थापन समितिको बैठकले उक्त घटनाको सत्यतथ्य छानबिन गर्न सो समिति गठन गरेको हो । बैठकले घटनाको निष्पक्ष छानबिन गरि प्रतिवेदन बुझाउन समितिलाई सात दिनको समय दिएको बताइएको छ ।
सो समितिका सदस्यमा जिल्ला समन्वय अधिकारी लालबहादुर श्रेष्ठ, प्रहरी नायब उपरीक्षक राकेश थापा, सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम प्रसाईँ र अनुसन्धान अधिकृत किरण भट्टराई रहेका छन् ।
बैठकले छानबिन नटुङ्गिएसम्म स्रोत व्यक्ति खड्कालाई खोपसम्बन्धी कुनै पनि गतिविधि नगर्न आग्रह गर्ने, स्वास्थ्य कार्यालयलाई कोभिड–१९ विरुद्धको खोपको विवरण सार्वजनिक गर्न निर्देशन दिने र पेट्रोलपम्पहरुमा काम गर्ने ३०० कामदारलाई चारआली डिपोमा गई कोभिड–१९ विरुद्धको जोनसोन खोप लगाउने व्यवस्था मिलाउने जिम्मेवारी समितिलाई दिएको छ ।
त्यसैगरी खोप अनियमिततासम्बन्धी घटनाका दोषीलाई तत्काल सेवाबाट निलम्बन गरेर आवश्यक अनुसन्धान गरी घटनाको छानबिन र कारवाही गर्न झापाका पाँच राजनीतिक दलले आजै विज्ञप्ति जारी गरी माग गरेका छन् ।
नेपाली कांग्रेसका सभापति उद्वव थापा, नेकपा (माओवादी केन्द्र)का सचिव मणिकुमार राई, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष दिपेनबाला राई, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष केशव ओझा, राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष सन्तोषकुमार राईले संयुक्त प्रेस विज्ञप्ति जारी गरी सर्वसाधारणले खोप लगाउन नपाउने तर होटलमा लुकाएर राखेको उक्त कार्य निन्दनीय, अमानवीय र अक्षम्य घटनाप्रति खेद व्यक्त गर्दै कारवाहीको माग गरिएको हो ।
घटनाको सत्यतथ्य बाहिर नआएसम्म स्वास्थ्य कार्यालय झापाका प्रमुख र विर्तामोड नगरपालिका स्वास्थ्य शाखाका कोरोना स्रोत व्यक्तिसहित घटनामा संलग्न आरोपीलाई निलम्बन गर्नसमेत विज्ञप्तिमार्फत माग गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - १५:१०
काठमाडौँ। सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा सात लाख १० हजार ७०८ मतदाता कायम भएका छन् । यसमा महिला तीन लाख ६४ हजार, ...
माघ ९ गते, २०८२ - १४:५६
मोरङ। नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शेखर कोइरालाले विशेष महाधिवेशनपछि नेपाली कांग्रेस एकताबद्ध ...
माघ ९ गते, २०८२ - १४:४८
काठमाडौं । उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावका कारण कोशी, बागमती, ग...
माघ ९ गते, २०८२ - १४:१२
काठमाडौं । अधिवक्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिसभा उम्मेदवार स्वागत नेपाल (भद्रप्रसाद नेपाल)लाई प्रहरीले केन्द्रीय साइबर ब...
माघ ९ गते, २०८२ - १३:५८
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा जाने...
माघ ९ गते, २०८२ - १३:४७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चुनावी प्रचारप्रसारमा व्यस्त छन्। हिजोसम्म झापामा रहेका शाह आज बिहान इलाममा म...
माघ ९ गते, २०८२ - १३:३५
बैतडी । दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको ...
माघ ९ गते, २०८२ - १२:३६
वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा रू ४८ अर्ब १० करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको ६ महिनाको तुलनाम...
माघ ९ गते, २०८२ - १२:२६
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । नेदरल्यान्ड्ससँग नेपाल २ रनले हार बेहोरेको हो ।...
माघ ९ गते, २०८२ - ११:२१
काठमाडौं । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार तोलामा २ हजार ९ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसा...




प्रतिकृया लेख्नुहोस्: