काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि नयाँ कीर्तिमान कायम गरेको छ । लगातार नयाँ इतिहास कायम गर्दै अगाडि बढेको नेप्सेमा आज दोहोरो अङ्कको सुधार भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार १२.०५ बिन्दुले उकालो लागेर नेप्से तीन हजार १२३.१४ मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७१ बिन्दुले बढेर ५७८.२३ मा पुगेको छ । कूल २२५ कम्पनीको दुई करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयर रु १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये बुधबार सात उपसमूहको शेयर ओरालो लागेको छ भने छ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ४.२९, विकास बैंक ६५.८५, जलविद्युत् १९४.०७, वित्त ४५.०५, उत्पादन २७.८४ र लगानी ०.३४ बिन्दुले बढेको छ ।
यस्तै, व्यापार ६०, होटल तथा पर्यटन ७.७७, निर्जीवन बीमा ८२.९८, अन्य २१.०१, लघुवित्त १२६.३३, जीवन बीमा २.७५ र सामूहिक लगानी कोष ०।१२ बिन्दुले घटेको छ । अधिकांश लगानीकर्ता जलविद्युत् कम्पनीको शेयरमा आकर्षित भएका छन् । जलविद्युत् कम्पनीले संस्थापक शेयर धमाधम बिक्री गरेका कारण पनि बजारमा जलविद्युत् कम्पनीको शेयरमा चाप परेको छ । सोही आधारमा आज अपि पावर कम्पनी, खानीखोल हाइड्रोपावर दिव्यश्वरी हाइड्रोपावर कालिका पावर, माथिल्लो तामाकोशी, घलेम्दी हाइड्रोपावर यूनियन लाइफ इन्स्योरेन्स जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले उकालो लाग्दा सकारात्मक सर्किट लागेको छ । ङादी ग्रुप अप पावर ५.३८, लक्ष्मी इक्विटी फण्ड ४.७५, पोखरा फाइनान्स ४.५१, विजय लघुवित्त ४.३५ र नेरुडे लघुवित्तका लगानीकर्ताले ४.३२ प्रतिशतले गुमाए ।
कारोबारका आधारमा आज अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७९ करोड ५० लाख १९ हजार ३८८ बराबरको कारोबार भयो । यस्तै, अरुण भ्याली हाइड्रोपावर रु ५६ करोड ७२ लाख ३३ हजार ८०२, सानिमा माई हाइड्रोपावर रु ५० करोड ३४ लाख ७१ हजार ३०५, अरुण काबेली पावर रु ४१ करोड ५५ लाख ३५ हजार ६९८ र छिमेक लघुवित्त रु ४० करोड ८९ लाख तीन हजार ९८८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् । आजको कारोबारपछि बजार पूँजीकरण रु ४३ खर्ब ५९ अर्ब ४७ करोड ७९ लाख ८४ हजार ८९४ बराबर पुगेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १ गते, २०८२ - १६:५६
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारका तर्फबाट कुनै कमी ...
फाल्गुन १ गते, २०८२ - १६:४३
काठमाडौं । नेपाली कांग्रेसले आगामी आइतबार प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो घोषणापत्र सार्वजनिक गर्ने भएको छ। पार्टीका प्रवक्ता तथा क...
फाल्गुन १ गते, २०८२ - १६:३५
सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ पार्टी र नयाँ नेतृत्वमा मतदान गर्न चाहनेका लागि कांग्रेस नै उत्तम विकल्प भएको बताउछन् । सर्...
फाल्गुन १ गते, २०८२ - १६:२४
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन प्रशासनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारले नयाँ अध्यागमन विधेयक तर्जुमा गरिरहेको बताएका छन्। ...
फाल्गुन १ गते, २०८२ - १६:०८
लमजुङ। नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङलाई सूचना प्रविधिको हब बनाउने बताएको छन्। लमजुङबाट प्रतिनिधि सभ...
फाल्गुन १ गते, २०८२ - १५:४०
कैलाली । कैलालीमा मतदाता शिक्षाका लागि १२६ जना स्वयम् सेवक खटिदैंछन् । निर्वाचन कार्यालयले जिल्लाको १३ वटै पालिकामा सो सङ्ख्यामा मतदाता शिक्षा स्वयम् ...
फाल्गुन १ गते, २०८२ - १५:२५
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले फागुन २१ को चुनावलाई लक्षित गर्दै आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रका...
फाल्गुन १ गते, २०८२ - १५:१२
काठमाडौं। अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढङ्गले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताएको छन् । मिडियामा सूचनाको हक प्र...
फाल्गुन १ गते, २०८२ - १४:५४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो घोषणापत्र शनिबार सार्वजनिक गर्ने भएको छ। घोषणापत्रको अन्तरवस्तुबारे शुक्रब...
फाल्गुन १ गते, २०८२ - १४:३७
काठमाडौं । वीर अस्पतालले स्वास्थ्य बीमा मार्फत उपलब्ध हुने सेवामा कटौती गरेको छ। दीर्घरोगका बिरामीलाई बीमा मार्फत तीन महिनासम्म औषधि उपलब्ध गराउने व्य...



प्रतिकृया लेख्नुहोस्: