Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

लमजुङलाई सूचना प्रविधिको हब बनाउँछु: पृथ्वीसुब्बा गुरुङ

खबरडबली संवाददाता

लमजुङ। नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङलाई सूचना प्रविधिको हब बनाउने बताएको छन्।

लमजुङबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका गुरुङले आफू विजयी भएमा जिल्लालाई सूचना प्रविधिको हब बनाउने गरी काम गर्ने बताए। उनले सूचना प्रविधिको विकास गरेर पाँच वर्षभित्र पाँच हजार युवालाई रोजगारीको ब्यवस्था गर्ने बताए । 

यसैगरी जिल्लाका सबै विद्यालयमा आइसिटी ल्याब स्थापना गरेर सूचना प्रविधिको कक्षा सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाए। जिल्लामा रहेका अस्पताल, स्वास्थ्य केन्द्रमा सूचना प्रविधिको विकास गर्दै चौविसै घण्टा इन्टरनेटको ब्यवस्था गर्ने उनले बताए। 

यसैगरी सबै सरकारी कार्यालय र वडाहरुमा सूचना प्रविधिको विकास गरी सेवा दिने ब्यवस्था मिलाउने योजना आफुँसँग रहेको उनले बताए। कृषिमा एआई प्रविधि भित्र्याएर आधुनिक कृषि खेतीमा जोड दिने उहाँले बताए। जिल्लामा रहेका होमस्टे गाउँहरुलाई सूचना प्रविधिमा जोडेर पर्यटन क्षेत्रको विकास गर्न आफुँ लागिपर्ने उनले बताए। उनले भन्नुभयो, “तेह्र महिना सञ्चार मन्त्रालय चलाएको अनुभवले यो सबै कुरा भन्दैछु । जिल्लालाई आइटीको हब बनाउन सकियो भने, जिल्ला पनि धनी हुने छ, रोजगारी पनि मिल्नेछ ।” 

यसपटक सबै राजनीतिक दलहरु एकल प्रतिस्पर्धामा रहेकाले आफ्नो जीत सुनिश्चित रहेको दावी गरे। उनले भने, “२०७९ को निर्वाचनमा पनि एमालेमाथि घेराबन्दी थियो । पाँच दलीय गठबन्धन थियो, मेरो जीत भयो । मैले कुनै भ्रष्टाचार, अनियमता गरेको छैन, यस पटक मैले हार्नुपर्ने कुनै कारण छैन ।” 

नेता गुरुङले संविधान र लोकतन्त्रको रक्षाका लागि, एमालेले सुरु गरेका विकास निर्माणका कामहरु पूरा गर्न आफुँ र आफ्नो पार्टीको जीत अनिवार्य भएको बताए।  २०७९ को प्रनिनिधिसभा निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार तत्कालीन नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङलाई पराजित गर्नुभएका गुरुङले यसपटक कांग्रेस, माओवादी र रास्वपाका उम्मेदवारसँग सामना गर्नुपर्ने छ । 

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा पृथ्वीसुब्बाले ३४ हजार ९६९ मत ल्याएर विजयी हुँदा प्रमुख प्रतिस्पर्धी देवप्रसाद गुरुङले ३१ हजार ७८९ मत पाएको थिए। सो निर्वाचनमा रास्वपाका उम्मेदवार धर्म केसीले ९ हजार २९ मत पाएको थिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्ण निष्ठाका साथ राष्ट्रनिर्माणमा आ-आफ्नो जिम्मेवारी पूरा गरौँ : प्रधानमन्त्ती शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा पूर्णनिष्ठाका साथ राष्ट्र निर्माणमा आ-आफ्नो जिम्मेवारी पूरा गरौँ भन्ने शुभकामना व्यक...

मलामी गएका प्रकाश महाकाली नदीमा डुबेर बेपत्ता

कञ्चनपुर। मलामी गएका एक युवक महाकाली नदीमा डुबेर बेपत्ता भएको छन् । मङ्गलबार दिउँसो छिमेकीको मलामी गएका बेला शुक्लाफाँटा नगरपालिका–७ का ४५ वर्षीय प...

आगामी दशकमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने सरकारको लक्ष्य

काठमाडौं । सरकारले आगामी दशकभित्र देशको विद्युत् जडित क्षमता ३० हजार मेगावाट पुर्‍याउने महत्वाकांक्षी लक्ष्य तय गरेको छ। ६ राजनीतिक दलका चुनावी प्रतिब...

नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं । सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्...

सरकारले सार्वजनिक गर्‍यो शासकीय सुधारका लागि १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा

काठमाडौं । सरकारले शासकीय सुधारलाई लक्ष्य गर्दै १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’को मस्यौदा सार्वजनिक गरेको छ। उक्त मस्यौदामाथि सुझाव तथा प्रतिक्रि...

ट्रकको ठक्करबाट घाइते भएका प्रहरी इन्स्पेक्टर लामाको निधन

काठमाडौं । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको उपचारका क्रममा निधन भएको छ। ३२ वर्षीय लामा सवार बा.प्...

२९ वैशाखभित्र एसईई नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने लक्ष्यसहित काम अगाडि बढाएको छ। बोर्डले आगामी...

मनाङमा ट्रक दुर्घटना: चालकको मृत्य

लमजुङ। मनाङको नासोँ गाउँपालिका–३ धारापानी नजिकै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको सुन्दरबजार घर भई हाल मर्स्याङ्दी गाउँ...

कांग्रेस सभापति थापाद्वारा आफ्नै वडाबाट क्रियाशील सदस्यता अद्यावधिक सुरु

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने 'जरा अभियान' को शुभारम्भ गरेको छन् । काठमाडौँ मह...

राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौं : पूर्वप्रधानमन्त्री कार्की

काठमाडौँ। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएको छिन् । नय...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending