काठमाडौं । नेकपा (एमाले) ले विधान अधिवेशनमा पेश गरिने विधान मस्यौदाका लागि आवश्यक सुझाव लिने कार्य शुरु गरेको छ । मुलुकको सङ्घीय संरचनानुकूल विधान बनाउन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आज छलफल प्रारम्भ गरेको सो पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
एमालेले आगामी भदौको २७ र २८ गतेका लागि विधान अधिवेशन तय गरेको छ भने असोजको पहिलो साताभित्र पालिकास्तरका कमिटीको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । सो अघि यही साउन २४ गते केन्द्रीय कमिटीको बैठक डाकिएको छ ।
वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय कमिटीका सदस्यको बैठकले एकताका लागि अध्यक्ष ओलीबाट विगतमा भएका कतिपय राजनीतिक निर्णयप्रति माफी माग्नुपर्ने लगायतका प्रस्तावबारे सोधिएको प्रश्नमा प्रवक्ता ज्ञवालीले टिप्पणी गर्न नचाहेको बताए । उनले अनन्तकालसम्म पार्टीका गतिविधिलाई अवरुद्ध गरेर जान नसकिने पनि स्पष्ट गरे ।
बिहीबारदेखि काठमाडौँमा जारी नेता नेपाल पक्षको केन्द्रीय सदस्यको बैठकले पार्टीभित्र आत्मसम्मान, सहअस्तित्व र सामूहिक भावनाको विकास नहुँदा समस्या उत्पन्न भएकाले विवाद मिलाउन सक्रिय नेताले ती सन्दर्भलाई ख्याल गरेर समझदारी जुटाउनुपर्ने आवाज उठाएका थिए । नेता रघुजी पन्तले गत असार २७ गते विवाद समाधान कार्यदलले तयार गरेको सहमतिको आधार र नेताबीचको लगातारको पहलका आधारमा एकता हुनुपर्ने तर शीर्ष नेतामाथिको लाञ्छना युक्त अभिव्यक्ति बन्द हुनुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८१ - ०९:४७
काठमाडौं । त्रिपुरेश्वरस्थित भाटभटेनी सुपर मार्केटलाई काठमाडौँ महानगरपालिकाले दुई लाख रुपैयाँ जरिवाना गरेको छ। ढुसी लागेको सामग्री बेचेको पाइएपछि ...
पौष ७ गते, २०८१ - ०९:४३
बागमती । बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको बाढीपहिरोले क्षति पुर्याउँदा धान एक दशमलव ३७ प्रति...
पौष ७ गते, २०८१ - ०९:४०
बागलुङ । बागलुङ नगरपालिका–१२ अमलाचौरका मुकुन्द ढकाल ४४ वर्षको भए। मलेसियामा १२ वर्ष बिताएका ढकालले गाउँमै पशुपालन सुरु गरेको चार वर्ष भयो । सुरुमा...
पौष ७ गते, २०८१ - ०९:३७
झापा । यहाँको बुद्धशान्ति गाउँपालिका–३ मा चार केजी प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन् । बुधबारे इलाका प्रहरी का...
पौष ७ गते, २०८१ - ०८:२६
भरतपुर । मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ। स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा ...
पौष ७ गते, २०८१ - ०८:२२
काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृह मन्त्री रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिँदैछ। सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत...
पौष ७ गते, २०८१ - ०७:५१
काठमाडौंमा पनि थोरै बदली भई छिटफुटसम्म वर्षा हुनसक्ने
पौष ७ गते, २०८१ - ०७:३८
काठमाडौं । पहिलोपटक भएको देशकै ठूलो क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको उपलक्ष्यमा पर्साको सखुवा प्रसौनी ...
पौष ७ गते, २०८१ - ०७:३२
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पार्टी राजनीतिमा सक्रिय हुने चर्चा चलिरहेको छ। नेकपा एमालेबाट दुई कार्यका...
पौष ७ गते, २०८१ - ०७:२६
काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले कार्यालय घेराउसँगै अवरोध गरेपछि त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराल कार्यालय जानै छाडेका छन् ...
प्रतिकृया लेख्नुहोस्: