काठमाडौं । संविधानविद् एवं वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यले संविधान र कानून भन्दा आफुलाई सर्वोच्च भन्ठान्ने सोंच त्याग्न नेताहरुलाई सूझाव दिएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत् आचार्यले कानून, संविधान, संसद र संवैधानिक अंगले समेत नपुगेर फेरी राजनीतिक संयन्त्र बनाउन खोज्नु उचित नभएको तर्क गरेका छन् ।
‘कानून, संविधान, राज्यका निकाय भन्दा आफु सर्वोच्च हुँ भन्ठान्ने सोंच नेताहरुले त्याग्नु पर्यो’, उनले लेखेका छन्, ‘कामै गर्न खोजेको हो भने अहिलेलाई तुइन खसाएर क्रुरता पूर्वक एउटा निर्दोष व्यक्तिको हत्या गर्ने अपराधमा संलग्न व्यक्तिलाई तत्काल कानूनको दायरामा ल्याउन राजनीतिक संयन्त्रले काम गरोस् ।’
संविधानको धारा ७६ उपधारा ५ बमोजिम नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि गठबन्धनका नेताहरले सरकारलाई सहजिकरणका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनउनु पर्नेमा जोड दिएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले कारोना महामारी विरुद्ध लड्न उच्चस्तरीय राजनीतिक संयन्त्र आवश्यक रहेको बताउँदै आएका छन् ।
तर, कानूनविद् र संवैधानिकविद्हरुले राजनीतिक संयन्त्र अतिरिक्त संवैधानिक अव्यास भएको भन्दै संयन्त्रका कारण सरकारले प्रभावकारीरुपमा काम गर्न नसक्ने तर्क गरेका छन् ।
उनीहरुले राजनीति संयन्त्र बनाउनु भन्दा पनि संविधानमा भएको व्यवस्था, नियम, कानून र संवैधानिक अंगहरुलाई प्रभावकारीरुपमा परिचालन गर्नुपर्ने बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: