श्रावण २५ गते, २०७८ सोमवार 9th August, 2021 Mon१६:१६:११ मा प्रकाशित
खबरडबली संवाददाता
विराटनगर । कोरोनाविरुद्धमा लगाइने खोपमा कुनै पनि अनियमितता नभएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
लगभग ४५ लाख जनसङ्ख्या रहेको यो प्रदेश नं १ मा कोभिसिल्ड पहिलो पटकमा नौ हजार ६०० भाइल, दास्रो पटकमा ३३ हजार ३०० भाइल र तेस्रो पटकमा तीन हजार भाइल आएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयबाट प्राप्त जानकारीअनुसार भेरोसेल सिङ्गल डोजको पहिलो पटक एक लाख ४५ हजार ८०० र दोस्रो पटक ३२ हजार ४००, डब्बल डोजको भेरोसेल पहिलो पटक एक लाख ६९ हजार ९६० र पछिल्लो पटक अमेरिकन जोनसोनको ४८ हजार भाइल प्रदेशमा आएको छ ।
खोप अहिलेसम्ममा कोभिसिल्ड तीन लाख नौ हजार २४६ जनालाई पहिलो डोज दिइसकेको र दोस्रो डोज ५२ हजार ८५५ जनालाई लगाइसकेको बताइएको छ ।
यस्तै भेरोसेल पहिलो डोज तीन लाख २८ हजार ३१३ जनालाई र दोस्रो डोज ६६ हजार ३३९ र पछिल्लो जोनसोनको ६६ हजार ९०३ जनालाई खोप लगाउने काम सम्पन्न भएको छ । मन्त्रालयले जापान र भूटानबाट प्राप्त हुने खोप प्रदेशलाई प्राप्त भएमा कोभिसिल्ड पहिलो डोज लगाएको मानिसलाई लगाउने योजना छ ।
प्रदेशमा हालसम्ममा तीन लाख ९६ हजार ३७२ जनाको पिसिआर परीक्षण भएको छ । जसमा ८८ हजार ४१५ जना सङ्क्रमित भए पनि ७९ हजार ४५० जना कोरोना सङ्क्रमणबाट मुक्त भइसकेका छन् । प्रदेशमा अहिले पनि सात हजार २८३ जना सक्रिय सङ्क्रमित छन् ।
साथै एन्टिजेन परीक्षण शुरु भएपछि अहिलेसम्ममा एक लाख १३ हजार ७४१ जना परीक्षण गर्दा ३२ हजार ९५३ जनामा सङ्क्रमण दखिएको थियो । कोरोनाका कारण प्रदेशमा अहिलेसम्ममा एक हजार ६८२ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पहिलो चरणमा ४६० जनाको मृत्यु भएको थियो । कोरोनाको दोस्रो लहर शुरु भएपछि थप मानिसको मृत्यु भएको हो । मृत्यु हुनेमा प्रदेश बाहिरका १४८ जना छन् ।
कोरोनाका कारण मृत्यु हुनेमा ५४८ महिला र एक हजार १३४ पुरुष छन् । यसबाट बच्न र बचाउन मानिसले स्वास्थ्य आचारसंहिता पालन गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने र मास्क लगाउनुपर्ने जस्ता विधिलाई जीवन पद्धतिमा उतार्नुपर्ने मन्त्रालयको सुझाव छ ।
प्रदेशमा अहिले कोशी अस्पताल विराटनगर, प्रदेश जनस्वास्थ्य कार्यालय विराटनगर, न्यूरो अस्पताल कोशी अस्पताल विराटनगर, प्रदेश जनस्वास्थ्य कार्यालय विराटनगर, न्यूरो अस्पताल विराटनगर, विराट मेडिकल कलेज, नोबेल अस्पताल कञ्चनबारी, कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कन्काई अस्पतालमा पिसिआर परीक्षण भइरहेको छ ।
कोरोनाको महामारी शान्त नभएका अवस्थामा तेस्रो लहर पनि आउने सम्भावनाप्रति प्रदेश नं १ को सामाजिक विकास मन्त्रालय सचेत भएर काममा जुटेको छ । लगभग प्रदेशको सबै जिल्लामा देखिएको कोरोनाबाट आम नागरिकलाई पार लगाउन मन्त्रालयले हिमाल, पहाड र तराईका जिल्लाको भूगोलको अवस्था हेरेर अस्तालमा कार्यरत चिकित्सकको तलब वृद्धि गरेको छ । सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेशको प्रत्येक जिल्ला अस्पताललाई सुविधा सम्पन्न बनाउने योजना आगाडि बढाएको बताए ।
उनले जिल्ला अस्पतालमा एचडियु, सघन उपचार कक्ष र भेन्टिलेटरको सुविधा राख्न मन्त्रालयले आवश्यक योजना बनाइरहेको चर्चा गर्दै हिमाली क्षेत्रमा काम गर्ने चिकित्सकलाई ३०० प्रतिशत, पहाड क्षेत्रका लागि २५० प्रतिशत र तराई क्षेत्रमा काम गर्ने चिकित्सकलाई २०० प्रतिशत तलब वृद्धि गरेको जानकारी दिए ।
उनले कोभिडले आक्रान्त पारेको अहिले अवस्थामा आम नागरिकलाई खोप लगाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले प्रदेश सरकारलाई खोप खरिद गर्ने अधिकार नभएको र यसका लागि सङ्घीय सरकारसँग नै समन्वय गर्नुपर्ने भएकाले खोप केन्द्रमा प्राप्त भएपछि प्रदेशले पनि आवश्यकताअनुसार प्राप्त गर्दै जाने बताए । मन्त्री राईले गरिबको उपचारमा निर्माण गरिने कोषमा सक्नेले रु १० लाख र नसक्नेले रु १० मात्र सहयोग गर्न अपिल पनि गरे । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...
सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार लालविक्रम थापाविरुद्ध निर्वाचन अधिकृतको कार...
काठमाडौं । चुनावी मैदानमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले आफू प्रधानमन्त्री बन्ने भन्दै ‘balen4pm.com’ र ‘balenforpm...
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गते बिहीबारदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गर्द...
काठमाडौँ । प्रेस काउन्सिल नेपालले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म सञ्चार माध्यम तथा तिनका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा १६३...
रुकुमपूर्व । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद परिव...
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये चार जिल्लाका पाँच जनाविरुद्ध उजुरी परेको छ ।
...
काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा.राकेश पाण्डेबीच भेटवार्ता भएको छ । का...
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा श्रीमतीको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही माघ ३ गते राति शौचा...
प्रतिकृया लेख्नुहोस्: