Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

रूपन्देही सुपरलिगः देवदह ९५ रनले विजयी

खबरडबली संवाददाता

भैरहवा  । देवदह क्रिकेट युनिटले बुटवल–११ क्रिकेट क्लबलाई पराजित गर्दै जित निकालेको छ । भैरहवामा जारी ‘रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता’ अन्तर्गत डिभिजन ‘बी’को शुक्रबारको खेलमा देवदहले ९५ रनको सानदार जित निकालेको हो ।

यहाँस्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको देवदहले निर्धारित ५० ओभरको खेलमा ४८ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर १ सय ९१ रनको बलियो योगफल खडा गर्यो । उसका लागि दीपक भण्डारीले नआउट ५६ रनको अर्धशतकीय पारी खेले । यस्तै, अर्जुन रायमाझीले ३१, संकेत भट्टराईले २७ र कृतिमान ढकालले १५ रनको योगदान गरे । बलिङमा बुटवल ११ का दिवेश खातीले ३, सुदन श्रेष्ठ, तौसिफ आलम, मञ्जिल भण्डारी, एजाज अहम्मद र प्रमिश अर्यालले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बुटवल २७ ओभर २ बलमा ९६ रन बनाउँदा अलआउट भयो । उसलाई सस्तैमा रोक्न बलिङमा देवदहका सुरज खड्काले ९ ओभरमा २ मेर्डनसहित २६ रन खर्चेर ५ विकेट हात पारे । यस्तै, अर्जुन रायमाझीले ३ र रोशन गौतमले २ विकेट हात पारे । बुटवलका प्रमिश अर्यालले ४२, बिशाल भुसालले २४ र विभेष खातीले १६ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिमले हार व्यहोर्यो । खेलमा देवदहका सुरज खड्का प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि आयोजना हुनेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा साम्प्रदायिक तनाव चुलिँदा गौरमा अनिश्चितकालीन कर्फ्यु, १८ जना पक्राउ

काठमाडौं ।  रौतहटमा दुई समुदायबीचको तनाव चुलिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ। शनिबार  दिउँसो १ बजेदेखि लागू हुने गरी प्रमुख ज...

रामेछापमा बोलेरोको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु

रामेछाप। रामेछापमा बोलेरो गाडीको ठक्करबाट अन्दाजी ५ वर्षीया बालिकाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार शनिबार बागमती प्रदेश ०३१ च ...

चितवनमा भेटियो शंकास्पद वस्तु

चितवन । रामपुर कृषि क्याम्पस गेट नजिकै कालो प्लास्टिकले बाँधेर राखिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको छ । चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पूरीक...

चुनावविरुद्ध चलखेल अस्वीकार्यः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहको  पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै चुनाव ...

गौरमा कर्फ्यूबीच आगजनी, अवस्था अझै तनावग्रस्त

काठमाडौं । गौरमा कर्फ्यू जारी रहेकै अवस्थामा पनि आगजनीका घटना रोकिएका छैनन्। जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरी नेपाली सेना परिचालन गरे प...

यस्तो छ आज शनिबाार तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

आरोप–प्रत्यारोपको बीच चिया–खाजामा सहकार्यको सन्देश

डडेलधुरा । प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार तीव्र भइरहेका बेला डडेलधुरामा शनिबार बिहान फरक दृश्य देखियो। आलोचना र आरोप–प्रत्यारोपबीच चुनावी माहोल ...

टिकट विवादपछि रास्वपा बर्दघाटका नेता हरिजनको राजीनामा

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दघाट नगरपालिकाका नेता जीतबहादुर हरिजनले पार्टीबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुने आम निर्व...

तुलसीपुर घटनाले चुनावी माहोल तातियो, रास्वपा र एमाले आमनेसामने

दाङ । निर्वाचन नजिकिँदै गर्दा दाङको तुलसीपुरमा भएको झण्डा दहन घटनाले राजनीतिक माहोल थप तातिएको छ। बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

बैतडीमा निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–४, बबेतका ३८ वर्षीय महादेव वडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जना...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE