Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

आन्तरिक राजस्व दोब्बर पार्ने कार्ययोजना ल्याउन अर्थमन्त्रीको निर्देशन

खबरडबली संवाददाता

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना पेश गरी कार्यान्वयनमा गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । आन्तरिक राजस्व विभागसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले राजस्व सङ्कलनको अहिलेको अवस्थाबाट देश विकास सम्भव नरहेको भन्दै यसलाई दोब्बर बनाउने गरी नयाँ कार्ययोजना पेश गर्न भनेका हुन् ।

“चलिराछ, यस्तै चल्छ भन्ने कुरा मेरा लागि मान्य छैन । एकपटक राम्रोसँग सोच्नुहोस् राजस्व सङ्कलन बढाउन सकिने उपाय तपाईं आफैँ फेला पार्नुहुनेछ”, उनले भने, “त्यसका लागि तपाईंलाई के चाहिन्छ, जनशक्ति, प्रविधि, तालिम जे आवश्यक पर्छ त्यो उपलब्ध गराइन्छ । तर राजस्व दोब्बर बनाउने लक्ष्यका साथ काम गर्नै पर्दछ ।” 

उनले करदातालाई कानून लगाएर कर तिराउने नभई करदाता आफैँले कर तिरुँतिरुँ लाग्ने संस्कृति विकास गर्ने खालको योजना बनाउन मातहतका निकायलाई निर्देशन दिए । “करदाता आफैँ उत्साहित भएर कर तिर्ने हुनुपर्दछ । त्यस्तो वातावरण निर्माण गर्न मन्त्रालयकातर्फबाट केके गरिदिनुपर्ने हो त्यसको प्रस्ताव पनि तयार गर्नुहोस्”, मन्त्री शर्माले अगाडि भने, “हामी निरन्तरताको सुधारमा रमाएर बस्ने होइन कि गुणात्मक सुधारको खाँचो छ ।”

उनले समग्र राष्ट्रको सम्पत्ति लेखा जोखा गर्नुपर्ने आवश्यकतासमेत औँल्याए । “कति हो त हाम्रो देशको सम्पूर्ण मूल्याङ्कन ? यसको हिसाबकिताब खोई ? जनतासँग भएको सम्पत्ति केकति हो ? सरकारको स्वामित्वमा भएको सम्पत्ति के कति हो ? यसको हिसाबकिताब गर्ने योजना पनि चाहियो”, उनले भने ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले राजस्व भनेको देशकै प्राणरेखा भएको भन्दै राजस्व सङ्कलनको निर्धारित लक्ष्य हेरफेर हुने सम्भावना रहेको बताए । राजस्व समूहका कर्मचारीले १०–५ को ड्युटी गरेर नपुग्ने भएकाले सोहीअनुसार थप जाँगर चलाएर काममा खटिन निर्देशन दिए । आन्तरिक राजस्व विभागअन्तर्गतका ८४ वटा कार्यालय सबैले राजस्व सङ्कलनमा देखिएका समस्याको एमआरआइ गर्नुपर्नेमा जोड दिँदै सचिव मरासिनीले समाधानका उपाय निकाल्न आग्रह गरे । 

प्रविधिकामाध्यमबाट सबै राजस्व कार्यालयलाई यथाशक्य कागजरहित, अनुहाररहित र भौतिक सम्पर्करहित बनाउन निर्देशन दिए । विसं २०५४ देखि मूल्य अभिवृद्धि कर (भ्याट) लगाएदेखि जिडिपीको नौ प्रतिशतको हाराहारीमा रहेको आन्तरिक राजस्व २२ प्रतिशतमा पुगेको तथ्याङ्क उल्लेख गर्दै उहाँले यसलाई व्यवस्थित गर्न विलिङ सिष्टममा एकीकृत गर्न आग्रह गरे । 

देशका विभिन्न ठाउँमा रहेका ८४ वटा राजस्व कार्यालयमध्ये ३० वटाले मात्र तोकिएको लक्ष्य पूरा गरेको जानकारी दिँदै उहाँले सबै कार्यालयले लक्ष्यअनुसारको काम गर्न निर्देशन दिए । आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कुप्रसाद आचार्यले आर्थिक वर्ष २०७७/७८ को कूल राजस्वमा विभागले ४६ प्रतिशत योगदान गरेको जानकारी दिए । 

गत वर्ष कूल राजस्वमध्ये भन्सार विभागबाट ४५ प्रतिशत, गैरकर राजस्व सात प्रतिशत र अन्यबाट दुई प्रतिशत राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७७/७८ का लागि आन्तरिक राजस्व विभागलाई ४५० अर्बको लक्ष्य तोकिएकामा ४२९ अर्ब सङ्कलन भएको छ । चालू आर्थिक वर्षका लागि ५२२ अर्ब राजस्व सङ्कलनको लक्ष्य तोकिएको छ । 

यस्तै गत असारसम्म ४० लाख ६६ हजार १३१ ले स्थायी लेखा नम्बर (प्यान) लिएका छन् भने दुई लाख ९० हजार ७१४ करदाता मूल्य अभिवृद्धि कर (भ्याट) मा आबद्ध छन् । व्यवसायी करको दायरामा औपचारिकरुपले आबद्ध रहेको भए पनि वार्षिक विवरण नबुझाउनेको सङ्ख्यामा वर्षेनी वृद्धि भइरहेको महानिर्देशक आचार्यले बताए ।
 
कर कार्यालयमा दर्ता भई वार्षिक विवरण नबुझाउने आर्थिक वर्ष २०७४/७५ मा ३३.१८ प्रतिशत र आर्थिक वर्ष २०७५/७६ मा ३७.५३ प्रतिशत रहेकामा आर्थिक वर्ष २०७६/७७ मा सो सङ्ख्या बढेर ४२.९२ प्रतिशत पुगेको छ ।  रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहाड–हिमालमा वर्षा र हिमपात, तराईमा चट्याङको चेतावनी

काठमाडौं । देशभर पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा शुक्रबार पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना बढेको छ । मौसम पूर्वानुमान महाश...

सुदन भित्रिएपछि हर्कको शक्ति विस्तार, श्रम संस्कृतिमा पूर्वमाओवादी धारको प्रवेश

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा पूर्वमन्त्री सुदन किरातीको औपचारिक प्रवेशसँगै पार्टीभित्र नयाँ राजनीतिक समीकरण बनेको छ । गत न...

फोहोरको वर्गीकरणसँगै घट्न थाल्यो बञ्चरेडाँडामा भार

काठमाडौं । महानगरपालिकाले स्रोतमा फोहोरको  वर्गीकरण गर्ने कार्यलाई प्रभावकारी बनाएसँगै बञ्चरेडाँडा लैजाने फोहोरको मात्रा घटेको छ ।  कामपाको वातावरण...

संसद् बैठक आह्वानसँगै बजेट लेखनको चटारो

काठमाडौँ । सरकारले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेसँगै आगामी आर्थिक वर्षको बजेट लेखनको आवश्यक तयारी पनि तीव्र पारिएको छ। यही वैशाख २८ गतेका ...

जनताको आँसुमा सरकार टिक्दैनः हर्क साम्पाङ

सरकारविरुद्ध विपक्षी मोर्चाबन्दीको तयारी

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिद गर्न बाटो खुल्यो

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि स्थानीय तहहरूले पनि कम्पनी दर्ता गर्न र सेयर खरिद गर्...

प्रचण्डसँग टाढिएका सुदन अब हर्कसँग, श्रम संस्कृति पार्टीमा नयाँ समीकरण

काठमाडौं । पूर्वमन्त्री सुदन किराँती अन्ततः हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा हर्क साम...

नेतृत्वविहीन बन्यो रेडक्रस, विनोद शर्माले बुझाए राजीनामा

काठमाडौं । लामो समयदेखि विवाद, हस्तक्षेप र आन्तरिक खिचातानीमा फसेको नेपाल रेडक्रस सोसाइटी फेरि नेतृत्वविहीन बनेको छ । केन्द्रीय तदर्थ समितिका अध्यक्ष ...

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न राजमार्गमध्ये पाँचवटा एकतर्फी रूपमा सञ्चालन भएका छन् ।  ...

प्रधानन्यायाधीश सिफारिस विवाद : रिट नै दर्ता गर्न मानेन सर्वोच्च

काठमाडौं । प्रधानन्यायाधीश सिफारिस प्रक्रियामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालत पुगेका रिट निवेदन नै दर्ता हुन नपाएपछि न्यायालयभित्र नयाँ विवाद सुरु भए...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending