Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

प्रचण्डसँग टाढिएका सुदन अब हर्कसँग, श्रम संस्कृति पार्टीमा नयाँ समीकरण

खबरडबली संवाददाता

काठमाडौं । पूर्वमन्त्री सुदन किराँती अन्ततः हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा हर्क साम्पाङले किराँतीलाई पार्टीमा स्वागत गरेका हुन् । लामो समयदेखि चर्चामा रहेको हर्क–सुदन सहकार्यले अब औपचारिक रूप लिएको छ ।

सहमति अनुसार किराँती पार्टीको दोस्रो वरीयतामा रहने गरी उपाध्यक्षको जिम्मेवारीमा रहनेछन् । साथै उनको समूहले एक सचिव र १५ जना केन्द्रीय सदस्यसमेत पाउने समझदारी भएको बताइएको छ ।

किराँतीसँगै आउने अधिकांश नेता कार्यकर्ता प्रलोपाबाट जोडिएका छन् । जेनजी आन्दोलनपछि भएको राजनीतिक पुनर्संरचनामा पुष्पकमल दाहाल ले माधवकुमार नेपाल समूहसँग एकता गरेपछि किराँती असन्तुष्ट बनेका थिए । त्यसपछि उनी जनार्दन शर्मा निकट धारसँगै प्रलोपामा सक्रिय भएका थिए ।

अब भने उनले वैकल्पिक राजनीतिक शक्ति निर्माणको नारासहित हर्क साम्पाङको श्रम संस्कृति पार्टी रोजेका छन् ।

सुदनको प्रवेशसँगै श्रम संस्कृति पार्टीले पूर्वी पहाडदेखि वैकल्पिक राजनीति खोज्ने युवामाझ आफ्नो प्रभाव विस्तार गर्ने संकेत दिएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फोहोरको वर्गीकरणसँगै घट्न थाल्यो बञ्चरेडाँडामा भार

काठमाडौं । महानगरपालिकाले स्रोतमा फोहोरको  वर्गीकरण गर्ने कार्यलाई प्रभावकारी बनाएसँगै बञ्चरेडाँडा लैजाने फोहोरको मात्रा घटेको छ ।  कामपाको वातावरण...

संसद् बैठक आह्वानसँगै बजेट लेखनको चटारो

काठमाडौँ । सरकारले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेसँगै आगामी आर्थिक वर्षको बजेट लेखनको आवश्यक तयारी पनि तीव्र पारिएको छ। यही वैशाख २८ गतेका ...

जनताको आँसुमा सरकार टिक्दैनः हर्क साम्पाङ

सरकारविरुद्ध विपक्षी मोर्चाबन्दीको तयारी

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिद गर्न बाटो खुल्यो

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि स्थानीय तहहरूले पनि कम्पनी दर्ता गर्न र सेयर खरिद गर्...

प्रचण्डसँग टाढिएका सुदन अब हर्कसँग, श्रम संस्कृति पार्टीमा नयाँ समीकरण

काठमाडौं । पूर्वमन्त्री सुदन किराँती अन्ततः हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा हर्क साम...

नेतृत्वविहीन बन्यो रेडक्रस, विनोद शर्माले बुझाए राजीनामा

काठमाडौं । लामो समयदेखि विवाद, हस्तक्षेप र आन्तरिक खिचातानीमा फसेको नेपाल रेडक्रस सोसाइटी फेरि नेतृत्वविहीन बनेको छ । केन्द्रीय तदर्थ समितिका अध्यक्ष ...

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न राजमार्गमध्ये पाँचवटा एकतर्फी रूपमा सञ्चालन भएका छन् ।  ...

प्रधानन्यायाधीश सिफारिस विवाद : रिट नै दर्ता गर्न मानेन सर्वोच्च

काठमाडौं । प्रधानन्यायाधीश सिफारिस प्रक्रियामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालत पुगेका रिट निवेदन नै दर्ता हुन नपाएपछि न्यायालयभित्र नयाँ विवाद सुरु भए...

हराएको चार दिनपछि कर्णाली नदीमा भेटियो टोमाको शव

मुगु । मुगुम कार्मारोङ गाउँपालिका–६ की ४१ वर्षीया टोमा लामाको शव चार दिनपछि कर्णाली नदीमा फेला परेको छ।   वैशाख २२ गते रातिदेखि सम्पर्कविहीन उनी शुक्र...

मनसुनमै खडेरीको संकेत, पानी कम र गर्मी बढी हुने चेतावनी

काठमाडौं । यस वर्षको मनसुनले राहतभन्दा बढी चिन्ता दिने संकेत देखिएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी चार महिनाको मनसुन अवधिमा देशका अधिकांश क्षे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending