Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

सुदन भित्रिएपछि हर्कको शक्ति विस्तार, श्रम संस्कृतिमा पूर्वमाओवादी धारको प्रवेश

खबरडबली संवाददाता

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा पूर्वमन्त्री सुदन किरातीको औपचारिक प्रवेशसँगै पार्टीभित्र नयाँ राजनीतिक समीकरण बनेको छ । गत निर्वाचनमा सुरु भएको सहकार्य शुक्रबार औपचारिक एकतामा परिणत भएपछि श्रम संस्कृति पार्टी अब केवल अभियानमुखी शक्ति नभई संगठित राजनीतिक धार बन्ने संकेत देखिएको छ ।

राजधानीको एक कार्यक्रममा साम्पाङले किरातीलाई पार्टीमा स्वागत गर्दै यो एकतालाई “दुधकोशी र तमोर मिसिएर बनेको सप्तकोशी” सँग तुलना गरे । “अब छुट्याउन सकिँदैन,” साम्पाङको भनाइ थियो ।

सात बुँदे सहमतिअनुसार सुदन किराती पार्टीमा वरिष्ठ नेताको भूमिकामा रहनेछन् । किराती समूहबाट एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य रहने सहमति भएको छ ।

यो एकतालाई केवल दुई नेताको राजनीतिक समीकरणभन्दा बढी, वैकल्पिक राजनीतिमा नयाँ शक्ति निर्माणको प्रयासका रूपमा हेरिएको छ । विशेषगरी माओवादी पृष्ठभूमिबाट आएका नेता किरातीले “हर्कवाद” स्वीकार्दै श्रम संस्कृतिको राजनीतिक लाइनलाई समर्थन गर्नु अर्थपूर्ण मानिएको छ ।

किरातीले सम्बोधनका क्रममा श्रम, जनउत्तरदायित्व र प्रतिपक्षी भूमिकामा हर्क साम्पाङको अडानलाई प्रशंसा गर्दै “जनताको दबाब र चाहनाले” आफूहरूलाई एक ठाउँमा ल्याएको बताए ।

गत निर्वाचनमा भोजपुर, खोटाङ र सुनसरीमा श्रम संस्कृतिका उम्मेदवारलाई किरातीले खुलेर समर्थन गरेका थिए । संयोगवश ती तीनै क्षेत्रमा श्रम संस्कृतिले सफलता हात पारेपछि पार्टीभित्र किरातीलाई औपचारिक रूपमा ल्याउनुपर्ने दबाब बढेको नेताहरू स्वीकार्छन् ।

श्रम संस्कृति पार्टीका नेताहरूका अनुसार यो एकताले पार्टीलाई दुई तहमा बलियो बनाउने अपेक्षा गरिएको छ । पहिलो, राष्ट्रिय राजनीतिमा सरकारविरुद्ध आक्रामक प्रतिपक्षी धार अझ संगठित हुने । दोस्रो, पूर्वमाओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई श्रम संस्कृतिमा आउने बाटो खुल्ने ।

राजनीतिक विश्लेषकहरू पनि यो एकतालाई सामान्य घटना मानिरहेका छैनन् । उनीहरूका अनुसार सिट संख्यामा सानो भए पनि संसद् र सडकमा चर्को आवाज बनिरहेका हर्क सम्पाङलाई अब राष्ट्रियस्तरको राजनीतिक अनुहार सुदन किरातीको साथ मिलेको छ ।

विशेषगरी कोशी प्रदेशको राजनीतिमा यसको प्रभाव तत्काल देखिन सक्ने आकलन गरिएको छ । पार्टीभित्रै भविष्यमा किरातीलाई मुख्यमन्त्रीको दाबेदार बनाउने समझदारी बनेको चर्चा पनि सुरु भएको छ, यद्यपि नेताहरू सार्वजनिक रूपमा यसबारे बोल्न चाहिरहेका छैनन् ।

श्रम आन्दोलन र राजनीतिक प्रशिक्षण मिसिँदा अब पार्टी “आन्दोलनको भावनात्मक शक्ति” बाट “संगठित राजनीतिक शक्ति” मा रूपान्तरण हुने चरणमा पुगेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बुटवल–३ का वडाध्यक्षलाई पदमुक्त गर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

रुपन्देही । सर्वोच्च अदालतले बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम ...

सरकारका १०० दिन : विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन, अनुसन्धान र स्टार्टअप प्रवर्द्धनमा नयाँ अभ्यास

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा गरेको महत्वपूर्ण संरचनात्मक सुधारमध्ये छुट्टै विज्ञान, प्रविधि तथा नवप्रवर्त...

आज प्रतिनिधि सभा बैठक बस्दै, सार्वजनिक खरिददेखि सम्पत्ति शुद्धीकरण विधेयक पारित गर्ने तयारी

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा पारित गर्ने कार्यसूची तय...

खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा

चितवन । स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश पलायन भइरहेका बेला चितवनका एक अनुभवी किसानले भने माटोमै पसिना बगाएर आर्थिक समृद्धि...

गृहमन्त्री गुरुङका १०० दिन : ‘पहिला थुन्ने, अनि सुन्ने’ शैलीमा

काठमाडौं । १३ चैतमा गृहमन्त्रीको शपथ लिएसँगै सुधन गुरुङ आक्रामक शैलीमा प्रस्तुत भए। पदभार सम्हालेकै साँझ प्रहरी प्रधान कार्यालय पुगेर सुरक्षा नेतृत्वस...

काभ्रेमा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित सडकमा ईभी गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। बुधबार बिहान बा.प्र.०८–००१ ज ०१५० नम्बरक...

सल्यानमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४ देउलीबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ४२ वर्षीय गोपाल पर...

बुहारीमाथि यौन दुर्व्यवहारको आरोपपछि आत्महत्या, ससुरा पक्राउ

सप्तरी । सप्तरीमा बुहारीमाथि पटक–पटक यौन दुर्व्यवहार गरेको तथा धम्की दिएर आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्...

मनसुन थप सक्रिय, शुक्रबारसम्म भारी वर्षाको सम्भावना; बाढी–पहिरोको जोखिम बढ्यो

काठमाडौं । देशभर मनसुन थप सक्रिय भएसँगै जल तथा मौसम विज्ञान विभागले बिहीबार र शुक्रबार पनि अधिकांश स्थानमा वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षाको ...

मानसिक स्वास्थ्यको अदृश्य यथार्थ उजागर गर्ने ‘डोपामिन : खुसी र प्रेरणा’ सार्वजनिक

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार लक्ष्मण अधिकारीको नयाँ कथा संग्रह ‘डोपामिन : खुसी र प्रेरणा’ सोमबार सार्वजनिक गरिएको छ। कामना न्यूज पब्लिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending