Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

साताको शेयर बजारः ७९ अर्बको कारोबार

खबरडबली संवाददाता

काठमाडौँ । धितोपत्र बजारमा यस साता नयाँ कीर्तिमान कायम भएको छ । नेप्से परिसूचक हालसम्मकै उच्च स्थानमा पुगेको छ । यस्तै कारोबार रकमसमेत औसतमा १६ अर्बको हाराहारीमा रहेको छ । 

नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता नेप्से तीन हजार एक सय ७९ मा पुगेको छ । औसतमा कूल दुई सय २५ कम्पनीको १४ करोड ९८ लाख ३२ हजार तीन सय १० कित्ता शेयर रु ७९ अर्ब २६ करोड आठ लाख ४० हजार नौ सय १६ मूल्यमा खरिदबिक्री भए । साताभर नै जलविद्युत् उपसमूहको शेयरमा लगानीकर्ताको आकर्षण देखियो । 

साताभर पाँच कारोबार दिन नै नेप्सेमा सुधार भई नै रह्यो । साताको पहिलो दिन नेप्से परिसूचक झिनो अङ्कले सुधार भएको थियो ।  त्यसदिन नेप्से परिसूचक ०.६६ बिन्दुले बढेर तीन हजार १०८.१२ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७८ ले वृद्धि भई ५७८.०९ मा पुग्यो । 

कूल दुई सय २७ कम्पनीको दुई करोड ६९ लाख ९६ हजार तीन सय १३ कित्ता शेयर रु १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार आठ सय ८७ मूल्यमा खरिदबिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर उकालो लागेको  छ भने सात उपसमूहको शेयर ओरालो लाग्यो । 

बैंकिङ ०.०८, विकास बैंक ६६.३७, जलविद्युत् ११५.०५, वित्त २१.८९, उत्पादन २.८४ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले उकालो लागेको छ । यस्तै व्यापार ४०.३८, होटेल तथा पर्यटन ३९.९१, निर्जीवन बीमा २०२.७९, अन्य २०.५३, लघुवित्त ७४.०९, जीवन बीमा १०१.५४ र लगानी ०.०४ बिन्दुले घटेको थियो । 

कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा रही  रु ८१ करोड ९२ लाख २४ हजार पाँच सय ६० बराबरको कारोबार भयो । 

साताको दोस्रो दिन सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा सामान्य सुधार भए पनि जलविद्युत् समूहको शेयरमा उछाल देखियो । यस्तै कारोबार रकम रु १४ अर्बको हाराहारीमा रह्यो । 

त्यस दिन  नेप्सेमा १.५४ बिन्दुको सुधार आई तीन हजार १०९.६६ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०५ ले ओरालो लागेर ५७५.९५ मा ओर्लियो । 

कूल दुई सय २५ कम्पनीको दुई करोड ५३ लाख ९३ हजार ६९९ कित्ता शेयर रु १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार आठ सय ८१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत् उपसमूहको शेयरमा उछाल देखियो । सो दिन कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रही रु ६७ करोड ४८ लाख ५५ हजार आठ सय ६० बराबरको कारोबार भयो । 

सोमबार आठ कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । आईसीएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर, युनियन हाइड्रोपावर, जीवन विकास लघुवित्त, ङादी ग्रुप अफ पावर र युनियन लाइफ इन्सुरेन्सको शेयरमा मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

साताको तेस्रो दिन मङ्गलबार नेप्सेमा उछाल देखियो भने बजार पूँजीकरण ४४ खर्ब १३ अर्ब बराबर पुग्यो । लगातार उकालो लाग्दै आएको नेप्सेमा उछाल देखियो ।  विकास बैंक, वित्त, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको शेयरका लगानीकर्ताको तीव्र आकर्षण देखिँदा नेप्सेसमेत नयाँ उचाइमा पुग्यो । 

त्यस दिन  नेप्से ५१.८६ बिन्दुले बढेर तीन हजार १६१.४४ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२ बिन्दुले बढेर ५८७.९५ मा पुग्यो । 

कूल दुई सय २५ कम्पनीको तीन करोड ३५ लाख ३५ हजार दुई सय १३ कित्ता शेयर रु १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार दुई सय ७९ मूल्यमा खरिदबिक्री भयो । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब १३ अर्ब १८ करोड तीन लाख २० हजार बराबर पुग्यो । 

कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने १० उपसमूहको शेयर उकालो लाग्यो । कारोबारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रही  रु ८९ करोड ५८ लाख ९३ हजार पाँच सय ३६ बराबरको कारोबार भयो । त्यस दिन १३ कम्पनीको शेयरमा सर्किट लाग्यो । 

साताको चौथो दिन बुधबार नेप्सेमा झिनो मात्रै सुधार भयो तर कारोबार रकम रु १५ अर्ब ४५ करोड बराबर भयो ।  त्यस दिन नेप्से ०.९४ बिन्दुले बढेर नेप्से तीन हजार १६२.५९ मा पुग्यो । 

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३८ बिन्दुले घटेर ५८५.७१ मा पुग्यो । कूल दुई सय ३० कम्पनीको दुई करोड ७२ लाख ९८ हजार ६ सय २४ कित्ता शेयर रु १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार सात सय ५४ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लाग्यो भने आठ उपसमूहको शेयर मूल्यमा गिरावट आयो । 

सो दिन पनि कारोबारका आधारमा माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रही रु ६८ करोड ३० लाख ७१ हजार सात सय एक बराबरको कारोबार भयो ।  बुधबार छ कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । 

साताको अन्तिम दिन नेप्सेमा कीर्तिमान कायम भयो । यस्तै बजार पूँजीकरण ४४ खर्ब ३७ अर्ब बराबर पुग्यो । 

विकास बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ।  त्यस दिन नेप्से १६.४१ अङ्कले बढेर तीन हजार एक सय ७९ मा पुग्यो । 

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४६ बिन्दुले बढेर ५९१.१६ मा पुग्यो । कूल दुई सय २५ कम्पनीको तीन करोड ६६ लाख आठ हजार चार सय ६१ कित्ता शेयर रु १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार एक सय १५ मूल्यमा खरिद बिक्री भए । 

कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्यमा सुधार आउँदा छ उपसमूहको शेयर भने ओरालो लाग्यो । कारोबारका आधारमा त्यसदिन माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रही रु ६२ करोड ७९ लाख ९७ हजार आठ सय बराबरको कारोबार भयो । बिहीबार सात कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहाड–हिमालमा वर्षा र हिमपात, तराईमा चट्याङको चेतावनी

काठमाडौं । देशभर पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा शुक्रबार पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना बढेको छ । मौसम पूर्वानुमान महाश...

सुदन भित्रिएपछि हर्कको शक्ति विस्तार, श्रम संस्कृतिमा पूर्वमाओवादी धारको प्रवेश

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा पूर्वमन्त्री सुदन किरातीको औपचारिक प्रवेशसँगै पार्टीभित्र नयाँ राजनीतिक समीकरण बनेको छ । गत न...

फोहोरको वर्गीकरणसँगै घट्न थाल्यो बञ्चरेडाँडामा भार

काठमाडौं । महानगरपालिकाले स्रोतमा फोहोरको  वर्गीकरण गर्ने कार्यलाई प्रभावकारी बनाएसँगै बञ्चरेडाँडा लैजाने फोहोरको मात्रा घटेको छ ।  कामपाको वातावरण...

संसद् बैठक आह्वानसँगै बजेट लेखनको चटारो

काठमाडौँ । सरकारले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेसँगै आगामी आर्थिक वर्षको बजेट लेखनको आवश्यक तयारी पनि तीव्र पारिएको छ। यही वैशाख २८ गतेका ...

जनताको आँसुमा सरकार टिक्दैनः हर्क साम्पाङ

सरकारविरुद्ध विपक्षी मोर्चाबन्दीको तयारी

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिद गर्न बाटो खुल्यो

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि स्थानीय तहहरूले पनि कम्पनी दर्ता गर्न र सेयर खरिद गर्...

प्रचण्डसँग टाढिएका सुदन अब हर्कसँग, श्रम संस्कृति पार्टीमा नयाँ समीकरण

काठमाडौं । पूर्वमन्त्री सुदन किराँती अन्ततः हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा हर्क साम...

नेतृत्वविहीन बन्यो रेडक्रस, विनोद शर्माले बुझाए राजीनामा

काठमाडौं । लामो समयदेखि विवाद, हस्तक्षेप र आन्तरिक खिचातानीमा फसेको नेपाल रेडक्रस सोसाइटी फेरि नेतृत्वविहीन बनेको छ । केन्द्रीय तदर्थ समितिका अध्यक्ष ...

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न राजमार्गमध्ये पाँचवटा एकतर्फी रूपमा सञ्चालन भएका छन् ।  ...

प्रधानन्यायाधीश सिफारिस विवाद : रिट नै दर्ता गर्न मानेन सर्वोच्च

काठमाडौं । प्रधानन्यायाधीश सिफारिस प्रक्रियामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालत पुगेका रिट निवेदन नै दर्ता हुन नपाएपछि न्यायालयभित्र नयाँ विवाद सुरु भए...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending