Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८२ बिहीबार | 15th May, 2025 Thu
Investment bank

कांग्रेसले भदौ २ गतेभित्र क्रियाशील सदस्यता विवाद समाधान गर्ने, भ्रातृ संस्थाको अवधि छ महिना थप

पार्टीको निर्वाचन निर्देशिका पारित

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ । आज सम्पन्न बैठकले उक्त प्रतिवेदनमा निर्णय गर्न बाँकी रहेका कार्य पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा। मिनेन्द्र रिजाल र केन्द्रीय सदस्य लेखकले भदौ २ गते भित्र सहमतिमा टुङ्गो लगाई भदौ ३ गते केन्द्रीय सभापतिलाई बुझाउने निर्णय गरेको हो ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा यही साउन २८ गतेदेखि प्रारम्भ भइ आज सम्पन्न बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गर्नुभएको १४ औँ महाधिवेशनको नयाँ कार्यतालिकासम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।  

महाधिवेशनको संशोधित कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गते, केन्द्रीय महाधिवेशन मङ्सिर ९ देखि १३ गतेसम्म काठमाडौँमा हुनेछ ।

पार्टीको निर्वाचन निर्देशिका पारित
बैठकले पार्टीका उपसभापति एवं अन्य राजनीतिक दल समायोजन समितिका संयोजक विमलेन्द्र निधिले प्रस्तुत गर्नुभएको प्रतिवेदन पनि पारित गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसैगरी बैठकबाट प्राप्त सुझावलाई समेत ध्यानमा राखी निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा सहमहामन्त्री डा प्रकाशशरण महत र केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले भदौ १ गते सहमतिमा टुङ्गो लगाई भदौ २ गतेभित्र सभापतिलाई बुझाउने गरी पार्टीको निर्वाचन निर्देशिका पारित गरिएको छ ।

पार्टीको १४ औँ महाधिवेशनका लागि गाउँ/नगर/उपमहानगर र महानगरपालिकाको कार्यसमितिको सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधिबाट हुन पाउने, सभापति बाहेकको कार्यसमितिका पदाधिकारी र सदस्यको उम्मेदवार क्रियाशील सदस्य पनि हुन सक्ने र गाउँ/नगर/उपमहानगर/महानगरपालिका कार्यसमितिमा मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था गरिएको छ ।

त्यसैगरी अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्वका सन्दर्भमा विधान र नियमावलीमा गरिएको पालिकाका क्रियाशील सदस्यहरुले निर्वाचित गर्ने भनी उल्लेखित गरिएका पदहरुको निर्वाचन वडा सभापति र क्षेत्रीय प्रतिनिधिले गर्ने निर्णय भएको जानकारी सचिव पौडेलले दिए। कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समितिको गठन र प्रतिनिधित्वसम्बन्धी कांग्रेसको विधानमा संशोधन गरेको छ । विधानमा गरिएका संशोधन पार्टीको आगामी महाधिवेशनबाट अनुमोदन गरिने छ ।

पदावधि समाप्त भएका भ्रातृ संस्थाको अवधि छ महिना थप
बैठकले म्याद समाप्त भएका पार्टी आवद्ध भ्रातृ सङ्घहरु नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घ, नेपाल आदिवासी जनजाती सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल तामाङ्ग सङ्घ र नेपाल ठाकुर समाजको पदावधी समाप्त भएको मितिले छ महिना थप गर्ने निर्णय गरेको छ । बैठकमा आज केन्द्रीय सदस्यहरु डा। नारायण खड्का, मानबहादुर विश्वकर्मा, एन।पी। साउद, भीष्मराज आङ्दम्वे, सुरेन्द्रराज पाण्डे, बीरबहादुर बलायर, अमृत अर्याल, विष्णुविक्रम थापा, डा टि.एन. योगी र आमन्त्रित केन्द्रीय सदस्यहरु कुमार खड्का र दिलिप राईले धारणा व्यक्त गरेका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण र कार्यान्वयनको सुनिश्चितता गरिनेछ: उपप्रधानमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमै आगामी आवको बजेट निर्माण गरिने बताएक...

महालेखाको ६२ औँ प्रतिवेदन सार्वजनिक: कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख

काठमाडौँ । महालेखा परीक्षक कार्यालयले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको छ ।  महालेखा परीक्षक तोयम रायाले बुधबार शि...

साफ यु–१९ फुटबल : भारतसँग नेपालको फराकिलो हार

काठमाडौँ। साफ यु–१९ च्याम्पियनसिपअन्तर्गत समूहको अन्तिम खेलमा नेपालले घरेलु टोली भारतसँग फराकिलो हार खेपेको छ ।  भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

इस्लामावाद। पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेका छन् । दुबै पक्षले आ–आफ्ना अधिकारीमाथि जासुसी ग...

सबैभन्दा धेरै बेरुजु अर्थ र भौतिक मन्त्रालयमा

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएको छ । महालेखा परीक्षकको ६२औं ...

लगातार तेस्रो दिन पनि घट्यो नेप्से

काठमाडौं । सातोको चौथो दिन अर्थात बुधबार नेप्से परिसूचक बुधबार पनि घटेको छ ।  नेप्से परिसूचक आज १३.९६ अंक घटेर २६२०.२७ विन्दुमा झरेको छ। सेन्सेटिभ ...

जलवायु परिवर्तन कुनै एक देशको मात्र समस्या हैन: परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले नेपालले आयोजना गरेको सगरमाथा संवाद जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यमा केन्द्रित हुने र यस...

आइसिसी विश्वकप लिग–२: नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न स्कटल्याण्ड जाने नेपाली क्रिकेट टोलीलाई बुधब...

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छ: अध्यक्ष राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले सङ्घीय सरकारले विकास निर्माणका काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न माग गर्नुभ...

दक्षिण कोरियामा रोजगारी वृद्धि

सियोल। दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि भएको छ । मुख्यतया वृद्धवृद्धाहरूका लागि रोजगारीमा वृद्धिका कारण रोजगारीमा वृद्धि भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending