काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीलाई आग्रह गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) को ३४ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले उत्पादनमुखी काम गर्न आग्रह गरेका हुन् । बचत तथा ऋण सहकारीहरुले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको आफूले सुनेको भन्दै मन्त्री शर्माले सोधे, “तपाईहरुको लगानी केमा केन्द्रित छ ? घर जग्गा वा गाडी खरिदमा हो भने त्यसको कुनै अर्थ छैन ।”
उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने योजना आफूले बनाएको भन्दै मन्त्री शर्माले त्यसमा सहयोग गर्न सहकारीहरुलाई आग्रह गरे । “तपाईहरुका कुनै समस्या छन र मैले निर्णय गरेर हुन्छ भने त्यसको लागि म तयार छु”, मन्त्री शर्माले भने, “तपाईहरुले पनि उत्पादनको क्षेत्रमा लगानी बढाउनुस् । कम्तीमा लगानीको ६० प्रतिशत हिस्सा उत्पादनमा लगाउनुस् । गरिबी निवारणमा सहयोग गर्नुस् ।”
सहकारीले गरिब जनताले लिएको ऋणमा १८ प्रतिशतसम्म ब्याज लिने गरेको सुन्नमा आएको भन्दै उनले त्यसलाई घटाउनुपर्ने बताए । कतिपय सहकारीले जनताको पैसा ठगेर उठिबास लगाएका घटना देखिएको भन्दै मन्त्री शर्माले त्यसतर्फ नेफ्स्कुनले ध्यान दिन आग्रह गरे ।
उनले सहकारीका संस्थापकले नै जनताको सम्पत्ति हिनामिना गर्ने क्रमलाई रोक्न नेफ्स्कुनले भूमिका खेल्ने विश्वास व्यक्त गरे । अहिलेसम्म स्थिरीकरण कोष खडा नभएको प्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले एक महिनाभित्र खडा गरेर आफूलाई जानकारी गराउन आग्रह गरे ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घमा चार हजार प्रारम्भिक संस्था तथा प्रदेश र जिल्ला बचत सङ्घमार्फत ७ हजार भन्दा बढी बचत तथा ऋण सहकारी संस्था आवद्ध रहेका छन् । देशका ७६ जिल्लामा पहुँच रहेको सहकारीमा ३४ लाख व्यक्तिगत सदस्य आवद्ध रहेको नेफ्स्कुनले जनाएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८३ - ०९:००
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज सााम्पाङले सरकारप्रति कडा आलोचना गर्दै जिबिराईलाई खोजेर ल्याउन नसक्नु सरकारको असफलताको संकेत भएको टि...
बैशाख २६ गते, २०८३ - ०८:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार बजारमा तरकारी, फलफूल तथा अन्य ...
बैशाख २६ गते, २०८३ - ०८:५१
काठमाडौं । भारतको गोवामा हुने आठौं संस्करणको साफ महिला च्याम्पियनसिपका लागि नेपाली महिला फुटबल टोली हाल काठमाडौंमा निरन्तर प्रशिक्षणमा व्यस्त छ। लामो ...
बैशाख २६ गते, २०८३ - ०८:४८
भक्तपुर । बल्खु, शङ्खमुललगायत क्षेत्रका सुकुम्वासी बस्ती हटाइएपछि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी होल्डिङ सेन्...
बैशाख २६ गते, २०८३ - ०८:४५
तेह्रथुम । बिहानैदेखि म्याङलुङ बजार र आसपासका गाउँमा तानको ताल गुञ्जिन थाल्छ। रङ्गीचङ्गी धागोमा बुट्टा भर्दै महिलाहरू व्यस्त छन्। यही परम्परागत सीप अह...
बैशाख २६ गते, २०८३ - ०८:४४
बागलुङ । बागलुङका केही पालिकाहरूले अझै आफ्नै प्रशासनिक भवन बनाउन नसक्दा भाडाकै घरबाट सेवा दिनुपर्ने बाध्यता कायम छ। स्थानीय तह गठन भएको नौ वर्ष बितिसक...
बैशाख २६ गते, २०८३ - ०८:१५
झापा । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा केन्द्रमा गरिएको परीक्षणका क्रममा पछिल्ला पाँच आर्थिक वर्षमा २९ जना रक्तदाताको ...
बैशाख २६ गते, २०८३ - ०८:०७
लमजुङ । लमजुङका किसानहरूले यस वर्ष व्यावसायिक आलु खेतीबाट उल्लेखनीय आम्दानी गरेका छन् । गण्डकी प्रदेश सरकारको सहयोगमा गरिएको खेतीबाट जिल्लामा करिब दुई...
बैशाख २६ गते, २०८३ - ०८:०५
काठमाडौं । “पसलमा काम गरेर जम्मा गरेको पैसा थियो, अहिले पैसा पनि गयो, काम पनि छुट्यो ।” खुसी बचत तथा ऋण सहकारीका पीडित सुशील थापाको यो पीडा हजारौँ सहक...
बैशाख २६ गते, २०८३ - ०८:००
काठमाडौं । बेलायतको स्थानीय निर्वाचनमा नेपालीमूलका उम्मेदवारहरूले उल्लेखनीय सफलता हासिल गरेका छन् । विशेषगरी लन्डनको रोयल ग्रीनबीच बरोमा पूर्वमेयर जित...


प्रतिकृया लेख्नुहोस्: