Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सरकारको कदम स्वागतयोग्य छ, अब नयाँ दल दर्ता गर्छौँ : चौधरी

मेटमणी चौधरी

अहिले हामी लोकतान्त्रिक राज्य व्यवस्थामा छौँ । यो व्यवस्थामा जनताले पार्टी खोल्न, विभाजन गर्न, एकता गर्न सक्छन् । सबैलाई मन परेका दल तथा नेतालाई भोट हाल्न पाउने अधिकार छ । यस हिसाबले एउटै दलमा बस्न नसक्ने, विचार, सिद्धान्त नमिलेपछि हामीसँग पार्टी विभाजन गर्नुको विकल्प छैन । नयाँ दल गठनका लागि सरकारले ल्याएको अध्यादेशले ढोका खुलेको छ । यो अहिलेको सरकारले ल्याएको होइन ओलीकै पालामा ल्याएको अध्यादेश हो । ओली पहिल्यै अलग हुन चाहेका थिए । हामीसँग बस्न चाहेका थिएनन् । त्यसैले सरकारको अध्यादेश लोकतान्त्रिक प्रणाली अनुसारनै आएको छ  । यो स्वागतयोग्य छ ।

ओली गुटले हामीमाथि जुन किसिमको कारबाही गरेको छ त्यसको कुनै औचित्य छैन । ओली गुटको बैठक बसेर कथित केन्द्रीय कमिटीको लिस्ट निर्वाचन आयोगमा पठाएको छ त्यो कुनै हालतमा मान्य छैन । निर्वाचन आयोगले नवौं महाधिवेशनबाट चुनिएका केन्द्रीय कमिटी मात्र चिन्दछ । ओलीको निर्णय हतास मानसिकताको उपज मात्र हो ।

नेतृत्व असक्षम भएपछि ठुलो पार्टी भएर स्थिरता हुँदो रहेनछ भन्ने कुरा नेकपाबाटै पुष्टि भयो नि । ठुला पार्टी भए देश चल्ने अनि साना साना पार्टी भए देश र लोकतन्त्रमाथि प्रहार हुने कुरा गलत हो । पार्टी ठुलो सानो होइन मुख्य कुरा भनेको मनोविज्ञान र दृष्टिकोण हो ।

समान हैसियत, साझा विचारमा समन्वयात्मक तरिकाले पार्टी चल्यो भने साना पार्टी पनि ठुला हुन्छन् । शक्ति र सत्ताको आडमा व्यक्तिवादी चरित्र हामी भए ठुला पार्टी पनि विलय भएर जान्छन् । यो इतिहासको नियम हो । अध्यादेश जसपाका लागि आयो वा ओलीका लागि आयो त्यो मतलब छैन । जेसुकैका लागि आए पनि अब एमाले एक हुन सक्दैन ।  एकताको ढोका ओलीले नै बन्द गरी सकेका छन् । केही समयमा पार्टी विभाजन हुन्छ । यसका लागि सबै तयारी पुरा भएको छ । हामी निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्न जाँदै छौं ।

यहाँ घाटा नाफाको कुरा होइन । दृष्टिकोण, मनोविज्ञान, योजना र क्षमता हो । असक्षम व्यक्तिले एकलाई चार बनाउँछन् भने क्षमतावान व्यक्तिले चारलाई एक बनाउँछन् । हाम्रो कदमले मुलुक र लोकतन्त्रलाई बलियो बनाउँने योजनलाई नै सर्पोट गर्छ ।


(चौधरी नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य हुन् )

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies