दल विभाजन सम्बन्धि सरकारले ल्याएको अध्यादेश अत्यन्तै गम्भीर र संवेदनशील छ । यसले लोकतन्त्र र संसदीय व्यवस्थालाई नै कुरुप बनाउँछ । दलहरू कमजोर र मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउँछ । यो वर्तमान सरकारको मात्र दोष होइन । हरेक कुरा नेपालमा भएको छ नहुने कुरा भएको छ । हिजो केपी ओलीले ल्याउँदा कांग्रेसले उक्त कदमको प्रतिवाद गर्याे। अहिले फेरी उक्त अध्यादेश कांग्रेस नेतृत्वको सरकारले ल्याउनु राम्रो होइन । यसले स्थायित्व प्रत्याभूति गर्दैन ।
अहिलेको राजनीतिक अराजकताको सम्पूर्ण जिम्मेवारी केपी ओलीले लिनुपर्छ । जनताले झण्डै दुई तिहाइ मत दिएर सरकार सञ्चालन गर्न केपी ओलीलाई पठाएको हो । उनले जनताको काम सिन्को नभाँच्ने अनि सत्ता र शक्तिलाई टिकाइ राख्न जस्तो कदम पनि उठाउने प्रवृत्तिले देशमा पुन: अस्थिरता निम्त्याइएको छ । लामो संघर्ष पछि स्थायित्वतर्फ गएको मुलुकलाई अस्थिरतामा धकेल्ने काम ओलीले गरेका छन् ।
नेपालमा अत्यन्तै खतरनाक राजनीतिक अस्थिरताको शुरुवात भएको छ । हिजो ओलीले ल्याउँदा लोकतन्त्र र अस्थिरता भयो भन्ने आज ओलीकै बाटोमा जानु कांग्रेसका लागि आत्मघाती कदम हो । नेपाली कांग्रेस हरेक खालको अतिवादीविरुद्ध लडेर आएको पार्टी हो । लोकतन्त्रमा हरेक गतिविधि संविधान, कानून, विधि र विधान अनुसार हुनुपर्छ । प्रधानमन्त्री देउवाले यस विषयमा पार्टीभित्र कुनै छलफल गर्नुभएको छैन । जुनसुकै प्रयोजनका लागि यो अध्यादेश ल्याएको भएपनि अन्तत: यसले लोकतन्त्रलाई नै कमजोर बनाउँछ ।
जनताले पाँच वर्ष कम्युनिष्टहरूलाई नै सत्ता सञ्चालन गर्न दिएको हो । कम्युनिष्टहरूले जनादेशको आदेशलाई अबमुल्यन गरी व्यक्तिगत स्वार्थ, गुटगत खिचातानी र राज्य शक्तिको दम्भले आजको परिस्थिति निर्माण भएको हो । कांग्रेसले कम्युनष्टिसँगको सहकार्यमा रमाउने होइन । जतिसक्दो चाँडो निर्वाचनमा जानुपर्छ । कम्युनिष्टले बदनाम गराएको बाटोमा कांग्रेसले निरन्तरता दिनु आफ्नै खुट्टामा बञ्चरो प्रहार गर्नु जस्तै हो । कांग्रेस लोकतन्त्र, संविधान र विधिको शासनमा विश्वास गर्ने पार्टी भएकोले सरकार सञ्चालनमा आवश्यक पर्ने अध्यादेश बाहेकका गतिविधि बन्द गर्नुपर्छ ।
(भण्डारी नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन्)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ४ गते, २०८० - १५:२२
बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...
मंसिर १५ गते, २०८० - १६:२५
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ । उच्च अदालत पाटनका...
मंसिर १४ गते, २०८० - १०:१५
बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...
मंसिर १४ गते, २०८० - १०:०५
काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...
मंसिर ११ गते, २०८० - ११:५८
काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...
मंसिर ७ गते, २०८० - १४:१६
काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि प्रहरीले प...
मंसिर २ गते, २०८० - १३:३५
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...
मंसिर २ गते, २०८० - १२:१२
काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...
मंसिर २ गते, २०८० - ११:२५
काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् । शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...
मंसिर १ गते, २०८० - १५:३१
काठमाडौं । मानिसहरुबिच सोसल साईड एक्समा दिल्ली पुलिसको एउटा आग्रह देखेर चर्चापरिचर्चा चलिरहेको छ । बुधबार भारतमा जारी एकदिवसीय क्रिकेट अन्तर्गत भा...
प्रतिकृया लेख्नुहोस्: