काठमाडौँ । विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रम’ का लागि छ करोड अमेरिकी डलर अर्थात् करिब रु सात अर्ब १२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ ।
अर्थमन्त्रालयमा आज आयोजित समारोहमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलङ्काका लागि देशीय निर्देशक फारिस हदाद–जार्भोसले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
उक्त सहायता नेपालको उच्च शिक्षामा सुधार गर्न, सिकाइमा सूचना प्रविधिको प्रयोग बढाउन र पिछडिएका तथा जोखिममा रहेका विद्यार्थीलाई शैक्षिक संस्थासम्मको पहुँच बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
हस्ताक्षर कार्यक्रममा अर्थसचिव मरासिनीले युवालाई आफ्नो पूर्ण क्षमता हासिल गर्न सघाउनका लागि मानव पूँजीमा लगानी गर्नु नेपालको प्राथमिकता रहेको उल्लेख गर्दै यसबाट कोभिड–१९ महामारीका कारण शिक्षा प्राप्त गर्नबाट वञ्चित भएका विद्यार्थी लाभान्वित हुने बताए ।
“युवाको क्षमता अभिवृद्धि तथा विकासमा लगानी गर्ने सरकारको विशेष प्राथमिकता हो”, सचिव मरासिनीले भने, “यो कार्यक्रमले मुलुकभर कोरोनाका कारण उच्च शिक्षा प्राप्त गर्नबाट वञ्चित भएकालाई पुनः शिक्षासँग जोडिनलाई मद्दत गर्नेछ ।”
विश्व बैंकका देशीय निर्देशक फारिसले गुणस्तरीय उच्च शिक्षालाई पहुँचयोग्य, समावेशी तथा श्रम बजारको आवश्यकतासँग सान्दर्भिक गराउन आवश्यक रहेको भन्दै कार्यक्रमले नेपालको पुनरुत्थानशीलतालाई सुदृढ बनाउन महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे । उनले कारोनाका कारण शिक्षा प्राप्त गर्नबाट वञ्चित भएकालाई पुनः जोड्नुपर्ने उल्लेख गरे ।
यसैगरी कार्यक्रमले बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादनका लागि नेपालका विभिन्न विश्वविद्यालयबाट छात्रवृत्ति प्रदान गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ । यस्तो छात्रवृत्ति विशेषगरी पिछडिएका र विभिन्न कारणले उच्च शिक्षा प्राप्त गर्नबाट वञ्चित हुने विद्यार्थीलाई प्रदान गरिने बताइएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - २२:३६
को हुन् महेश बस्नेतसँग चुनावी मैदानमा उत्रिएका रामप्रसाद सापकोटा ‘दिपशिखा’ ?
माघ ७ गते, २०८२ - २१:४९
शरत्सिंह भण्डारी र पृथ्वी सुब्बा गुरुङको नथाक्ने उम्मेदवारी यात्रा
माघ ७ गते, २०८२ - २१:०३
झापा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–५ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार...
माघ ७ गते, २०८२ - २०:५६
टिकट नपाएपछि गुरुङको विद्रोह
माघ ७ गते, २०८२ - २०:३७
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीअन्तर्गत देशभरका ...
माघ ७ गते, २०८२ - १४:१६
झापा । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो । एमाले अध्यक्ष ओली...
माघ ७ गते, २०८२ - १४:१४
काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १३ अन्तर्गत कालिमाटी–टंकेश्वर क्षेत्रबाट प्रहरीले करिब १३ लाख रूपैयाँ नगद र लागूऔषधसहित एक जनालाई पक्राउ गर...
माघ ७ गते, २०८२ - १४:०९
झापा । झापा निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी मैदानमा उत्रिएका छन् । पूर्वसभा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनो...
माघ ७ गते, २०८२ - १४:०४
काठमाडौँ । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य न...




प्रतिकृया लेख्नुहोस्: