बैतडी । डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको हत्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी हुन् ।
अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले शिशुको घाँटी निमोठेर हत्या गरेको बताइएको छ ।
माधवीले नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएको जनाइएको छ । माधवीलाई प्रहरीले पक्राउ गरिसकेको छ । माधवी प्रहरीको नियन्त्रणमा रहेकी र अदालतबाट म्याद थपेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । उनका श्रीमान् १० वर्षदेखि वैदेशिक रोजगारमा गएका र उतै बेपत्ता रहेको प्रहरीले जनाएको छ । माधवीका १३ वर्षीय एक छोरा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २६ गते, २०८२ - १७:०२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँग पुस १४ मा भएको सहमति अनुमोदन नगर्ने निर्णय गरेको छ। रास्वपा...
पौष २६ गते, २०८२ - १६:३९
काठमाडौँ । कुलमान घिसिङ उज्यालो नेपाल पार्टी (उनेपा) को अध्यक्ष नियुक्त भएका छन्। शनिबार बसेको उनेपाको आकस्मिक केन्द्रीय कमिटी बैठकले घिसिङलाई अध्य...
पौष २६ गते, २०८२ - १६:२५
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबार रुकुम पश्चिममा एकता सन्देश सभा आयोजना गरेको छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलग...
पौष २६ गते, २०८२ - १६:१३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उज्यालो नेपाल पार्टीसँग भाँडिएको एकता प्रक्रियाबारे पार्टीको आकस्मिक सचिवालय ...
पौष २६ गते, २०८२ - १५:५६
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आयोजक समितिले सभापति शेरबहादुर देउवालाई सहभागिताको निम्तो बुझाएको छ। दोस्रो विशेष महाधिवेशन आयो...
पौष २६ गते, २०८२ - १५:५०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सहकार्यमा सहमति नमिलेपछि उज्यालो नेपाल पार्टीले आकस्मिक केन्द्रीय कमिटी बैठक बसाएको छ। बैठकले कुल...
पौष २६ गते, २०८२ - १५:४३
काठमाडौं। उज्यालो नेपाल नेपाल पार्टीको आकस्मिक केन्द्रीय समितिको बैठक शनिबार अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको छ। बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (र...
पौष २६ गते, २०८२ - १५:११
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको लोकतन्त्र सङ्कटमामा रहेकाले संविधान पक्षधर र लोकतान्त्रिक शक्तिहरूब...
पौष २६ गते, २०८२ - १४:५८
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीले नियमित महाधिवेशनको निर्णय गरिसकेकोले विशेष महाधिवेशनको सन्दर्भ यहीँ रोक्नुपर्ने बता...
पौष २६ गते, २०८२ - १४:३०
जनकपुरधाम । धनुषामा जग्गा अतिक्रमणको विषयलाई लिएर भएको झडपमा ८ जना घाइते भएका छन्। मिथिला नगरपालिका–२ स्थित सुकजोरमा सन्त रामपाल आश्रम अगाडि झडप भए...




प्रतिकृया लेख्नुहोस्: