काठमाडौँ । स्वास्थ्यसेवा विभागले खोप भण्डारण क्षमता बढाउने भएको छ ।
मोडर्ना र फाइजर खोपका लागि बढी चिस्यान चाहिने भएकाले भण्डारण क्षमता बढाउन लागेको विभागको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।
शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले सामान्य तापक्रममा खोप राख्नका लागि १९ वटा वाकिङ कुलर तथा बढी चिस्यानमा राख्नका लागि ‘अल्ट्रा कूल चेन’ र ‘सुपर कूल चेन’ को भण्डारण क्षमता बढाउन थालिएको बताए ।
नियमित रुपमा खोप आइरहेकाले त्यसलाई राख्नका लागि भण्डारण क्षमता बढाउन थालेको विभागले जनाएको छ । नेपालमा लक्षित सबै वर्गलाई लगाउनका लागि कूल पाँच करोड २२ लाख मात्रा खोप ल्याउने तयारी रहेको छ । तीमध्ये अहिलेसम्म एक करोड २० लाख मात्रा खोप नेपाल आइसकेको छ ।
“मोडर्ना र फाइजर खोप बढी चिस्यानमा राख्नुपर्ने हुन्छ” उनले भने, “त्यसैले ती खोपलाई आवश्यक तापक्रम अनुसारको भण्डारण क्षमता बनाइने छ ।” ती खोपका लागि आगामी अक्टोबर महिनासम्म भण्डारण क्षमता विस्तार गरिसक्ने उनको भनाइ छ ।
मोडर्नालाई १५ देखि २५ डिग्री सेल्सियस र फाइजरलाई ७० देखि ८० डिग्री सेल्सियस तापक्रम आवश्यक पर्दछ । मोडर्नाका लागि सुपर कूल चेन र फाइजरका लागि अल्ट्रा कूल चेनका भण्डार आवश्यक पर्दछन् । कोभिड–१९ खोप विज्ञ सल्लाहकार समूहका संयोजक डा श्यामराज उप्रेतीले सामान्य तापक्रमका लागि भण्डारण गर्ने क्षमता नेपालमा भएपनि अत्यधिक चिसोमा राखिने खोपका लागि भण्डारण क्षमता नभएकाले बनाउन थालिएको बताए । फाइजर खोप ७० देखि ८० डिग्रिसेल्सियस तापक्रममा ६ महिनासम्म राख्न सकिन्छ । त्यसपछि दुई हप्तासम्म १५ देखि २५ डिग्री सेल्सियसमा राखेर एक महिनासम्म दुई देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्ने सकिने उनको भनाइ छ ।
उनले मोडर्ना र फाइजर खोप बाहिरबाट ल्याएर काठमाडौँमा मात्र भण्डार गर्न सकिने बताए । “ती दुई खोप यहाँ मात्र भण्डार गर्ने र यहाँ राखिसकेपछि मात्र प्रदेशमा पठाउने व्यवस्था गर्नुपर्दछ” उनले भने, “ ती दुई खोप राख्नका लागि त्यही अनुसारको तापक्रमको भण्डारण बनाउने तयारी भइरहेको छ ।”
मोडर्ना र फाइजर दुवै खोप अमेरिकाबाट ल्याइने भएको छ । फाइजर खोप १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने भएको छ । मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा खोप पुस महिनाभित्रमा ल्याइने सरकारको तयारी छ ।
अहिले आएका भेरोसेल र कोभिशिल्ड खोपका लागि दुई देखि ८ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्दछ । उनले अहिलेसम्म भेरोसेल र कोभिशिल्ड खोप मात्र भण्डारण गर्नुपर्ने र त्यसलाई एकै तापक्रममा राखिन सक्ने भएकाले समस्या नभएको उनले बताए ।
कोभिशिल्डभन्दा भेरोसेल खोपले भण्डारणका लागि धेरै ठाउँ ओगटने गरेको आपूर्ति शाखाका प्रमुख ढुङ्गानाले बताए । उहाँका अनुसार एक करोड लाख मात्रा कोभिशिल्ड खोप राख्ने क्षमतामा दश लाख मात्र भेरोसेल खोप राख्न सकिन्छ । भेरोसेल खोपको प्याकेजिङ ठूलो भएकाले धेरै ठाउँ ओगट्ने गरेको पाइएको छ ।
अहिले खोपलाई विभागकै भण्डारणमा राखेर प्रदेशमा पठाइने गरिएको छ । सरकारले असोजमसान्तसम्म एक करोड दुई लाख मात्रा र आगामी चैतसम्म तीन करोड २३ लाख मात्रा खोप अनुदान र खरिद गरेर ल्याउने तयारीमो छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ४ गते, २०८३ - २२:०२
काठमाडौं । इरानले शुक्रबार युद्धविराम अवधिमा व्यवसायिक जहाजहरूका लागि हर्मुज जलमार्ग खुला गर्ने घोषणा गरेको छ । इजरायल र लेबनानबिच शुक्रबार १० दिनका ल...
बैशाख ४ गते, २०८३ - २१:५३
बागमती । मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। धरान–चतरा सडकखण्डअन्तर्गत ...
बैशाख ४ गते, २०८३ - २१:४५
नयाँ सरकारलाई पनि पुरानै चुनौती
बैशाख ४ गते, २०८३ - २०:४४
काठमाडौँ । सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नेपाल सरकार र कानुन मन्त्रालयलाई सम्बोधन गर्द...
बैशाख ४ गते, २०८३ - २०:३६
रुपन्देही ।नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमा सार्वजनिक गरिएका भिडियो सामग्रीका विषयमा रुपन्देहीका एक चिकित्सकसँग स्पष्टीकरण मागेको छ। काउन्सिलल...
बैशाख ४ गते, २०८३ - २०:३०
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा शुक्रबार सर्वोच्च अदालतमा दुवै पक्षको बहस सकिएको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज ...
बैशाख ४ गते, २०८३ - २०:२२
दाङ । दाङको राप्ती गाउँपालिका वडा नं १ भालुवाङबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । बिहीबार दिउँसो करिव २ बजेको समयमा भालुवाङस्थित हेलो होटल...
बैशाख ४ गते, २०८३ - २०:२१
हेटौँडा । सामाजिक सञ्जाल टिकटकमा सक्रिय एक समूहले नक्कली सुनका गहना र काठमाडौँस्थित सुन पसलको नक्कली बिल प्रयोग गरी विभिन्न जिल्लाका सुन पसलहरूमा ठगी ...
बैशाख ४ गते, २०८३ - २०:१८
काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् । शुक्रबार बसेको सञ्चालक समिति बैठकमा उनले राजीनामाबारे जानकारी गराए...
बैशाख ४ गते, २०८३ - २०:०८
आन्तरिक टसलले शक्ति सन्तुलनको परीक्षा


प्रतिकृया लेख्नुहोस्: