Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, पाँच जना घाइते

खबरडबली संवाददाता

बागमती । मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। धरान–चतरा सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१८ भक्तिचोकस्थित सडकमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

हेटौँडाबाट फुर्केचौरतर्फ आउँदै गरेको ना३९प ३७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बाप्र०३–००५प ७२१९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा हाल नाम थर वतन खुल्न नसकेको ३६ वर्षीय पुरुषको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए। गम्भीर घाइते उक्त पुरुषको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले बताए।

सोही दुर्घटनामा परी मकवानपुरको बागमती गाउँपालिका–६ निवासी ४० वर्षीय अन्तबहादुर बिसी, हेटौँडा उपमहानगरपालिका–१८ निवासी ३५ वर्षीय राजु थिङ र प्र०३–००५प ७२१९ नम्बरको मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका १८ निवासी ३८ वर्षीय सूर्यमणि खतिवडा र १२ वर्षीय प्रशान्त वाइबा घाइते भएका प्रहरी नायब उपरीक्षक बोगटीले बताए। घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ।

यसैगरी मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–७ पाथीभरास्थित सडकमा अटो रिक्सालाई पछाडिबाट कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। सडक छेउमा रोकिएको ना२ह ४५९२ अटोलाई हेटौँडाबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्र३–०१–०२३च ३०८१ नम्बरको कारले ठक्कर दिँदा अटोमा सवार बागमती गाउँपालिका–७ निवासी ४० वर्षीय चिनीमाया रुम्बाको मृत्युु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए।

दुर्घटनामा गम्भीर घाइते रुम्बालाई उपचारको लागि हेटौँडा अस्पताल ल्याएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए। सोही दुर्घटनामा परी अटो चालक मकवानपुरको बागमती गाउँपालिका–८ निवासी २५ पर्षीय यमन राई र बागमती गाउँपालिका–७ शान्तिपुर निवासी ११ वर्षीय सुबिन पुलामीमगर घाइते भएको र दुवै जनाको हेटौँडास्थित सिसीएम चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले खुला गर्‍यो हर्मुज जलमार्ग

काठमाडौं । इरानले शुक्रबार युद्धविराम अवधिमा व्यवसायिक जहाजहरूका लागि हर्मुज जलमार्ग खुला गर्ने घोषणा गरेको छ । इजरायल र लेबनानबिच शुक्रबार १० दिनका ल...

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, पाँच जना घाइते

बागमती । मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। धरान–चतरा सडकखण्डअन्तर्गत ...

शान्ति सम्झौतादेखि आजसम्म : किन टुंगिँदैन सङ्क्रमणकालीन न्याय ?

नयाँ सरकारलाई पनि पुरानै चुनौती

हर्क साम्पाङको सरकारलाई खुलापत्र : ‘कानुनी शल्यक्रिया नगरेसम्म विकास सम्भव छैन’

काठमाडौँ । सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नेपाल सरकार र कानुन मन्त्रालयलाई सम्बोधन गर्द...

सामाजिक सञ्जाल सामग्रीबारे चिकित्सकसँग मेडिकल काउन्सिलको स्पष्टीकरण माग

रुपन्देही ।नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमा सार्वजनिक गरिएका भिडियो सामग्रीका विषयमा रुपन्देहीका एक चिकित्सकसँग स्पष्टीकरण मागेको छ। काउन्सिलल...

कांग्रेस आधिकारिकता विवाद : सर्वोच्चमा बहस सकियो, निर्णय प्रतीक्षामा

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा शुक्रबार सर्वोच्च अदालतमा दुवै पक्षको बहस सकिएको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज ...

भालुवाङबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ

दाङ । दाङको राप्ती गाउँपालिका वडा नं १ भालुवाङबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । बिहीबार दिउँसो करिव २ बजेको समयमा भालुवाङस्थित हेलो होटल...

टिकटक समूहद्वारा सुन पसलहरूमा ठगी : नक्कली सुन र बिल प्रयोग

हेटौँडा । सामाजिक सञ्जाल टिकटकमा सक्रिय एक समूहले नक्कली सुनका गहना र काठमाडौँस्थित सुन पसलको नक्कली बिल प्रयोग गरी विभिन्न जिल्लाका सुन पसलहरूमा ठगी ...

धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठको राजीनामा, हिमालयन सेक्युरिटिजलाई स्पष्टीकरण माग

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् । शुक्रबार बसेको सञ्चालक समिति बैठकमा उनले राजीनामाबारे जानकारी गराए...

रास्वपाभित्रकाे बहसः भागबण्डा कि सामूहिक नेतृत्व?

आन्तरिक टसलले शक्ति सन्तुलनको परीक्षा

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending