Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

कांग्रेस आधिकारिकता विवाद : सर्वोच्चमा बहस सकियो, निर्णय प्रतीक्षामा

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा शुक्रबार सर्वोच्च अदालतमा दुवै पक्षको बहस सकिएको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निराैलाको संयुक्त इजलासमा सुनुवाइ भएको हो।

रिट निवेदक शेबहादुर देउवा पक्ष र विपक्षमा देखिएका गगनकुमार थापा पक्षका कानुन व्यवसायीहरूले आ–आफ्ना तर्क प्रस्तुत गरेका छन्।

थापा पक्षको तर्क : विशेष महाधिवेशन बाध्यात्मक

थापा पक्षका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले पार्टी विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले आह्वान गरेपछि विशेष महाधिवेशन बोलाउनै पर्ने दाबी गरे। एक वर्ष म्याद थप गर्ने अवस्था नरहेकाले विशेष महाधिवेशन बाध्यात्मक बनेको उनको जिकिर थियो।

वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले पनि विधानको दफा २३ अनुसार विशेष महाधिवेशन वैधानिक भएको तर्क गरे। उनले टिकट स्वीकार गरी निर्वाचनमा सहभागी भइसकेपछि आधिकारिकता अस्वीकार गर्न नमिल्ने बताए।

वरिष्ठ अधिवक्ता शैलेन्द्र उपाध्यायले पार्टीभित्रको विवाद अदालतको विषय नहुने तर्क राख्दै आन्तरिक कलह पार्टीभित्रै समाधान हुनुपर्ने धारणा व्यक्त गरे। वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले निर्वाचित कार्यसमितिको कार्यकाल चार वर्ष तोकिएको उल्लेख गर्दै सो अवधिमा महाधिवेशन गर्नुपर्ने बताए। उनले यो विषय राजनीतिक प्रश्न भएकाले अदालतले सीमित हस्तक्षेप गर्नुपर्ने तर्क गरे।

देउवा पक्षको दाबी : प्रक्रिया र वैधानिकतामै प्रश्न

देउवा पक्षका तर्फबाट जवाफी बहस गर्दै पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले विशेष महाधिवेशन नै प्रथम दृष्टिमै गैरकानुनी भएको दाबी गरे। उनले पार्टी विधानले नचिनेको व्यक्तिबाट अध्यक्षता गराइनु गैरकानुनी भएको जिकिर गरे।

निर्वाचन आयोगले आवश्यक जाँचबुझ नगरी निर्णय गरेको आरोप लगाउँदै उनले छोटो समयमै कागजात नहेरी मान्यता दिएको प्रश्न उठाए। केही प्रतिनिधिको हस्ताक्षर र सहीछापबारे पनि उनले शंका व्यक्त गर्दै त्यसको परीक्षण हुनुपर्ने माग गरे।

उनले विगतमा अदालतको आदेशपछि दल विभाजन भएको उदाहरण स्मरण गराउँदै अदालतले पार्टीलाई मिलाउने दृष्टिकोण अपनाउनुपर्ने धारणा राखे। यस क्रममा इजलासबाट राजनीतिक दल फुट्ने–जुट्ने प्रक्रिया स्वाभाविक नभएको हो र भन्ने प्रश्नसमेत उठाइएको थियो।

दुवै पक्षको बहस सकिएसँगै मुद्दा निर्णयका लागि राखिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले खुला गर्‍यो हर्मुज जलमार्ग

काठमाडौं । इरानले शुक्रबार युद्धविराम अवधिमा व्यवसायिक जहाजहरूका लागि हर्मुज जलमार्ग खुला गर्ने घोषणा गरेको छ । इजरायल र लेबनानबिच शुक्रबार १० दिनका ल...

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, पाँच जना घाइते

बागमती । मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। धरान–चतरा सडकखण्डअन्तर्गत ...

शान्ति सम्झौतादेखि आजसम्म : किन टुंगिँदैन सङ्क्रमणकालीन न्याय ?

नयाँ सरकारलाई पनि पुरानै चुनौती

हर्क साम्पाङको सरकारलाई खुलापत्र : ‘कानुनी शल्यक्रिया नगरेसम्म विकास सम्भव छैन’

काठमाडौँ । सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नेपाल सरकार र कानुन मन्त्रालयलाई सम्बोधन गर्द...

सामाजिक सञ्जाल सामग्रीबारे चिकित्सकसँग मेडिकल काउन्सिलको स्पष्टीकरण माग

रुपन्देही ।नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमा सार्वजनिक गरिएका भिडियो सामग्रीका विषयमा रुपन्देहीका एक चिकित्सकसँग स्पष्टीकरण मागेको छ। काउन्सिलल...

कांग्रेस आधिकारिकता विवाद : सर्वोच्चमा बहस सकियो, निर्णय प्रतीक्षामा

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा शुक्रबार सर्वोच्च अदालतमा दुवै पक्षको बहस सकिएको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज ...

भालुवाङबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ

दाङ । दाङको राप्ती गाउँपालिका वडा नं १ भालुवाङबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । बिहीबार दिउँसो करिव २ बजेको समयमा भालुवाङस्थित हेलो होटल...

टिकटक समूहद्वारा सुन पसलहरूमा ठगी : नक्कली सुन र बिल प्रयोग

हेटौँडा । सामाजिक सञ्जाल टिकटकमा सक्रिय एक समूहले नक्कली सुनका गहना र काठमाडौँस्थित सुन पसलको नक्कली बिल प्रयोग गरी विभिन्न जिल्लाका सुन पसलहरूमा ठगी ...

धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठको राजीनामा, हिमालयन सेक्युरिटिजलाई स्पष्टीकरण माग

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् । शुक्रबार बसेको सञ्चालक समिति बैठकमा उनले राजीनामाबारे जानकारी गराए...

रास्वपाभित्रकाे बहसः भागबण्डा कि सामूहिक नेतृत्व?

आन्तरिक टसलले शक्ति सन्तुलनको परीक्षा

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending