Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

निषेधाज्ञामा हिँडडुल गर्नेलाई सडकमै रोकेर एन्टिजिन जाँच

खबरडबली संवाददाता

बागलुङ । निषेधाज्ञामा हिँडडुल गर्नेलाई सडकमै रोकेर एन्टिजिन विधिबाट कोरोना जाँच गर्न थालिएको छ । सोमबारदेखि सदरमुकामका चोकचोकमा एन्टिजिन जाँच भइरहेको हो । बुधबार लोकतान्त्रिक चोकमा ९३ जनामा एन्टिजिनबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधबार उपल्लाचौरमा २५ र सोमबार नारायणचोकमा ५० जनाको एन्टिजिन जाँच गरिएको थियो । त्यसमध्ये नारायणचोकमा गरिएको परीक्षणमा एक जनालाई कोरोना पोजेटिभ देखिए पनि बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ । “एन्टिजिन परीक्षणलाई हरेक दिन निरन्तरता दिन्छौँ, बाटैमा जाँच गर्दा निषेधाज्ञामा बिनाकाम हिँडडुल गर्ने पनि निरुत्साहित हुन्छन्”, खनालले भने। 

यसअघि जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले एन्टिजिन परीक्षणको दायरा बढाउने निर्णय गरेको थियो । कोरोना परीक्षण गर्न नमान्ने, हिच्किचाउनेलाई पनि सम्झाइबुझाइ गरेर परीक्षण गर्ने गरिएको छ । एन्टिजिन विधिबाट परीक्षण गर्दा तुरुन्त रिपोर्ट आउँछ । लक्षण भएका व्यक्तिमा मात्र एन्टिजिनले पोजेटिभ नतिजा देखाउने गरेको जनस्वास्थ्य अधिकृत खनालले बताए । कोरोना सङ्क्रमितको छिटो पहिचान र समुदायमा महामारीको स्थिति पत्ता लगाउन एन्टिजिन विधि उपयुक्त मानिन्छ ।

जिल्लामा हालसम्म तीन हजार ४५५ को एन्टिजनबाट कोरोना जाँच गरिएको छ भने २२ हजार २८७ को पीसीआर विधिबाट परीक्षण गरिएको छ । कूल परीक्षणमध्ये सात हजार ४२१ मा कोरोना पुष्टि भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या भने ३७० मात्र छ । यहाँ कोरोना सङ्क्रमणका कारण ६५ जनाको ज्यान गएको छ । सङ्क्रमणको जोखिम घटाउन गत साउन २८ गतेदेखि यहाँ कडा निषेधाज्ञा छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको छ । आगामी १२ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम राखिएको थियो । तर,आजै एक स...

ओखलढुङ्गा कारागारमा कैदीबन्दीबिच झडप

ओखलढुङ्गा। ओखलढुङ्गा कारागारमा कैदीबन्दीबिच झडप भएको छ । बिहीबार बिहान ३ बजेको समयमा कैदीबन्दीबिच झडप भएको हो ।  कारगारको नाइके र सहनाइकेले आर्थिक ...

मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार

मनाङ । जिल्लाको प्रवेशद्वार आगन तालगाउँ खेलाडी र कलाकारले भरिभराउ भएको छ । आजदेखि यहाँ आयोजना हुने मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्पर्धा गर्न प्रतिष...

वयस्क मगर गोहीको उद्धार गरी तालमा छोडियो

कैलाली। जैविक विविधताले महत्त्वपूर्ण कैलालीको सिमसार क्षेत्रमा आज बिहान एउटा वयस्क मगर गोहीको उद्धार गरी घोडाघोडी तालमा छोडिएको छ ।  पूर्वी ओजुवा त...

कटहरियामा मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

रौतहट। रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्हर...

सुनको मुल्य एकैदिन १५ सयले बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेपछि आज प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको हो ।  य...

सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल

लमजुङ।  बर्खायाम प्रारम्भ भएसँगै सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल सुरु भएको छ । खुम्बुपछिको आकर्षक यो पदामार्गमा दैनिक एक सय ५० पर्यटक आउन थ...

कोदो मर्ने समस्याले कृषक चिन्तित

पर्वत। निरन्तर चार वर्षदेखि कोदो मर्न थालेपछि पर्वतका कृषक समस्यामा परेका छन् । निकै मेहनत र खर्च गरी लगाएको बाली फल्ने बेलामा मर्न थालेपछि कृषक चिन्त...

अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित दुई राजदूतहरूविरुद्ध उजुरी दिन आह्वान गरेको छ । राजदूतामा नियुक्तिका लागि सिफारिस भई संसदीय सुनुवाइ हु...

बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन

काठमाडौँ । बलिउड गायक तथा संगीतकार हिमेश रेशमियाका पिता विपिन रेशमियाको निधन भएको छ । ८७ बर्षिय विपिन पछिल्लो समय अस्वस्थ रहेको र उनको मुम्बईस्थित ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy