Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

निर्माण सम्पन्न भएको तीन वर्ष हुँदा समेत किन सञ्चालनमा आएन टेकु पुल ?

खबरडबली संवाददाता

काठमाडौं । निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि टेकु पुल अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण व्यवसायीले कम गुणस्तरको पुल निर्माण गरेपछि अहिले सो पुल अदालती प्रक्रियामा छ । पप्पु कन्सट्रक्स प्रा.लि.ले तोकिएको डिजाइनभन्दा फरक गरी निर्माण गरेको सडक विभागले बताउँदै आएको छ । पुलको माथिल्लो भाग (सुपर स्ट्रक्चर) मा समस्या देखिएपछि विभागले अहिले सो पुलमा सवारीसाधन र यात्रुलाई हिँड्न दिएको छैन । 

उक्त पुल भत्काउन पनि रकम माग गर्ने योजना बनाइएको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपाीले बताए । डिभिजन र निर्माण कम्पनीबीच विवाद भएपछि अहिले सो विषय कानूनी प्रक्रियामा छ । मुद्दा प्रक्रियामा रहेकाले अन्तिम सुनुवाइ पर्खिएको उनले बताए ।

 उनले भने, ‘व्यवसायी र डिभिजनको कुरा मात्रैभन्दा कानूनी झमेलामा फसेको विषय हो, निर्णय आउनासाथ अघि बढिनेछ ।’ अहिले हिँड्न र सवारीसाधन चल्न नदिइएको उक्त पुल कति भागसम्म भत्काउने वा कसरी बलियो बनाउने बनाउने भनी अहिले नै टुङ्गो लागिसकेको छैन । डिभिजन र निर्माण कम्पनीबीच जुन कुरामा विवाद भएको थियो त्यो टुङ्गो लागेपछि मात्रै विकल्पका बारेमा छलफल हुनसक्ने प्रमुख नेपालीले बताउनुभयो । सो मुद्दा अदालती प्रक्रियामा गएको एक वर्ष भइसकेको छ । उनले भने, ‘कोभिडका कारण नियमित सुनुवाइ नभएकाले टुङ्गो लागिसकेको छैन ।’

सो पुल निर्माणका लागि सरकारले २०६९/७० को ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले तीन वर्ष पहिले पुल सम्पन्न गरे पनि अहिले बन्द गरिएको छ । निर्माण सम्पन्न भएपछि केही समयसम्म पुल सञ्चालन गरिए पनि कम गुणस्तरको भएकाले बन्द गरिएको डिभिजनले जनाएको छ । अहिलेसम्म डिभिजनले सो पुलको जिम्मेवारी लिइसकेको छैन । ठेक्का तोडिएपछि सवारीसाधनलाई चल्न नदिने गरी बन्द गरिएको प्रमुख नेपालीले बताए ।

 जिम्मा लिएपछि पुलमा कुनै समस्या आउँदा त्यसको जिम्मेवारी आफ्नो हुने भए पनि अहिलेसम्म सो पुल निर्माण व्यसायीको जिम्मेवारीमा छ । तोकिएअनुसार (स्पेशिफिकेसन) अनुसार निर्माण नभएपछि पुल स्वीकार नगरिएको डिभिजनले जनाएको छ । पुल कति बलियो छछैन भन्दा पनि कसरी गर्ने सहमति भएको थियो त्यो अनुसार नभएको प्रमुख नेपालीले बताए ।

 यो क्षमताको हुनुपर्छ भनेको पुल त्योभन्दा केही कम क्षमताको भए पनि स्वीकार गर्न नसकिने उहाँको भनाइ छ । उनले भने, ‘२० टन बोक्न सक्ने हुनुपर्नेमा १९ मात्र बोक्नसक्ने क्षमता हुँदा त्यसले तत्काल काम त दिन्छ तर त्यो सम्झौताअनुसार हुँदैन ।’

अहिलेसम्म हेर्दा पुलको माथिल्लो भाग (सुपर स्ट्रक्चर) मा मात्रै समस्या देखिएको छ । परामर्शदाता कम्पनीले अध्ययन गर्दा पनि माथिल्लो भागको जुन खण्डमा समस्या छ त्यो मात्रै भत्काए पुग्छ भन्ने राय दिएको डिभिजनले जनाएको छ । ‘सुपर स्ट्रक्चर’ को एउटा खण्ड बाहेक र त्योभन्दा तलको भागमा अहिलेसम्म समस्या भएको नपाइएको प्रमुख नेपालीले जानकारी दिए । 

उनका अनुसार पहिले नै इञ्जिनीयरले प्रमाणित गरेको भाग भत्काउनु पर्दैन । उनले भने, ‘अहिले समस्या देखिएको भाग भत्काउँदा अरु भागमा पनि समस्या छ भने देखिन सक्छ ।’ निर्माण कम्पनीले सम्पन्न भएको भने पनि डिभिजनले निर्माण कम गुणस्तरको भएको भन्दै स्वीकार गरेको थिएन । डिभिजनले स्वीकार नगर्ने भागको व्यवसायीलाई भुक्तानी असुल गर्न पर्दैन । 

देशभरमा एक हजारभन्दा बढी पुल निर्माणाधीन छन् । सडक बनिसकेका स्थानमा पुल नहुँदा सडक सञ्चालनमा आउन सकेको छैन । सङ्घीय राजधानी काठमाडौँको केन्द्रमा रहेको यो पुल भने सम्पन्न भएको वषौं बित्दा पनि सञ्चालनमा आउन सकेको छैन । यस क्षेत्रमा हिँड्ने कतिपयलाई पुलका बारेमा थाहा छ भने थाहा नहुने बनिसकेको पुल किन चल्न नदिइएको भन्नेमा अन्योल हुने गरेका छन् । सोही कम्पनीले जिम्मेवारी लिएको तीन कुनेस्थित वाग्मती पुल पनि समस्याग्रस्त छ । पटकपटक अवधि थप हुँदा पनि निर्माण सम्पन्न नभएपछि विभागले पुरानो ठेक्का तोडेर नयाँ ठेक्कामार्फत पुल निर्माण अघि बढाइरहेको छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending