काभ्रेपलाञ्चोक । जिल्लामा पछिल्लो हप्ता दैनिक कोरोना सङ्क्रमणदर घटिरहेको तथ्याङ्कले देखाएको छ । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढिरहेको देखिएको छ ।पछिल्लो २४ घण्टामा भने ३२ सङ्क्रमित देखिएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसिएमसी)ले जनाएको छ । सोमबार २३ सङ्क्रमित हुँदा ४२ निको भएका छन् भने आइतबार ३५ मा सङ्क्रमण देखियो भने ३९ सङ्क्रमणमुक्त भएको केन्द्रले जनाएको छ । यस्तै जिल्लामा शनिबार १५ सङ्क्रमित थपिँदा ४४ निको भएका थिए ।
यसअघि केही दिनको केन्द्रको तथ्याङ्कले सङ्क्रमणदरभन्दा सङ्क्रमणमुक्तदर अधिक रहेको देखाएको हो । काभ्रेपलाञ्चोकमा हालसम्म १४ हजार २०० मा सङ्क्रमण देखिएकामा १८८ को मृत्यु भएको छ । हालसम्मका कूल सङ्क्रमितमध्ये ९६ प्रतिशत अर्थात् १३ हजार ५८९ सङ्क्रमणमुक्त भइसकेका छन् । भदौ महिनामा नगण्य मात्रामा सङ्क्रमितको मृत्युका घटना भएका छन् ।
जिल्लामा हाल ४२३ सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी बनेपा नगरपालिकामा १२०, धुलिखेलमा १०४, पाँचखालमा ४३, पनौतीमा ४३, नमोबुद्धमा ५३, मण्डनदेउपुरमा आठ तथा रोशी गाउँपालिकामा १२, चौँरीदेउरालीमा दुई, तेमालमा चार, भुम्लु १६, खानीखोलामा दुई, बेथानचोकमा १४ र महाभारत गाउँपालिकामा दुई सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनायो ।
यसैबीच जिल्लामा आजदेखि यही भदौ २५ गतेसम्म ‘मिक्स लकडाउन’ थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले काभ्रेमा कोरोना ‘संवेदनशील क्षेत्र’ रहेकाले निषेधाज्ञा थपिएको बताए। “सङ्क्रमणदर घटेको देखिए पनि गम्भीर बन्नुपर्ने अवस्था यथावत नै छ, त्यसैले निषेधाज्ञा लम्ब्याइएको हो”, उनले भने।
प्रशासनद्वारा मङ्गलबार थपिएको निषेधाज्ञाअनुसार विद्यालयमा भौतिकरूपमा शैक्षिक गतिविधि नगर्नेलगायत यसअघिका निर्णयलाई यथावत राख्दै विवाह, व्रतवन्ध तथा सामाजिकरूपमा गरिने सांस्कृतिक कार्यक्रम होटल तथा पार्टीप्यालेसमा नगर्न भनिएको छ । साथै सवारी साधनका कूल सिट क्षमताभन्दा बढी यात्रु नराख्न तथा चालक, सहचालक र यात्रुले स्वास्थ्यका मापदण्ड अपनाउन, पसल बिहान ६ देखि बेलुका ७ बजेसम्म मात्रै सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ ।
कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना सङ्क्रमणदर बढ्दै गएपछि गत जेठमा विभिन्न मितिमा आठ स्थानीय तहले आफ्नो क्षेत्र ‘सिल’समेत गर्नुपरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - १८:२५
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन...
माघ ६ गते, २०८२ - १७:०६
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् । खरेल ...
माघ ६ गते, २०८२ - १६:५५
पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभाग...
माघ ६ गते, २०८२ - १६:२८
जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले मधेश प्रदेशमा ६० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने विश्वास व्यक्त गर...
माघ ६ गते, २०८२ - १६:०६
झलनाथ र बामदेव परेनन्
माघ ६ गते, २०८२ - १५:३४
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता हिक्मतजंग कार्कीले पार्टी छोडेका छन्। उनले पार्टी नेतृत्वको टिकट वितरणमा मनपरी गरेको निर्ण...
माघ ६ गते, २०८२ - १५:१९
स्याङ्जा। आगामी फागुन २१ ग्ते हुने प्रतिनिधी सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । दुई निर्वाचन क्षेत्र रहेको य...
माघ ६ गते, २०८२ - १४:२९
काठमाडौं । नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीभित्रै विवाद र छलफल चलि...
माघ ६ गते, २०८२ - १३:५७
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका केही क्षेत्रमा उम्मेदवार मिलाउन सकिने अवस्था रहे अध्यक्ष केपी शर्मा ओलीलाई ...
माघ ६ गते, २०८२ - १३:२६
काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको ज...




प्रतिकृया लेख्नुहोस्: