काठमाडौं । विश्वस्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को सदस्य राष्ट्र नेपालले ११ वर्षपछि दक्षिणपूर्वी एसियाली राष्ट्रको क्षेत्रीय कार्यकारी समितिको ७४औँ बैठक यही भदौ २१ देखि २५ गतेसम्म अप्रत्यक्षरूपमा आयोजना गर्दैछ ।
कोभिड–१९ महामारी तथा स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्न अत्यावश्यक स्वास्थ्य सेवाहरूको ‘अझ असल र सबल पुनर्निर्माण’का उपायदेखि लिएर विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूका लागि खोप कार्ययोजना तथा त्यसनिम्ति क्षेत्रीय कार्यढाँचा सम्मका विषयमा गहन छलफल हुनेछ ।
बैठक समाप्तिसँगै आगामी एक वर्षका निम्ति उक्त क्षेत्रीय संस्थाको कार्यकारी समतिको अध्यक्षतासमेत गर्ने नेपालले दक्षिणपूर्वी एसियाली राष्ट्र बङ्गलादेश, भूटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, नेपाल, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लेस्टेसँग निकट सम्पर्क र समन्वयमा रहेर स्वास्थ्यसम्बन्धी क्षेत्रीय मुद्दामा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ ।
बैठकको पूर्वसन्ध्यामा आज अपराह्न पत्रकार सम्मेलन गरेर स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले भावी नीति, रणनीतिको तर्जुमा, प्रगतिका प्रतिवेदनउपर छलफल, तथा यस क्षेत्रका लागि बजेट तथा कार्यक्रमको अनुमोदन पाँचदिने बैठकबाट हुने बताए ।
एघारवटै दक्षिणपूर्वी एशियाली देशका स्वास्थ्यमन्त्री, डब्लूएचओका महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयसस, क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंह, उच्च स्वास्थ्य अधिकारी, राष्ट्रसङ्घीय निकायका प्रतिनिधि, विकासका साझेदार तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागितामा हुने बैठकले विगतका बैठकबाट अनुमोदन भएका विषयको प्रगतिको समीक्षा स्वास्थ्यको आपत्कालीन पूर्वतयारी कार्य, नसर्ने रोग नियन्त्रण, स्वास्थ्यमा कोभिड खोपको व्यवस्थापन, वितरण र प्राप्तिबारे छलफल, खोपद्वारा अन्य रोगको रोकथाम, आगामी वर्षमा गरिने साझा कार्ययोजनाबारे छलफल र निर्णय हुने जानकारी दिए ।
साठी वर्षदेखिको डब्ल्युएचओसँगको नेपालको साझेदारीलाई अझ सघन र परिणामुखी तुल्याउन बैठक उपयोगी हुने विश्वास व्यक्त गर्दै उनले दक्षिणपूर्वी एसियाली क्षेत्रमा स्वास्थ्य समस्या समाधानका निम्ति पनि फलदायी हुने बताए । ‘हरेक वर्ष विश्व स्वास्थ्य सङ्गठनको जेनेभामा हुने महासभाको पूर्वतयारीका रूपमा लिइने यो बैठक नेपालले आयोजना गर्नु राष्ट्रका लागि गौरवको विषय हो’, राज्यमन्त्री श्रेष्ठले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: