काठमाडौं । विश्वस्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को सदस्य राष्ट्र नेपालले ११ वर्षपछि दक्षिणपूर्वी एसियाली राष्ट्रको क्षेत्रीय कार्यकारी समितिको ७४औँ बैठक यही भदौ २१ देखि २५ गतेसम्म अप्रत्यक्षरूपमा आयोजना गर्दैछ ।
कोभिड–१९ महामारी तथा स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्न अत्यावश्यक स्वास्थ्य सेवाहरूको ‘अझ असल र सबल पुनर्निर्माण’का उपायदेखि लिएर विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूका लागि खोप कार्ययोजना तथा त्यसनिम्ति क्षेत्रीय कार्यढाँचा सम्मका विषयमा गहन छलफल हुनेछ ।
बैठक समाप्तिसँगै आगामी एक वर्षका निम्ति उक्त क्षेत्रीय संस्थाको कार्यकारी समतिको अध्यक्षतासमेत गर्ने नेपालले दक्षिणपूर्वी एसियाली राष्ट्र बङ्गलादेश, भूटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, नेपाल, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लेस्टेसँग निकट सम्पर्क र समन्वयमा रहेर स्वास्थ्यसम्बन्धी क्षेत्रीय मुद्दामा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ ।
बैठकको पूर्वसन्ध्यामा आज अपराह्न पत्रकार सम्मेलन गरेर स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले भावी नीति, रणनीतिको तर्जुमा, प्रगतिका प्रतिवेदनउपर छलफल, तथा यस क्षेत्रका लागि बजेट तथा कार्यक्रमको अनुमोदन पाँचदिने बैठकबाट हुने बताए ।
एघारवटै दक्षिणपूर्वी एशियाली देशका स्वास्थ्यमन्त्री, डब्लूएचओका महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयसस, क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंह, उच्च स्वास्थ्य अधिकारी, राष्ट्रसङ्घीय निकायका प्रतिनिधि, विकासका साझेदार तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागितामा हुने बैठकले विगतका बैठकबाट अनुमोदन भएका विषयको प्रगतिको समीक्षा स्वास्थ्यको आपत्कालीन पूर्वतयारी कार्य, नसर्ने रोग नियन्त्रण, स्वास्थ्यमा कोभिड खोपको व्यवस्थापन, वितरण र प्राप्तिबारे छलफल, खोपद्वारा अन्य रोगको रोकथाम, आगामी वर्षमा गरिने साझा कार्ययोजनाबारे छलफल र निर्णय हुने जानकारी दिए ।
साठी वर्षदेखिको डब्ल्युएचओसँगको नेपालको साझेदारीलाई अझ सघन र परिणामुखी तुल्याउन बैठक उपयोगी हुने विश्वास व्यक्त गर्दै उनले दक्षिणपूर्वी एसियाली क्षेत्रमा स्वास्थ्य समस्या समाधानका निम्ति पनि फलदायी हुने बताए । ‘हरेक वर्ष विश्व स्वास्थ्य सङ्गठनको जेनेभामा हुने महासभाको पूर्वतयारीका रूपमा लिइने यो बैठक नेपालले आयोजना गर्नु राष्ट्रका लागि गौरवको विषय हो’, राज्यमन्त्री श्रेष्ठले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: