Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन

खबरडबली संवाददाता

काठमाडौं । प्रत्येक वर्ष भाद्रकृष्ण  औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ । आजका दिन घर–घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ । 

पितृसम्मान दिवस

यसै अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरेपनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढ्ने जोखिम कायमै रहेकाले मन्दिर क्षेत्र पूर्णरूपमा सिल गरिएको छ । 

मन्दिर छिर्ने चारवटै नाकामा प्रहरी राखिएको गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष श्रीकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा लाग्ने मेला पनि यस वर्ष कोरोनाका कारण प्रभावित भएको छ । गोकर्णेश्वर नगरपालिकाले सुरक्षितरूपमा घर–घरमै पितृ सम्मान दिवस मनाउन आह्वान गरेको छ ।  

घरमै मनाइँदै पितृ सम्मान दिवस

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । अरु दान दीन दु:खीलाई दिएपनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ । 

गोकर्णलगायत तीर्थस्थलमा गरियो औँसी श्राद्ध

यस वर्ष औँसी श्राद्ध सोमबार नै परेकाले धेरै भक्तजन गोकर्ण क्षेत्रमा आउन चाहे पनि उपत्यकामा बढ्दै गएको कोरोनाका कारण सबैको स्वास्थ्यलाई ध्यानमा  राख्दै प्रवेशमा रोक लगाउनुपरेको गोकर्णेश्वर महादेव मन्दिरका पुजारी जगदीशचन्द्र भट्टले बताए । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा देशका विभिन्न भाग एवं भारतबाट समेत हजारौँ भक्तजन पितृतृप्तिको कामनाले श्राद्ध गर्न आउने गरेका थिए ।

सोमबार मघा नक्षत्रसमेत परकाले धेरैले श्राद्ध गरेनन् । मघा नक्षत्र परेका दिन श्राद्ध गरेमा ज्येष्ठ पुत्र नाश हुने शास्त्रीय वचनका कारण भक्तजन गोकर्णलगायत तीर्थस्थलमा नगएका हुन् । सन्तान नहुने र पिण्ड नदिई गरिने मघा निमित्तक श्राद्ध गर्न भने भक्तजन पुगेका थिए ।बिहानै गोकर्ण पुगेका भक्तजन आइतबार रातिदेखिको वर्षाले गोकर्णेश्वर उत्तरवाहिनी क्षेत्र डुबानमा परेका कारण प्रभावित भएका थिए । अपराह्नकालमा डुबान कम हुँदै गएपछि भक्तजन श्राद्ध गरेर बाहिरिएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऊर्जा क्षेत्रको सुधारका लागि मन्त्री श्रेष्ठद्वारा ३२ बुँदे निर्देशन जारी

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रमा संरचनात्मक सुधार, पारदर्शिता र नतिजामुखी कार्यसम्पादनका लागि...

नयाँ शैक्षिक सत्रअगावै पाठ्यपुस्तक विद्यालयमा

सिन्धुलीमाढी। सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाई सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रको बिक...

कालीगण्डकीमा हस्तक्षेप रोक्न ब्यानर प्रदर्शन

बागलुङ। कालीगण्डकी नदीमा उत्खननको काम नरोकिँदा नदी र यसको पर्यावरण खतरामा परेको भन्दै ‘कालीगण्डकी बचाऔं अभियान’ ले पर्वतको प्रसिद्व धार्मिक क्षेत्र मो...

मेसको छतबाट खसेर प्रहरी कार्यालय सहयोगीको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढीको मेसको छतबाट खसेर एक प्रहरी कार्यालय सहयोगीको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठे...

साहसिक फुटबल विजेता सूर्योदयले पायो ४० किलो घिउ

फिदिम। तीन हजार चार सय ५० मिटरको उचाईमा अवस्थित फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटफल प्रतियोगिताको उपाधि सुर्योदय क्लबले जितेको छ । न...

हुलाकलाई 'सरकारी कुरियर' बनाउँदै सरकार: म्याग्दी र मकवानपुरमा सेवा सुरु

काठमाडौँ। सरकारले नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यका साथ राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमै पुर्‍याउने कार्य प्रारम्भ...

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको पार्टीको संसदी...

कालीगण्डकी नदीमा बेपत्ता दुई युवक मृत फेला

पाल्पा । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् ।  बगनासकाली ...

भरत खड्काद्वारा सार्वजनिक लेखा समिति सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पदका लागि बिहीबार उम्मेदवारी द...

पैतृक सम्पत्तिबारे भ्रम नफैलाउन गृहमन्त्री गुरुङको आग्रह

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका जिज्ञासा र टिकाटिप्पणीप्रति स्पष्टीकरण दिएको छन् । सङ्घीय संसद् सचिव...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending