Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

विभाजित दल रोज्न पाउने आज अन्तिम दिन

खबरडबली संवाददाता

काठमाडौं। निर्वाचन आयोगले एमाले र जसपाबाट विभाजित दल रोज्नका लागि जनप्रतिनिधिहरुलाई उपलब्ध गराइएको समय मंगलबार अपरान्ह ५ बजे सकिँदैछ ।

सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसंगै नेकपा एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बाट लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) भदौ २ गते निर्वाचन आयोगमा दर्ता भएका थिए।

भदौ ९ गते आयोगमा उपस्थित भएर एमाले र जसपाका सांसद र केन्द्रीय सदस्यहरुले सनाखत गरेसँगै निर्वाचन आयोगले दुई नयाँ दललाई मान्यता दिएको थियो।

सरकारले संशोधन गरी जारी गरिएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगेमा दल विभाजन गर्न सकिने प्रावधान बमोजिम आयोगले स्थानीय तह र प्रदेशका जनप्रतिनिधिलाई २१ दिनसम्म दल रोज्न पाउने समयसीमा आज सकिदै छ । 

आयोगका अनुसार आजसम्ममा प्रदेश र स्थानीय तहका जनप्रनिधिले पुरानो दलबाट विभाजित भएर बनेको दल नरोजे र पछि रोज्न चाहेमा दल त्याग गरेको ठहरिने छ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आज अपरान्हसम्म देशभरबाट निर्वाचनमा आयोगमा सनाखत भएको आधारमा आयोगले छानविन गरी नामावली प्रकासन र अध्यावधिक गर्नेछ ।

सरकारले तत्कालिन एमालेका नेता माधव नेपाल र जसपाका नेता महन्थ ठाकुरको आग्रहमा चालु अधिवशेन अन्त्य गरी साउन अन्तिम साता राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश ल्याएको थियो ।

विद्यामान कानूनमा रहेको दल विभाजनमा पार्टीको केन्द्रीय सदस्य र संसदीय दलमा ४० प्रतिशत सदस्य अनिवार्य प्रावधानलाई संशोधन गरी केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य जुटाउन सकेमा पार्टी विभाजन गर्न पाउने सुविधा दिएको थियो । सोही सुविधानलाई उपयोग गरी माधव नेपाल र महन्थ ठाकुरले पार्टी विभाज गरेका थिए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending