Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

एमसिसीमा सकारात्मक निर्णय हुनेमा सुमार आशावादी

खबरडबली संवाददाता

काठमाडौं । नेपाल भ्रमणमा आएकी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार दोस्रो दिन शुक्रबार पनि राजनीतिक भेटघाटमा व्यस्त रहिन्। उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र ऊर्जामन्त्री पम्फा भुसालसँग भेट गरिन्। स्रोतका अनुसार भेटमा उनले आफू नेपालमा एमसिसीका पक्षमा दबाब सिर्जना गर्न नभई यसको अवस्था बुझ्न आएको र नेपालले सकारात्मक निर्णय गर्नेमा आशावादी रहेको बताएकी छन्।

सुमारसँगको भेटमा एमसिसी कम्प्याक्ट र नेपालको आर्थिक परिवर्तनमा यसको महत्वबारे छलफल भएको जानकारी देउवाले दिएका छन्। भेटमा नेपाल–अमेरिका सहयोगका अन्य विविध विषयमा पनि छलफल भएको जनाइएको छ। 

सन् २०१७ मा आफ्नै प्रधानमन्त्रित्वकालमा सम्झौता भएको एमसिसीलाई कार्यान्वयन तहमा अघि बढाउन देउवा प्रतिबद्ध छन्। तर सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सबैसँगको सहमति र सम्झौता संंशोधन गरेरमात्र एमसिसी कार्यान्वयन तहमा अघि बढाउनुपर्ने अडान राखेका कारण देउवाको मात्र चाहनाले यो संसद्बारा पारित हुने अवस्था छैन।

एमसिसी उपाध्यक्ष सुमारले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई उनकै निवास खुमलटार पुगेर भेटिन्। भेटमा अध्यक्ष दाहालले एमसिसीका विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएरमात्र अगाडि बढ्न सकिने बताए। दाहालले सहमतिमै अघि बढ्दा नेपाल र अमेरिका दुवैलाई फाइदा हुने बताएको जानकारी उनका प्रेस संयोजक विष्णु सापकोटाले दिए। 

दाहालले अग्रगमनकारी वर्तमान सत्ता गठबन्धनलाई बलियो बनाउनु अहिलेको प्रमुख प्राथमिकता रहेकोसमेत बताएका थिए। सत्तारुढ गठबन्धनबीच पनि एमसिसीबारे साझा धारणा बनाएर अघि बढ्ने समझदारी भएको दाहाल निकट स्रोतले जानकारी दियो। एमसिसीलाई अघि सारेर गठबन्धन भत्काउने प्रयास भइरहेको र त्यसमा सचेत हुँदै साझा धारणा बनाउने समझदारी भएको जनाइएको छ। भेटमा सुमारले आफू नेपालमा कुनै दबाब दिन नभई एमसिसीको अवस्था बुझ्न आएको बताएकी थिइन्।

सुमारले ऊर्जामन्त्री भुसाललाई उनकै मन्त्रालयमा भेटेर एमसिसी कार्यान्वयनका विषयमा कुराकानी गरेकी हुन्। मुख्यगरी परियोजनाको लक्ष्य विद्युत् प्रसारण लाइन निर्माण भएकाले उनले उर्जामन्त्रीलाई भेटेर कुराकानी गरेकी हुन्। सुमारले परियोजना कार्यान्वयनमा सहयोग गर्न मन्त्री भुसालसँग आग्रह गरेकी थिइन्। मन्त्री भुसालले यस विषयमा राजनीतिक सहमति र जनचाहनाअनुसार अघि बढ्ने बताएकी थिइन्।

सुमारले बिहीबार काठमाडौं आएलगत्तै प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तथा सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादीका अध्यक्षमाधव कुमार नेपाल र जनता समाजवादी पार्टीका शीर्ष नेताद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवसँग भेट गरेकी थिइन्। प्रधानमन्त्रीसहितका नेतासँगको भेटमा सुमारले नेपालले एमसिसीबारे सकारात्मक निर्णय गर्नेमा आफू आशावादी रहेको बताएकी छन्। नागरिक दैनिकबाट साभार

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्छ: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्।  हाम्रो पार्टी नेपालका...

मधेशका मुख्यमन्त्रीमा कांग्रेस नेता यादवको दाबी पेस

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...

देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...

सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु

खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ।  खोटाङको खोटेहाङ...

टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै जनकपुर

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले  लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...

इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...

फिर्ता बोलाइएका ११ मध्ये ६ राजदूतको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...

प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...

मधेसमा कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति

काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...

प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending