Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

सभामुखको भूमिका संविधान संवत् छ, संसदमा होहल्ला गर्नुको औचित्य छैन : खड्का

कल्याणिकुमारी खड्का

पार्टीभित्र दादागिरी गरेर निर्वाचित कमिटीलाई विघटन गर्ने, कहिले पन्ध्र सय पनि बनाउने, त्यसैलाई एघार सय पनि बनाउने यो कस्तो तरिका हो । आफुले जे मन लाग्यो त्यही गर्न पाइन्छ ? आफै वैधानिक छैनन, हामीलाई के कारवाही गर्ने ? संसद विघटन गरेकालाई संसदमा आउने अधिका

जुन पार्टी अवैध छ । जसले विधि, प्रकृया, संविधान, नियम कानून मिचेर काम गरेका छन्, त्यस्ताले हामीलाई कारवाही गर्नु पर्छ भन्नु आफैमा हास्यस्पद छ । उनीहरुको मागको कुनै अर्थ र औचित्य छैन । उनीहरुले दुई दुई पटक हत्या गरेको संसद जसले पुर्नस्थापना गर्यो, उसैलाई कारवाही गर भन्ने अधिकार उनीहरुलाई कसले दियो ? कुन मुखले उनीहरु आफैले हत्या गरेको संसदमा उपस्थित भएका छन् ? उनीहरुले लोकतान्त्रिक व्यवस्थाको सर्वमान्य सिद्धान्तलाई उलङ्घन गरिरहनुभएको छ । जसले संविधान, विधि, प्रकृया, कानून मिचेका छन्, उसैले संविधान, विधि र सिद्धान्तको हौवा पिट्नु आफैमा गैह्रजिम्मेवार र अलोकतान्त्रिक चरित्र हो । उनीहरुका हर्कतलाई अदालत समेत गलत भनिसक्यो । उनीहरु संसदमा उफ्रिनुको कुनै औचित्य छैन । 

उहाँहरुले नवौं महाधिवशेनको विधानलाई उलङ्घन गर्नुभएको छ, विधि, प्रकृया मिच्नुभएको छ । आफुखुशी केन्द्रीय कमिटी विस्तार गर्नुभएको छ । मन लागेकालाई जिम्मेवारी तोक्ने र हटाउने काम गर्नुभएको छ । त्यो पार्टीको अवैधानिक अध्यक्ष र उसले गरेको कारवाही लिएर संसद अवरुद्ध गर्नु र सभामुखलाई धम्क्याउनुको कुनै औचित्य छैन । 

कुनै दलले आफ्ना सांसद वा सदस्यलाई कारवाही गर्न विधान बमोजिम पार्टीको बैठक बसेको हुनुपर्यो । त्यस बैठकले निर्णय गरेको हुनुपर्यो । ती सबै कुरा लत्याएर एकोहोरो संसद अवरुद्ध गर्ने अधिकार उनीहरुलाई छैन ।  यस्ता अलोकतान्त्रिक र गैह्र संवैधानिक कारवाहीले केही हुने वाला छैन । 
संसदमा सभामुखले संविधान संवतरुपमा गरेको काम कसरी असंवैधानिक भयो ? आफु हुँदा गरिएका असंवैधानिक कार्य सबै संवैधानिक हुने अनि अर्काले गरेका संवैधानिक काम सबै असंवैधानिक हुने खालको प्रवृत्ति उनिहरुमा छ, त्यो गलत छ । विपक्षीको कर्तव्य के हो, त्यो उहाँहरुले जान्ने कुरा हो । उहाँहरु नबुझ्दासम्म उफ्रिनु हुन्छ, बुझे पछि आफै थचारिनु हुन्छ । संसदीय प्रणालीमा कुनै पनि दल जिम्मेवार, लोकतान्त्रिक र संविधानको दायरामा बस्नु पर्छ । विधि, प्रकृया, विधान, नियम, कानूत बमोजिम क्रियाकलाप गर्नुपर्छ । 

अहिलेको सिस्टमलाई उहाँहरुले नमान्न खोजेका मात्र हुन् । पार्टीभित्र दादागिरी गरेर निर्वाचित कमिटीलाई विघटन गर्ने, कहिले पन्ध्र सय पनि बनाउने, त्यसैलाई एघार सय पनि बनाउने यो कस्तो तरिका हो । आफुले जे मन लाग्यो त्यही गर्न पाइन्छ ? आफै वैधानिक छैनन, हामीलाई के कारवाही गर्ने ? संसद विघटन गरेकालाई संसदमा आउने अधिकार पनि छैन । उनीहरु संसदमा होहल्ला गर्ने होइन बाहिर निस्कनु पर्छ । 

(खड्का नेकपा एकीकृत समाजवादीकी नेतृ हुन्)

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसदमा प्रधानमन्त्री प्रचण्डको दमदार सम्बोधन : विश्वासको मत सङ्ख्याको पहल होइन, प्रतिवाद र प्रतिरोधको पहल हो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलवाड नगर्न आग्रह गरेका छन् ।समावेशीतालाई खारेज गर्ने...

नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन कुनै रूचि थिएन, छैन : प्रधानमन्त्री

काठमाडौं। असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन आफूलाई कुनै रूचि नभएको प्रष्ट पार्नुभएको छ ।   प...

देशैभरका ८ शहरहरुमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ आयोजना गर्दै राइटपाथ

काठमाडाैं । राइटपाथ करियर काउन्सिलिङले यहि आउदाे वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म देशका प्रमुख सहरहरूमा 'ग्राण्ड एजुकेशन कन्क्लेभ' आयाेजना गर्ने...

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको...

सुचना प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ...

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy