काठमाडौं । सातौँ सविधान दिवस स्वदेश र विदेशमा आज विविध कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाइँदैछ । संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुनेछन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
जनताका प्रतिनिधिद्वारा निर्माण गरी संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई विश्वकै उत्कृष्ट संविधानकारुपमा रहेको ख्याख्या र विश्लेषण गरिएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्ष, समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गरेको छ ।
जनताको हितका खातिर संविधानमा मौलिक हकका रुपमा अनेकौँ प्रावधान राखिएको छ । नेपालको संविधानले मुलुकमा सङ्घ, प्रदेश र स्थानीय तहको राज्यसमयन्त्र सुनिश्चिता गरेको छ । निर्वाचनका माध्यमद्वारा तीन तहका सरकार कार्यान्वयनमा गएसँगै जनताले सिंहदरबारको अधिकार घरदैलोबाटै प्राप्त गरेको अनुभूति गरिरहेका छन् ।
यद्यपि मुलुकमा दलबीचका सत्तास्वार्थका कारण यसपटक संविधान दिवस मनाइरहँदा सार्वभौम सम्पन्न जनताको प्रतिनिधिमूलक संस्था संसद् भने अवरोधको स्थितिमा छ । नेकपा एमालेभित्रको आन्तरिक घर झगडा र विवादले मुलुकमा नयाँ सरकार गठन गर्न पर्ने स्थिति निम्त्याएको हो ।
उक्त घटनाक्रमले सत्तापक्ष र प्रतिपक्षबीचको सम्बन्धलाई तिक्ततापूर्ण बनाएको हो । प्रमुख राजनीतिक दलभित्र देखिएको सत्ता सङ्घर्ष जोडिएर आएका निर्णय र प्रकट भएका विचारले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको ओज घटनाएको गुनासा सुनिएको छ ।
संविधानको भावनाविपरीत राजनीतिक दल विभाजनका खेलतर्फ पुन:उन्मुख भएको घटनाले जनतालाई दु:खित तुल्याएको छ । लोकतन्त्र स्थापनाको ठूलो सङ्घर्ष गरी योगदान पुर्याएका राजनीतिक नेतृत्वलाई संविधान दिवसले मुलुक र जनताका पक्षमा ठिक निर्णय गर्दै अघि बढ्न संविधान दिवसले प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २ गते, २०८२ - १३:२८
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको पात्रो (पञ्चाङ्ग) सार्वजनिक गरेको छ । समितिद्वारा प्रकाशित पात्रो अनुसार आगामी वर्षका प्रम...
फाल्गुन २ गते, २०८२ - १२:५८
इटहरी। भारतीय सिमा क्षेत्रबाट नेपाल भित्रिएको करिब दुई करोड मूल्य बराबरको कपडाजन्य सामाग्रीसहितको दुई वटा ट्रक बिराटनगरबाट नियन्त्रण भएसँगै भन्सार कर्...
फाल्गुन २ गते, २०८२ - १२:४०
बाँके । बाँकेको कोहलपुर नगरपालिकाको चप्परगौडीबाट खड्कबार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तर प्रदेश पर्यटकीय मार्ग निर्माण चुनावी एजेण्डामा सीमित भएक...
फाल्गुन २ गते, २०८२ - १२:०५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० ले आज रुपन्देही, कपिलवस्तु र नवलपरासीमा चुनावी तथा जनसम्पर्क कार्यक्रम गर्न...
फाल्गुन २ गते, २०८२ - ११:४२
वेलिङ्टन। प्रशान्त महासागर क्षेत्रमा पर्ने टापु राष्ट्र भानुआटु शनिबार शक्तिशाली भूकम्पले हल्लिएको छ । छ दशमलव ४ तीव्रताको उक्त भूकम्प बलियो महसुस गरि...
फाल्गुन २ गते, २०८२ - ११:२९
स्याङ्जा। फागुन २१ गतेको सङ्घीय निर्वाचन नजिकै आउदाँ पुतलीजार नगरपालिका –१ मा रहेको जिल्ला कारागारको सुरक्षा जिम्मा नेपाली सेनाले लिएको छ । यहाँको ...
फाल्गुन २ गते, २०८२ - ११:१८
बाजुरा। स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा हिमाली गाउँपालिका जिल्लामा पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वि...
फाल्गुन २ गते, २०८२ - ११:०९
लेखनाथ। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर, ६ पामेमा पर्ने फेवातालमा कार खस्दा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान सवा २ बजे सडकबाट कार तालमा खस्...
फाल्गुन १ गते, २०८२ - १६:५६
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारका तर्फबाट कुनै कमी ...
फाल्गुन १ गते, २०८२ - १६:४३
काठमाडौं । नेपाली कांग्रेसले आगामी आइतबार प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो घोषणापत्र सार्वजनिक गर्ने भएको छ। पार्टीका प्रवक्ता तथा क...



प्रतिकृया लेख्नुहोस्: