Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

भानुआटुमा ६ दशमलव ४ तीव्रताको भूकम्प

खबरडबली संवाददाता

वेलिङ्टन। प्रशान्त महासागर क्षेत्रमा पर्ने टापु राष्ट्र भानुआटु शनिबार शक्तिशाली भूकम्पले हल्लिएको छ । छ दशमलव ४ तीव्रताको उक्त भूकम्प बलियो महसुस गरिए पनि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको जानकारी प्राप्त भएको छैन ।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्र एस्पिरिटु सान्टो टापुको पोर्ट ओल्री गाउँबाट करिब ५० किलोमिटर ९३१ माइल० पश्चिममा अवस्थित थियो । कम्पन दिउँसो १:३० बजे ९२:३० जिएमटी० अघि आएको जनाइएको छ ।

प्रशान्त सुनामी चेतावनी केन्द्रले भूकम्पपछि सुनामीको कुनै खतरा नरहेको स्पष्ट पारेको छ । समुद्री सतहमा असामान्य उतारचढाव नदेखिएकाले थप सतर्कता सन्देश जारी गर्नुपरेको छैन ।

पोर्ट ओल्रीस्थित समुद्रकिनार आवासगृहमा कार्यरत एन्जेलिक फ्रान्कले भूकम्प ‘धेरै ठूलो’ महसुस भएको बताउनुभयो । उहाँका अनुसार कम्पन झण्डै एक मिनेटसम्म चलेको अनुभव भएको थियो । “थाल, कचौरा र भाँडाकुँडा लामो समयसम्म हल्लिरहेका थिए, तर केही पनि भुइँमा खसेन”, उनले भने, “केही स्थानीय बासिन्दा चिन्तित देखिन्थे, तर अवस्था अहिले सामान्य नै छ ।”

उनले आफ्नो वरपर कुनै स्पष्ट क्षति नदेखिएको जानकारी दिए। सम्बन्धित निकायहरूले अवस्था निगरानीमा राखेका छन् र आवश्यक परे थप स्थलगत मूल्याङ्कन गरिने जनाइएको छ ।

करिब तीन लाख २० हजार जनसङ्ख्या रहेको भानुआटु रिङ अफ फायर भनिने तीव्र भूगर्भीय गतिविधिको क्षेत्रमा पर्छ । दक्षिणपूर्व एसिया र प्रशान्त महासागर आसपास फैलिएको यस क्षेत्रका कारण यहाँ समय–समयमा भूकम्पीय कम्पनहरू महसुस हुनु असामान्य मानिँदैन । यद्यपि प्रत्येक शक्तिशाली धक्काले सम्भावित जोखिमप्रति सतर्कता अपनाउनुपर्ने आवश्यकता स्मरण गराउने गर्दछ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगरपालिका र गाउँपालिका गाभ्ने प्रक्रिया अघि बढ्यो, सङ्ख्या र सिमाना हेरफेरका लागि मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...

दाजुभाइको मृत्यु घटना प्रकरण: ब्रोइलरको मासुमा सङ्क्रमण भेटिएन

धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...

एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...

कपिलवस्तुको शिवराज अस्पतालमा ३८ लाख रकम गायब

कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ ।  शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...

नवलपुरमा कार र जेसीबी ठोक्किदा एकै परिवारका पाँच जना घाइते

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।  झरही खोलाबाट रजहर तर...

एसईईको उत्तरपुस्तिका परीक्षण पछि पुग्यो भक्तपुर

लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ ।  काउन्सिलका रजिष्ट्रार डा.शति...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढयो

शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending