Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

प्रचण्ड पत्नी सितादेखि अनमोल केसीसम्मलाई पदक (सूचीसहित)

विष्णु माझीलाई प्रबल जनसेवाश्री पदवीबाट सम्मान

खबरडबली संवाददाता

काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने उक्त मानपदवीमध्ये सबैभन्दा ठूलो मानपदवीको रुपमा रहेको नेपालरत्न पूर्वप्रधानमन्त्री तथा सन्त नेता स्व। कृष्णप्रदास भट्टराई र दोस्रो ठूलो मानपदवीको रुपमा रहेको राष्ट्र गौरव पदवीबाट मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व। सुवर्ण शमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई प्रदान गरिने छ ।

यसैगरी, महाउज्ज्वल राष्ट्रदीप पदवीबाट सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सम्मानित गरिनेछ । यसैगरी, माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी तथा राजनीतिक अभियन्ता सीता दाहाललाई प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गरिने भएको छ । 

यस्तै, लोक गायिका विष्णु माझीलाई प्रबल जनसेवाश्री पदवीबाट सम्मान गरिने भएको छ ।

यसैगरी बाग्मती सफाइ अभियन्ता माला खरेल, वरिष्ट कार्टुनिस्ट रविन सायमी, खेलाडीहरू ज्ञानेन्द्र मल्ल र किरण चेम्जोङ,लाई पनि विभिन्न पदकद्वारा विभूषित गरिने भएको हो । 

गायकहरू हेमन्त शर्मा, प्रकाश सपुत, नायिका केकी अधिकारी, नायक अनमोल केसीलाई पनि विभूषित गरिने भएको छ । यसैगरी, पशुपतिमा लास जलाएर उल्लेख्य भूमिका निर्वाह गर्दै आइरहेकी सपना रोका मगर, एसिड पीडित मुस्कान खातुन, तेजिया फौजा मगर, यौनिक अल्पसंख्यक अभियान्ता भूमिका श्रेष्ठ, पर्वतारोही कल्पना महर्जनलगायतलाई पनि महत्वपुर्ण विभूषण प्रदान गर्न लागिएको छ ।

निजामती, जंगी, प्रहरी र सशस्त्र प्रहरी क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गरिरहेका कर्मचारी, प्रहरी र सेनाका उच्च पदस्थहरूलाई पनि विभिन्न पदवीले विभूषित गरिने भएको छ ।

 

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

२०८३ सालको पञ्चाङ्ग सार्वजनिक : दसैँ र तिहार कहिले छ ?

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको पात्रो (पञ्चाङ्ग) सार्वजनिक गरेको छ । समितिद्वारा प्रकाशित पात्रो अनुसार आगामी वर्षका प्रम...

करिब दुई करोड मूल्यको कपडा बरामद, भन्सार र सशस्त्र प्रहरी बलमाथि उठ्दै प्रश्न

इटहरी। भारतीय सिमा क्षेत्रबाट नेपाल भित्रिएको करिब दुई करोड मूल्य बराबरको कपडाजन्य सामाग्रीसहितको दुई वटा ट्रक बिराटनगरबाट नियन्त्रण भएसँगै भन्सार कर्...

चुनावी एजेण्डामा सीमित खड्कबार–घुइँयाबारी सडक

बाँके । बाँकेको कोहलपुर नगरपालिकाको चप्परगौडीबाट खड्कबार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तर प्रदेश पर्यटकीय मार्ग निर्माण चुनावी एजेण्डामा सीमित भएक...

बालेनको आज यी तीन जिल्लामा चुनावी कार्यक्रम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० ले आज रुपन्देही, कपिलवस्तु र नवलपरासीमा चुनावी तथा जनसम्पर्क कार्यक्रम गर्न...

भानुआटुमा ६ दशमलव ४ तीव्रताको भूकम्प

वेलिङ्टन। प्रशान्त महासागर क्षेत्रमा पर्ने टापु राष्ट्र भानुआटु शनिबार शक्तिशाली भूकम्पले हल्लिएको छ । छ दशमलव ४ तीव्रताको उक्त भूकम्प बलियो महसुस गरि...

स्याङ्जा कारागारमा नेपाली सेनाको सुरक्षा

स्याङ्जा। फागुन २१ गतेको सङ्घीय निर्वाचन नजिकै आउदाँ पुतलीजार नगरपालिका –१ मा रहेको जिल्ला कारागारको सुरक्षा जिम्मा नेपाली सेनाले लिएको छ । यहाँको ...

कार्यसम्पादन मूल्याङ्कनमा हिमाली पहिलो

बाजुरा। स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा हिमाली गाउँपालिका जिल्लामा पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वि...

पोखराको फेवातालमा कार खस्दा चालकको मृत्यु

लेखनाथ। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर, ६ पामेमा पर्ने फेवातालमा कार खस्दा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान सवा २ बजे सडकबाट कार तालमा खस्...

भयरहित वातावरणमा निर्वाचन गर्न सरकारका तर्फबाट कुनै कमी हुँदैन - गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारका तर्फबाट कुनै कमी ...

नेपाली कांग्रेसले आइतबार घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी आइतबार प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो घोषणापत्र सार्वजनिक गर्ने भएको छ। पार्टीका प्रवक्ता तथा क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE