काठमाडौं । नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ ।
दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाभित्र यही असोज ४ गते सोमबारदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ ।
वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गइ नोट सटही गर्न सकिने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सतर्कर्ता अपनाइ नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।
काठमाडौँ उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने सूचनामा उल्लेख छ । नोट सटही गर्न जाँदा सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड अपनाउन र सामाजिक दूरीको पूर्ण पलना गर्न अनुरोध गरिएको छ । केन्द्रीय बैंकले रु १५ अर्बसम्म ५, १०, २०, ५० र १०० बराबरको नोट वितरण गर्ने तयारी गरेको छ । कूल रुपमा केन्द्रीय बैंकले रु ३५ अर्ब बराबरको नयाँ नोट वितरण गर्ने तयारी भएको जानकारी दिएको छ ।
नयाँ नोट लिनका लागि सर्वसाधारणले केन्द्रीय बैंकको कार्यालयमा लामो लाइन लाग्ने गरेको यर्थाथलाई आत्मसात् गर्दै २७ वटै वाणिज्य बैंक र तिनका शाखा कार्यालयमार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - ०९:३२
काठमाडौं । आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटको पहिलो खेल नेपाललले थाइल्यान्डसँग खेल्दैछ। थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले...
माघ ५ गते, २०८२ - ०९:२५
दाङ । तुलसीपुर उपमहानगरपालिका–३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गरेर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर...
माघ ५ गते, २०८२ - ०९:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न ला...
माघ ५ गते, २०८२ - ०९:१५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, आलु, ...
माघ ५ गते, २०८२ - ०८:२७
काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूह कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार...
माघ ५ गते, २०८२ - ०८:२०
चन्द्रपुर । जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदा...
माघ ५ गते, २०८२ - ०८:१४
काठमाडौं । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने निर्णय गरेको छ । पार्टी नेता वर्षमान पुनका अनुसार सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्ष...
माघ ५ गते, २०८२ - ०७:५३
काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर...
माघ ५ गते, २०८२ - ०७:४७
पार्टीपंक्तिमा आह्वान- निर्णय सुनेर विचलित नहुनू
माघ ५ गते, २०८२ - ०७:३६
लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्...




प्रतिकृया लेख्नुहोस्: