Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

नेकपाले यी जिल्लामा टुंग्यायो उम्मेदवार, ५० प्रतिशत युवालाई अवसर

खबरडबली संवाददाता

काठमाडौं । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने निर्णय गरेको छ । पार्टी नेता वर्षमान पुनका अनुसार सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाइनेछ । 

यसपटक कम्तीमा ५० प्रतिशत युवा उम्मेदवार बनाउने लक्ष्य पनि पार्टीले लिएको छ । ‘एकभन्दा बढी उम्मेदवार भएका क्षेत्रमा छलफलमार्फत सहमति निकालिनेछ,’ पुनले बताए ।

नेकपाका अर्का नेता बेदुराम भुसालले एकल सिफारिस भएका तथा बहुसिफारिस भएका क्षेत्रका उम्मेदवारलाई क्रमशः टिकट वितरण सुरु भइसकेको जानकारी दिए ।

पार्टी संयोजक पुष्पकमल दाहाल रुकुम पूर्वबाट र सहसंयोजक माधवकुमार नेपाल रौतहट–१ बाट उम्मेदवार हुने निश्चित भएको छ । अघिल्लो आम निर्वाचनमा दाहाल गोरखा–२ र नेपाल रौतहट–२ बाट विजयी भएका थिए । दाहाललाई नुवाकोट–१, सिन्धुली–२, रामेछाप, महोत्तरी–४, गोरखा–१, रोल्पा, रुकुम पूर्व र कैलाली–३ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको थियो ।

त्यसैगरी, नारायणकाजी श्रेष्ठ सर्लाही–३ र वामदेव गौतम बर्दिया–१ बाट उम्मेदवार हुने लगभग निश्चित भएका छन् । एमालेका पूर्वउपाध्यक्ष भीम रावल अछाम–१ बाट उम्मेदवार बन्ने भएका छन् । नेता वर्षमान पुन रोल्पा र प्रकाश ज्वाला सल्यानबाट उम्मेदवार हुने भएका छन् । उनीहरू दुवै गत निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चितवन–३ बाट उम्मेदवार बन्ने तयारीमा छन् । संयोजक दाहालकी छोरी उनले मेयर पदबाट राजीनामा दिएर निर्वाचनमा सहभागी हुने तयारी गरेकी छन् । २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट दाहाल विजयी भएका थिए । त्यस्तै, दाहालकी बुहारी बिना मगर कञ्चनपुर–१ बाट उम्मेदवार बन्ने निश्चित छ ।

नागरिक उन्मुक्ति पार्टीबाट एकता भएर नेकपामा आएका लालवीर चौधरी बर्दिया–२ र राष्ट्रिय मुक्ति पार्टीबाट समाहित अभियन्ता सुमन सायमी काठमाडौं–८ बाट उम्मेदवार हुने तयारीमा छन् । झापा–५ मा अखिलका पूर्वअध्यक्ष रञ्जित तामाङ, जुम्लामा नरेश भण्डारी, कैलाली–५ मा प्रेम आले, बाजुरामा प्रकाश शाह र डोल्पामा धनबहादुर बुढालाई टिकट दिइसकिएको छ ।

त्यस्तै, पर्वतबाट मनहरि तिम्सेना, सिन्धुपाल्चोक–१ बाट माधव सापकोटा र सिन्धुपाल्चोक–२ बाट युवराज दुलाल उम्मेदवार बन्ने भएका छन् । दोलखाबाट विशाल खड्का, सिन्धुली–२ बाट राजन दाहाल, ललितपुर–३ बाट राजकाजी महर्जन, भक्तपुर–२ बाट रामप्रसाद सापकोटा र रुकुम पश्चिमबाट गोपाल शर्मा उम्मेदवार बन्ने निश्चित छ । 

गोरखा–१ बाट हरिराज अधिकारी र गोरखा–२ बाट अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले टिकट पाएका छन् । नेता देव गुरुङ लमजुङबाट सिफारिस भएका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आईसीसी महिला टी-२० विश्‍वकप छनोट : थाइल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी महिला टी २० विश्‍वकप ग्लोबल छनोटको पहिलो खेल नेपाललले थाइल्यान्डसँग खेल्दैछ।  थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले...

गाईभैँसी पालनबाट मासिक एक लाखभन्दा बढी आम्दानी

दाङ । तुलसीपुर उपमहानगरपालिका–३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गरेर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर...

उम्मेदवार छान्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न ला...

कालीमाटीमा आज गोलभेँडा, आलु र काउलीको भाउ घट्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, आलु, ...

गगनलाई अस्वीकार गर्दै देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूह कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार...

रौतहटका १५२ मतदानस्थल अतिसंवेदनशील

चन्द्रपुर । जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदा...

नेकपाले यी जिल्लामा टुंग्यायो उम्मेदवार, ५० प्रतिशत युवालाई अवसर

काठमाडौं । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने निर्णय गरेको छ । पार्टी नेता वर्षमान पुनका अनुसार सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्ष...

शेखरले गगनसँग सहकार्य गर्ने, देउवाको बैठकमा नजाने

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर...

टिकट वितरणमा ओलीले इतर समूहलाई पन्छाएपछि योगेशको ‘नोट अफ डिसेन्ट’

पार्टीपंक्तिमा आह्वान- निर्णय सुनेर विचलित नहुनू

विश्व सम्बन्धलाई कमजोर नबनाउन राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आग्रह

लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending