काठमाडौं । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने निर्णय गरेको छ । पार्टी नेता वर्षमान पुनका अनुसार सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाइनेछ ।
यसपटक कम्तीमा ५० प्रतिशत युवा उम्मेदवार बनाउने लक्ष्य पनि पार्टीले लिएको छ । ‘एकभन्दा बढी उम्मेदवार भएका क्षेत्रमा छलफलमार्फत सहमति निकालिनेछ,’ पुनले बताए ।
नेकपाका अर्का नेता बेदुराम भुसालले एकल सिफारिस भएका तथा बहुसिफारिस भएका क्षेत्रका उम्मेदवारलाई क्रमशः टिकट वितरण सुरु भइसकेको जानकारी दिए ।
पार्टी संयोजक पुष्पकमल दाहाल रुकुम पूर्वबाट र सहसंयोजक माधवकुमार नेपाल रौतहट–१ बाट उम्मेदवार हुने निश्चित भएको छ । अघिल्लो आम निर्वाचनमा दाहाल गोरखा–२ र नेपाल रौतहट–२ बाट विजयी भएका थिए । दाहाललाई नुवाकोट–१, सिन्धुली–२, रामेछाप, महोत्तरी–४, गोरखा–१, रोल्पा, रुकुम पूर्व र कैलाली–३ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको थियो ।
त्यसैगरी, नारायणकाजी श्रेष्ठ सर्लाही–३ र वामदेव गौतम बर्दिया–१ बाट उम्मेदवार हुने लगभग निश्चित भएका छन् । एमालेका पूर्वउपाध्यक्ष भीम रावल अछाम–१ बाट उम्मेदवार बन्ने भएका छन् । नेता वर्षमान पुन रोल्पा र प्रकाश ज्वाला सल्यानबाट उम्मेदवार हुने भएका छन् । उनीहरू दुवै गत निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चितवन–३ बाट उम्मेदवार बन्ने तयारीमा छन् । संयोजक दाहालकी छोरी उनले मेयर पदबाट राजीनामा दिएर निर्वाचनमा सहभागी हुने तयारी गरेकी छन् । २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट दाहाल विजयी भएका थिए । त्यस्तै, दाहालकी बुहारी बिना मगर कञ्चनपुर–१ बाट उम्मेदवार बन्ने निश्चित छ ।
नागरिक उन्मुक्ति पार्टीबाट एकता भएर नेकपामा आएका लालवीर चौधरी बर्दिया–२ र राष्ट्रिय मुक्ति पार्टीबाट समाहित अभियन्ता सुमन सायमी काठमाडौं–८ बाट उम्मेदवार हुने तयारीमा छन् । झापा–५ मा अखिलका पूर्वअध्यक्ष रञ्जित तामाङ, जुम्लामा नरेश भण्डारी, कैलाली–५ मा प्रेम आले, बाजुरामा प्रकाश शाह र डोल्पामा धनबहादुर बुढालाई टिकट दिइसकिएको छ ।
त्यस्तै, पर्वतबाट मनहरि तिम्सेना, सिन्धुपाल्चोक–१ बाट माधव सापकोटा र सिन्धुपाल्चोक–२ बाट युवराज दुलाल उम्मेदवार बन्ने भएका छन् । दोलखाबाट विशाल खड्का, सिन्धुली–२ बाट राजन दाहाल, ललितपुर–३ बाट राजकाजी महर्जन, भक्तपुर–२ बाट रामप्रसाद सापकोटा र रुकुम पश्चिमबाट गोपाल शर्मा उम्मेदवार बन्ने निश्चित छ ।
गोरखा–१ बाट हरिराज अधिकारी र गोरखा–२ बाट अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले टिकट पाएका छन् । नेता देव गुरुङ लमजुङबाट सिफारिस भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: