Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

सरकारले पूर्णता नपाउँदा हामी निकै चिन्तित छौँ : महामन्त्री खड्का

पूर्ण बहादुर खड्का

सरकारलाई पूर्णता दिने विषयमा सत्ता गठबन्धन दलहरूबीच छलफल भइरहेको छ । लामो समयसम्म सरकारले पूर्णता पाउन नसक्दा सरकारको क्षमातामाथि प्रश्नचिन्ह खडा भएकोमा हामी निकै चिन्तित छौं । सरकार विस्तारको विषयलाई लिएर नागरिकस्तरमा चिन्ता र चासो व्यक्त हुनु स्वभाविक पनि हो ।

सरकार विस्तारमा कसको कमजोरी छ भन्दा पनि सबैलाई समेटेर जानुपर्ने दायित्व नेपाली कांग्रेसलाई छ । यसबीचमा केही कानूनी झमेला आइपरेको छ । माधव नेपालको पार्टीले वैधानिकता पाउने विषयमा अदालतमा विचाराधिन मुद्दा रहेकोले हामीले अहिले बोल्न मिल्ने अवस्था छैन । सरकारको नेतृत्वकर्ता दल भएकाले सबै पक्षलाई मिलाएर जानुपर्छ भन्ने हाम्रो सोचाइ हो । मन्त्रिमण्डल विस्तारमा गठबन्धन दलभित्र कुनै समस्या छैन ।

अदालतको आदेश आएपछि सायद एक दुई दिनभित्र सरकारले पूर्णता पाउन सक्छ । नेपाली कांग्रेस र माओवादी केन्द्र मात्र समेटेर मन्त्रिमण्डल विस्तार गर्नुभन्दा एक दुई दिन पर्खिएर सरकारमा सबै पक्षलाई सहभागिता गराउँदा राम्रो हुन्छ । कसले कुन मान्त्रालय कति पाउने विषयमा गठबन्धन दलहरूबीच कुनै समस्या छैन । हाम्रै पार्टीभित्र पनि सरकारमा सहभागिताको विषयमा कुनै विवाद छैन । वैधानिकताको विषयले सरकार विस्तारमा केही ढिला भएको हो ।

सर्वोच्चको निर्णय आउनासाथ मन्त्रिपरिषद्‌ले पूर्णता पाउँछ । त्यसपछि सरकार जनजिविकाको विषयमा अगाडि बढ्छ । यतिबेला प्रतिपक्ष दलले निरन्तर सदन अवरुद्ध गरेको अवस्था छ । सरकारले ल्याएका बिलहरू सदनमा अड्किएर बसेका छन् । त्यसमाथि छलफल हुन पाएको छैन । कोरोना महामारी रोकथाम विषयमा सरकारको थप भूमिकाको आवश्यक रहेको छ । सत्तापक्ष मात्र नभइ प्रतिपक्षसमेतलाई विश्वासरमा लिएर सरकार अगाडि बढ्नुपर्ने दायित्व छ । यी सबै कुरालाई ध्यानमा राखेर सरकार अगाडि बढ्छ । कहिलेसम्म सरकारले पूर्णता पाउने निश्चित नभए पनि दुई तीन दिनमा गतिरोधले निकास पाउने विश्वास लिएको छु । 
(खड्का पूर्वमन्त्री एवं नेपाली काँग्रेसका महामन्त्री हुन्)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...

अध्यादेशको बाटो रोज्दा नेकपाको आपत्ति: ‘संसद् छल्ने काम बन्द गर, अधिवेशन तुरुन्त बोलाऊ’

काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छः मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...

बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...

झापामा ८ लाखभन्दा बढी मूल्यको अवैध चिनियाँ स्याउ बरामद

झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...

सुकुमबासीको विवरण संकलन गर्न सेना किन सक्रिय ?

काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...

३७ मुद्दा बोकेका ‘पुराना अनुहार’ फेरि पक्राउ: चोरी आरोपमा सन्तोष रानाभाट समातिए

काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहे...

इरान प्रस्तावप्रति अमेरिका कठोर

काठमाडाैँ । युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending