सरकारलाई पूर्णता दिने विषयमा सत्ता गठबन्धन दलहरूबीच छलफल भइरहेको छ । लामो समयसम्म सरकारले पूर्णता पाउन नसक्दा सरकारको क्षमातामाथि प्रश्नचिन्ह खडा भएकोमा हामी निकै चिन्तित छौं । सरकार विस्तारको विषयलाई लिएर नागरिकस्तरमा चिन्ता र चासो व्यक्त हुनु स्वभाविक पनि हो ।
सरकार विस्तारमा कसको कमजोरी छ भन्दा पनि सबैलाई समेटेर जानुपर्ने दायित्व नेपाली कांग्रेसलाई छ । यसबीचमा केही कानूनी झमेला आइपरेको छ । माधव नेपालको पार्टीले वैधानिकता पाउने विषयमा अदालतमा विचाराधिन मुद्दा रहेकोले हामीले अहिले बोल्न मिल्ने अवस्था छैन । सरकारको नेतृत्वकर्ता दल भएकाले सबै पक्षलाई मिलाएर जानुपर्छ भन्ने हाम्रो सोचाइ हो । मन्त्रिमण्डल विस्तारमा गठबन्धन दलभित्र कुनै समस्या छैन ।
अदालतको आदेश आएपछि सायद एक दुई दिनभित्र सरकारले पूर्णता पाउन सक्छ । नेपाली कांग्रेस र माओवादी केन्द्र मात्र समेटेर मन्त्रिमण्डल विस्तार गर्नुभन्दा एक दुई दिन पर्खिएर सरकारमा सबै पक्षलाई सहभागिता गराउँदा राम्रो हुन्छ । कसले कुन मान्त्रालय कति पाउने विषयमा गठबन्धन दलहरूबीच कुनै समस्या छैन । हाम्रै पार्टीभित्र पनि सरकारमा सहभागिताको विषयमा कुनै विवाद छैन । वैधानिकताको विषयले सरकार विस्तारमा केही ढिला भएको हो ।
सर्वोच्चको निर्णय आउनासाथ मन्त्रिपरिषद्ले पूर्णता पाउँछ । त्यसपछि सरकार जनजिविकाको विषयमा अगाडि बढ्छ । यतिबेला प्रतिपक्ष दलले निरन्तर सदन अवरुद्ध गरेको अवस्था छ । सरकारले ल्याएका बिलहरू सदनमा अड्किएर बसेका छन् । त्यसमाथि छलफल हुन पाएको छैन । कोरोना महामारी रोकथाम विषयमा सरकारको थप भूमिकाको आवश्यक रहेको छ । सत्तापक्ष मात्र नभइ प्रतिपक्षसमेतलाई विश्वासरमा लिएर सरकार अगाडि बढ्नुपर्ने दायित्व छ । यी सबै कुरालाई ध्यानमा राखेर सरकार अगाडि बढ्छ । कहिलेसम्म सरकारले पूर्णता पाउने निश्चित नभए पनि दुई तीन दिनमा गतिरोधले निकास पाउने विश्वास लिएको छु ।
(खड्का पूर्वमन्त्री एवं नेपाली काँग्रेसका महामन्त्री हुन्)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: