Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

‘कालोधन’ शुद्धीकरणको पक्षमा ल्याइएको बजेट चर्काे विवादमा

खबरडबली संवाददाता

काठमाडौं । ।सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’ शुद्धीकरणको पक्षमा गरिएको व्यवस्था भनेर चर्को आलोचनासमेत गरेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले गत २५ भदौमा संघीय संसद्मा चालू आर्थिक वर्षको नयाँ बजेट सार्वजनिक गर्दै ‘देशको पूर्वाधार क्षेत्रमा लगानीको आयस्रोत नखोजिने’ घोषणा गरेका थिए । सरोकारवाला पक्ष र विज्ञहरूले यसको आलोचना गरेका हुन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी नियामक निकाय, अनुसन्धानकर्ता, कानुन व्यवसायी, अर्थविद् एवं सम्बन्धित सरोकारवालाहरूले अवैध किसिमले आर्जन गरिएको कालोधन (स्रोत नखुलेको रकम) शुद्धीकरणको पक्षमा सरकार नै लागेको आरोपसमेत लगाएका छन् ।

उनीहरूले नेताहरूले अर्बपति माफिया पालेको, त्यस्ता माफियाले नेता, कर्मचारी, व्यापारी र लेखा परीक्षकको सहयोगमा अवैध तरिकाले कमाएको कालोधनलाई सेतो बनाउन बजेटमार्फत नै सरकारले व्यवस्था गरको आरोप लगाएका हुन् ।

सम्पत्ति शुद्धीकरणको सवालमा तारन्तार विवाद निम्तने गरेकाले सरकारले बजेटमार्फत नै आगामी २०८० सालको चैतसम्म पूर्वाधार क्षेत्रमा गरेको लगानीको आयस्रोत नखोजिने व्यवस्था गर्नु कालोधनमा जोडिएको स्वार्थ नै भएको सरोकारवालाहरूको दाबी छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले आर्थिक आयकर ऐन, २०५८ संशोधन प्रस्ताव फिर्ता लिन माग गरेको छ । ट्रान्सपरेन्सी नेपालले सो ऐनमा यस्तो प्रस्ताव राख्दा भ्रष्टाचारलाई प्रश्रय पुग्ने, कर छली बढ्ने र कालो सम्पत्ति शुद्धीकरण तथा निर्मलीकरण हुन जाने भएकाले फिर्ता लिन सरकारसँग माग गरेको हो ।

मुलुकको आर्थिक विधेयकमा नै यस्तो व्यवस्था गरेसँगै सरकार र विशेषगरी अर्थमन्त्री शर्माको व्यापक आलोचना भएको छ । आलोचना थेग्न नसकेपछि अर्थ मन्त्रालयले विज्ञप्तिसमेत जारी गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपाको ‘संकल्प पत्र’ सार्वजनिक : राजसंस्थासहित दुई तहको शासन प्रणालीको प्रस्ताव

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शनिबार पार्टी के...

टी–२० विश्वकप : वेस्ट इन्डिजसँग शाख जोगाउने नेपालको अपेक्षा

काठमाडौँ। तेस्रो पटक आइसिसी टी–२० विश्वकप खेलिरहेको नेपालको प्रदर्शन नतिजाका हिसावले सन्तोषजनक छैन ।  नेपालले समूह ‘सी’ अन्तर्गत पहिलो खेलमा दुई पट...

हेटौँडामा रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

हेटौँडा। हेटौँडा उपमहानगरपालिका–५, पिप्ले स्थित कान्ति लोकपथ सडक खण्डमा रड लोड भएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार रा...

भेनेजुएलामा राजनीतिक दमन अन्त्यतर्फ कदम चाल्दै, १७ कैदी रिहा

क्याराक। भेनेजुएलाका संसद अध्यक्ष होर्जे रोड्रिगेजले शनिबार १७ जना राजनीतिक कैदीलाई रिहा गरिएको घोषणा गर्नु भएको छ । उक्त कदम त्यति बेला आएको हो जब दे...

बागलुङमा विद्यालय भ्यान दुर्घटना : मृत्यु हुनेको संख्या दुई पुग्यो

बागलुङ। विद्यालयको भ्यान दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । बिहीबार बागलुङ नगरपालिका वडा ३ हाडेपाखामा विद्यालय भ्यान दुर्घटनामा परेक...

२०८३ सालको पञ्चाङ्ग सार्वजनिक : दसैँ र तिहार कहिले छ ?

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको पात्रो (पञ्चाङ्ग) सार्वजनिक गरेको छ । समितिद्वारा प्रकाशित पात्रो अनुसार आगामी वर्षका प्रम...

करिब दुई करोड मूल्यको कपडा बरामद, भन्सार र सशस्त्र प्रहरी बलमाथि उठ्दै प्रश्न

इटहरी। भारतीय सिमा क्षेत्रबाट नेपाल भित्रिएको करिब दुई करोड मूल्य बराबरको कपडाजन्य सामाग्रीसहितको दुई वटा ट्रक बिराटनगरबाट नियन्त्रण भएसँगै भन्सार कर्...

चुनावी एजेण्डामा सीमित खड्कबार–घुइँयाबारी सडक

बाँके । बाँकेको कोहलपुर नगरपालिकाको चप्परगौडीबाट खड्कबार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तर प्रदेश पर्यटकीय मार्ग निर्माण चुनावी एजेण्डामा सीमित भएक...

बालेनको आज यी तीन जिल्लामा चुनावी कार्यक्रम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० ले आज रुपन्देही, कपिलवस्तु र नवलपरासीमा चुनावी तथा जनसम्पर्क कार्यक्रम गर्न...

भानुआटुमा ६ दशमलव ४ तीव्रताको भूकम्प

वेलिङ्टन। प्रशान्त महासागर क्षेत्रमा पर्ने टापु राष्ट्र भानुआटु शनिबार शक्तिशाली भूकम्पले हल्लिएको छ । छ दशमलव ४ तीव्रताको उक्त भूकम्प बलियो महसुस गरि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE