एजेन्सी । मार्को असेन्सियोको ह्याट्रिकको मद्दतले मायोर्कालाई हराउँदै रियल म्याड्रिड पुन: स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा रियल ६–१ को विशाल अन्तरले विजयी बनेको हो ।
आफ्नो घरेलु मैदानमा रियलले खेलको तेस्रो मिनेटमा करिम बेन्जेमाको गोलको मद्दतले अग्रता लिएको थियो । २४ औँ मिनेटमा असेन्सियोले रियलको अग्रता दोब्बर बनाए । तर लगत्तै लि काङले मायोर्काका लागि एक गोल फर्काए । चार मिनेट पछि असेन्सियोले रियललाई पुन: दुई गोलको अग्रता दिलाए ।
दोस्रो हाफको सुरुवातमा नै उनले गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे । त्यसपछि बेन्जेमा र इस्कोले गोल थप्दै रियलको आधा दर्जन गोल पुरा गरे । बेन्जेमाले यो सिजन ८ गोल गर्नुका साथै ७ वटा गोलको अवसर सिर्जना गरिसकेका छन् ।
मंगलबार गेटाफेलाई हराउँदै एथ्लेटिको म्याड्रिड लिगको शीर्ष स्थानमा उक्लिएको थियो । आजको जीतपछि रियलले आफ्नो चीर प्रतिद्वन्द्वीलाई उछिनेको छ । ६ खेलपछि रियलको १६ अंक रहेको छ भने एथ्लेटिकोको १४ अंक रहेको छ ।
बुधबार राति भएका अन्य खेलमा तेस्रो स्थानमा रहेको सेभियाले चौथो स्थानमा रहेको भ्यालेन्सियालाई ३–१ गोलले हरायो । त्यस्तै, भिल्लेरियालले इल्चेलाई ४–१ ले पराजित गर्यो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - १९:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। पार्टी नेतृत्वका अनुसार केही...
आषाढ़ ११ गते, २०८३ - १७:१०
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पुन: संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालि...
आषाढ़ ११ गते, २०८३ - १६:५३
काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा...
आषाढ़ ११ गते, २०८३ - १६:१३
काठमाडौं । कक्षा १२ को नतिजामाथि विभिन्न प्रश्न उठ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा...
आषाढ़ ११ गते, २०८३ - १५:४२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले पार्टी पदाधिकारीको निर्वाचनमा ‘नो भोट’ को प्रावधान राख्नुपर्ने बताएका छन्। चितवन...
आषाढ़ ११ गते, २०८३ - १५:१३
काठमाडौं । स्थायी व्यवस्थापनको विकल्प नदिई सरकारले राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउन खोजेको भन्दै सुकुमवासीहरू ...
आषाढ़ ११ गते, २०८३ - १४:१६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...
आषाढ़ ११ गते, २०८३ - १३:५१
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...
आषाढ़ ११ गते, २०८३ - १३:३३
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...
आषाढ़ ११ गते, २०८३ - १३:१३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...



प्रतिकृया लेख्नुहोस्: