Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त र उपाध्यक्षमा खड्का

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्त र नवराज श्रेष्ठसहित १३ सदस्यीय कमिटी निर्विरोध चयन भएको छ । राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे नेपालको १२ औं केन्द्रीय अधिवेशन तथा २५ औं वार्षिक उत्सव रजत जयन्ती सम्पन्न भएको छ । काठमाडौँमा महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।

अधिवेशनले प्रदीपराज वन्तको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ भने केन्द्रीय कमिटीले २ जना केन्द्रीय सदस्य मनोनित गर्ने छ । 

राजेन्द्र चित्रकारको संयोजकत्वमा रहेको तत्कालीन कार्यसमिति भङ्ग गरी निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा रातोपाटीका कृष्ण खड्का, महिला उपाध्यक्षमा राससका भगवती थापा, महासचिवमा हिमालय टाइम्सका नवराज श्रेष्ठ, कोषाध्यक्ष न्यूभिजन मिडियाका सागर श्रेष्ठ, सचिव रिपोर्टस नेपालका मुकुन्द कालिकोटे रहेका छन् ।

त्यस्तै केन्द्रीय सदस्यहरूमा नयाँपेजका प्रबिण कुलुङ राई, अन्नपूर्णटाइम्सका घनश्याम श्रेष्ठ, बाह्रखरीका हरिश सिंह नगाल, अनलाइनखवरका आर्यन धिमाल,थाहाखवरकी शिला तिमिल्सिना , नेवा टाइम्सका रमिता छुँजु र प्रभाव दैनिकका प्रदीप कुमार श्रेष्ठ चयन भएका छन् ।

कार्यक्रममा एनएफपिजे हरि गोपाल फोटो पत्रकारिता पुरस्कार २०७६ र ७७ वाट मनोरन्जन तर्फ नवराज वाग्ले र कपिल खड्का त्यसैगरि खेलकुद विधामा सत्यम श्रेष्ठ र उज्जवल डंगोल ,पर्यटन तर्फ नारायण सिलवाल र प्रेम थापा , संस्कृति सम्पदा तर्फ सोभा महर्जन र प्रदीप शाक्य र साहसिक तर्फ मुकुन्द कालीकोटे र पूर्णीमा श्रेष्ठ लाई प्रमाण पत्र र चाँदीको तक्मा प्रदान गरिएको थियो । 

पूर्व सशस्त्र प्रहरी नायव महानिरीक्षक माधव थापाको नाममा स्थापना गरिएको माधव थापा जोखिम पूर्ण फोटोपत्रकारिता पुरस्कार शिलापत्रका फोटोपत्रकार सुशील कुमार श्रेष्ठलाई नगद रु १० हजार सहित प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले वधाई तथा शुभकामना मन्तव्य राख्नु भएको थियो भने त्यसै गरि उक्त कार्यक्रममा काठमाडौं फोटोग्राफर संघका अध्यक्ष डिगम्वर राजवंशी, पूर्व अध्यक्ष विकास रौनियार र कविन्द्रमान शाक्यले पनि शुभकामना मन्तव्य राखेका थिए ।

निर्वाचन प्रक्रियामा व्यवसायी तथा समाज सेवी नारायण श्रेष्ठ, पत्रकार माधव बराल र पूर्व अध्यक्ष कविन्द्रमान शाक्यको निर्वाचन कमिटीले सहयोग गरेको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending