Ntc summer Offer
Khabar Dabali १६ आश्विन २०८० मंगलवार | 3rd October, 2023 Tue

विवाद छ तर १० बुँदे सहमतिको कार्यान्वयन हुन्छ- ज्ञवाली

युवराज ज्ञावली

पार्टीभित्र वैचारीक मतभेद छ, त्यो जारी रहन्छ । यसलाई अब समूहगत रुपमा उठाउन आवश्यक छैन । समूहगत रुपमा उठाउँदा गुटबन्दी गरेको आरोप लाग्न सक्छ । यसको मतलब सांगठनिक रुपमा फरक मत राख्नै हुन्न भन्ने होइन ।

एमाले विवाद समाधान कार्यदलले तयार गरेको १० बुँदे सहमति कार्यान्वय सम्बन्धमा भीम रावलको नेतृत्वमा अर्को कार्यदल गठन भएको छ । त्यसले बाँकी रहेका जिल्लामा समाधानको उपाय खोज्छ भन्ने हाम्रो विश्वास छ । अब धेरै ठाउँमा विवाद छैन । जस्तै, कर्णाली, गण्डकीलगायत धेरै ठाउँमा लागू भइसकेको छ । खासगरी सुदूरपश्चिम, प्रदेश १ र बागमती प्रदेशमा केही समस्या छन् । त्यसलाई रावल नेतृत्वको कार्यदलले टुंग्याउने जिम्मा दिएको छ । वैचारिकरुपमा हाम्रा केही मतभेद थाँति नै छ । यसलाई हामीले सामूहिक रुपमा नभइए व्यक्तिगतरुपले फरक प्रस्ताव दर्ता गरेका छौँ । अध्यक्ष ज्यूले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा नसमेटिएका विषयमा हामीले नेतृत्वको ध्यानाकर्षण गराएका छौं । सोमबार बसेको स्थायी कमिटी बैठकमा पनि उठाएका थियौं । यस विवाद कायमै राखेर हामी विधान महाधिवेशनमा भाग लिन्छौं । यस्तै संगठनात्मक प्रतिवेदनमा पनि हाम्रो असहमति कायमै छ । विवाद हिजो पनि थियो । आज पनि छ । भोलि पनि विवाद कायमै रहनेछ ।

१० बुँदे कार्यान्वयन सम्बन्धमा भीम रावल नेतृत्वको कार्यदलले समाधान निकाल्नेमा हामी आशावादी छौं । पार्टीभित्र वैचारीक मतभेद छ, त्यो जारी रहन्छ । यसलाई अब समूहगत रुपमा उठाउन आवश्यक छैन । समूहगत रुपमा उठाउँदा गुटबन्दी गरेको आरोप लाग्न सक्छ । यसको मतलब सांगठनिक रुपमा फरक मत राख्नै हुन्न भन्ने होइन । विचारमा व्यक्तिपिच्छे फरक दृष्टिकोण हुनसक्छ । आफुलाई लागेको कुरा सबैले व्यक्तिगत रुपमा उठाउनुपर्छ । समूगत रुपमा उठाउँदा पार्टीभित्र फरक पार्टीको अभ्यास गरेको आरोप लाग्न सक्छ । अब त्यसरी सामूहिकरुपमा नभइ व्यक्तिगत रुपमा आफ्ना मतभेद जारी राख्छौं ।

पार्टीभित्र कतिपय कुराहरू समाधान हुँदै जान्छन् । कतिपय कुराहरू थाँति नै रहन्छन् । मेरो विचारमा विधान महाधिवेशनबाट पनि वैचारिक मतभेद अन्त्य हुन्छ जस्तो लाग्दैन । फरक प्रस्ताव लामो समयसम्म रहिरहन्छ । त्यसैले यो विवाद विधान महाधिवेशनमा मात्र नभइ आगामी केन्द्रीय महाधिवेशसम्म पनि रहन्छ । पार्टीभित्र यो निरन्तर चल्ने प्रकृया हो । पार्टीभित्र केन्द्रीय कमिटी, स्थायी कमिटी, विभिन्न फोरम, राष्ट्रिय सम्मेलन, भेला, महाधिवेशनमा आफ्ना विचार, तर्क राख्छौं । त्यो हाम्रो अधिकार हो । पहिल्यैदेखिको सिस्टम पनि यही हो । हामी एमालेका सदस्य हौं । हामी कुनै गुटगतरुपमा क्रियाकलाप गर्दैनौं । यसलाई सबैले सकारात्मक रुपमा लिनुपर्छ । हिजो कुनै एजेण्डामा हामी १० जना नेताहरू एकै ठाउँमा थियौं । अहिले धेरै साथीहरू पुनः पार्टीमा फर्किएका छौं । यसको मतलब पार्टी फेरि कुनै गुटको राजनीति गर्न होइन । पार्टी र संगठनलाई गतिशिल बनाउन हामी निरन्तर आफ्नो विचार राख्छौं ।

(ज्ञवाली नेकपा एमालेका उपाध्यक्ष हुन् )

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुन तस्करी प्रकरण : चिनियाँ नागरिकसहित १० जना पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । हिजो साँझ थप तीनजना पक्राउ परेसँगै करिब सय किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको ...

यि हुन् काठमाडौं उपत्यकामा आठ घण्टा आठ घण्टा बिजुली आपुर्ति बन्द हुने स्थान

काठमाडौं । शनिबार काठमाडौं र ललितपुरका विभिन्न स्थानमा झण्डै ८ घण्टा बिजुली आपुर्ति बन्द हुने भएको छ ।  नेपाल विद्युत प्राधिकरणको टेकु सबस्टेशनको स...

नेपाल टेलिकमले यस्तो ल्यायो समर अफर

काठमाडौं । नेपाल टेलिकमले आज (२०८० असार २९) देखि लागु हुनेगरी समर अफर (Summer Offer) उपलब्ध गराएको छ । यसमा सेवाग्राहीको रुची र चाहना बमोजिम केही नयाँ...

७० करोड काण्डको फाइल खुल्ने भएपछि प्रधानमन्त्रीको राजीनामा मागेको खुलासा

काठमाडौं । तत्कालिन केपी शर्मा ओली कार्यकालमा चर्चित ७० करोड घोटालाको ओम्नी काण्डको पुनः छानबीन हुने भएपछि एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मा...

‘टिन स्टार इन्टरनेसनल ०२३’ भाग लिन थाइल्याण्ड उडे आर्नभ, निभिका र सायरा

काठमाडौं । थाईल्याण्डमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘टिन स्टार इन्टरनेसनल २०२३’ मा नेपाली बालबालिका आर्नभ श्रेष्ठ, सायरा भट्ट र निभ...

१० नयाँ ब्रोकर कम्पनीलाई नेप्सेले दियो आशयपत्र : क–कसले पाए ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप १० नयाँ ब्रोकर कम्पनीलाई आशयपत्र (एलओआई) प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डबाट दोस्रो चरणमा लाइसेन्स...

परराष्ट्रमन्त्री साउद आज अजरबैजान जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आज अजरबैजान जाँदै छन् । असंलग्न राष्ट्रहरूका परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा सहभागिता जनाउन मन्त्री साउद आज अजरब...

प्रधानमन्त्री प्रचण्डको खुलासा : पुर्व माओवादीहरुबिच पार्टी एकता हुँदैछ

पोखरा। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका ल...

सचेत रहनुस् : आज धेरै ठाउँमा वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशका केही भू–भागमा आज बिहानैबाट वर्ष...

नारायणगढ–मुग्लिन सडक पुनस् अवरुद्ध : तीन किलोमा पहिरो खस्यो

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक पुन: अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसे पछि सडक अवरुद्ध भ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending