Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

३४ वर्षका व्यक्तिको अलग्गिएको यौनाङ्गलाई जोडेर डाक्टेरले बनाए रेकर्ड

खबरडबली संवाददाता

काठमाडौं । बेलायतमा मानसिक रुपमा बिरामी  व्यक्तिको एउटा जटिल घटना सार्वजनिक भएको छ । यी व्यक्तिले आत्महत्या गर्नका लागि आफ्नो यौनाङ्गमाथि हमला गरेर अलग्याएका थिए । यद्यपि, यी व्यक्तिको गम्भीर चोटको ६ हप्तापछि नै डाक्टरले यी व्यक्तिको यौनाङ्गलाई पूर्ण रुपमा निको पारेका छन् । 

यी व्यक्तिको घटना ब्रिटिश मेडिकल जर्नल केस रिपोर्टमा छापिएको छ । ३४ वर्षका यी व्यक्तिले भान्साको चक्कूले आफ्नो यौनाङ्गमा हमला गरेका थिए । जब प्रहरी यी व्यक्तिको घर पुगे तब उनी बेहोस भइसकेका थिए । उनको यौनाङ्गलाई बरफमा राखियो र उनलाई एम्बुलेन्समार्फत् अस्पताल लगियो । 

यी व्यक्ति स्तिजोफ्रेनिया नामको गम्भीर मानसिक रोगसँग जुधिरहेका छन् । उनको शरीरका विभिन्न हिस्सामा घाउका चोट देख्न सकिन्थ्यो । युनिभर्सिटी हस्पिटल बर्मिङ्घम एनएचएस फाउन्डेशन ट्रस्टका अनुसार शल्यक्रिया सफल बनाउनका लागि यौनाङ्गमा चोट लागेको १५ घण्टाभित्र रिप्लान्ट गर्न आवश्यक हुन्छ । 

यद्यपि, जब यी व्यक्तिलाई अस्पताल पुर्याइयो र उनलाई अपरेशन थिएटरमा लगेर शल्यक्रिया गराउँदा यी बिरामीको यौनाङ्ग अलग्गिएको २३ घण्टा बितिसकेको थियो । यस्तोमा डाक्टरका लागि यो शल्यक्रिया निकै चुनौतीपूर्ण थियो । यी व्यक्तिलाई क्याथेटरमार्फत् पिसाब गराइएको थियो । 

डाक्टरले यी व्यक्तिको यौनाङ्ग पुन: जोडिखिए र रक्तसञ्चारका लागि बिरामीको पाखुराको नसा प्रयोग गरिएको थियो । शल्यक्रियापछि उनलाई जनरल वार्डमा लगियो र उनलाई एन्टीबायोटिक्स दिइयो । यी व्यक्तिले दुई हप्ता जनरल वार्डमा बिताए । 

त्यसपछि उनलाई एक साइकियेट्रिक वार्डमा सारिएको थियो । शल्यक्रिया गरेको केही हप्तापछि नै बिरामीको यौनाङ्गमा सेन्सेसन हुन थालेको थियो र यो सामान्य हुन थालेको थियो । यो शल्यक्रियासँग जोडिएका डाक्टरका अनुसार अंग विच्छेद भएको केही घण्टा पछि यौनाङ्गको सफल शल्यक्रियाको यो पहिलो डकुमेन्टेड केस हो । 

यो शल्यक्रियापश्चात् बिरामीको यौनाङ्गलाई दैनिक एन्टिसेप्टिकमार्फत् सफा गरिन्थ्यो ताकि संक्रमणको जोखिमलाई कम गर्न सकियोस् । यो घटनासँग जोडिएका मानिसहरुलाई अब आशा छ कि अन्य स्वास्थ्यकर्मीले पनि यौनाङ्ग अलग भएको केही घण्टापछि पनि पुन: जोड्नका लागि शल्यक्रिया गर्ने कोसिस गर्नेछन् । एजेन्सीको सहयोगममा

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपति पौडेलको जापान भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ देखि २१, २०८२ सम्म जापान भ्रमणमा जाने भएका छन्। मन्त्रिपरिषद् बैठकले प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत...

निर्वाचनको शान्ति सुरक्षा भंग गर्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुन्छ: गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको शान्ति सुरक्षा भंग गर्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुने बताएका छन्। बिहीबार निर्वाचन आयोगका पदाध...

मूलपानीबाट गोलीमा हानेर समातिएका १० लुटेरालाई प्रहरीले गर्‍यो सार्वजनिक

काठमाडौँ । काठमाडौंको मूलपानी क्षेत्रमा गोली चलाएर पक्राउ परेका १० जना लुटेराको सूची प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबा...

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा फाइल पेस गर्न सर्वोच्चको आदेश

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेका उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्च अदालतले सम्बन्धित फाइल यसअघिको...

कागबेनी-मुक्तिनाथ सडकमा हिउँ पन्छाउन थालियो, दर्शनार्थी कागबेनीमै रोकिए

काठमाडौँ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल थालिएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन...

निर्वाचन आचारसंहिता उल्लङ्घनमा २१ वटा स्पष्टीकरण सोधियो

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा हालसम्म राजनीतिक दल, उम्मेदवार, व्यक्ति तथा संस्थासँग २१ वटा स्पष्टीकरण सोधेको छ। आयो...

अहिले वामपन्थी शक्तिलाई कमजोर पार्ने प्रयास भइरहेको छ : अग्नि सापकोटा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले पार्टीभित्र बहस गर्नुपर्ने धेरै विषय रहे पनि ती विषयलाई थाती राखेर आगामी निर्वाचनम...

नेप्से १७.५३ अंकले घट्यो, कारोबार रकम भने १४ अर्ब नाघ्यो

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) १.५३ अंकले घटेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २७१४.०५ विन्दुमा पुगेर बन्द भएको हो । बजार परिस...

निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन जिम्मेवार सूचना प्रवाह गर्न राष्ट्रिय सूचना आयोगको निर्देशन

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सूचना प्रवाहमा जिम्मेवार ब...

सामाजिक सुरक्षा कार्यक्रम खर्च मापदण्ड खारेज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सेवाप्रदायक स्वास्थ्य संस्थाका लागि तोकिएको खर्च मापदण्ड खारेज गरेको छ। बोर्ड ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending