Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

नेकपा (एस) ले टुंगो लगायो मन्त्री हुनेको नामावली : माओवादीले नयाँलाई मौका दिने

खबरडबली संवाददाता

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले मन्त्री हुनेको नाम टुंगो लगाएको छ। सरकारले दल विभाजन सजिलो हुनेगरी ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएपछि एकीकृत समाजवादीले मन्त्री हुनेको नामावली टुंगो लगाएको हो।

एकीकृत समाजवादीबाट विरोध खतिवडाले सरकारको नेतृत्व गर्ने भएका छन्।यस्तै, रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आलेमागर, जीवनराम श्रेष्ठ मन्त्री हुने टुंगो लागेको छ। यस्तै, किसान श्रेष्ठ र भवानी खापुङमध्ये एक जना मन्त्री हुनेछन्।

एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले पार्टीबाट मन्त्री हुनेको नाम टुंगो लागेको पुष्टि गरेका छन्। सो पार्टीले नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको स्रोतको दाबी छ।

माओवादीले नयाँलाई मौका दिने

नेकपा (माओवादी केन्द्र) मन्त्री हुनेको नामावली टुंगो लगाउन आन्तरिक गृहकार्यमा जुटेको छ। यसपटक माओवादी केन्द्रले मन्त्री नभएका नयाँ अनुहारलाई प्राथमिकतामा राख्ने भएको छ।

पाँच दलीय गठबन्धनभित्रको सहमतिअनुसार माओवादी केन्द्रले पाँच मन्त्री र एक राज्यमन्त्री पाउनेछ। माओवादी केन्द्रबाट अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसालमन्त्री भइसेका छन्। बाँकी तीन मन्त्री र एक राज्य मन्त्रीको नामावली टुंगो लगाउने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ।

मंगलबार दिउँसो ३ बजे बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको थियो। मन्त्रीको नामावली तथा अगामी महाधिवेशनलगायतका विषयमा छलफल गर्न माओवादी केन्द्रले बुधबार बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएको स्थायी कमिटी सदस्य गणेश साहले बताए।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्ता २६ निर्णय गर्दै माओवादी स्थायी समिति बैठक सम्पन्न

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ ।  बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...

तीन प्रदेशमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान

हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...

इजरायलमा ड्रोन आक्रमण : ४ को मृत्यु, ६० भन्दा सैनिक घाइते

अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...

दशैंको टिका जमरा लाउने र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...

कर्णालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...

यात्रा गर्दै हुनुहुन्छ ? नजानुस् कुलेखानी–फाखेलको बाटो

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...

अरनिको राजमार्ग एकतर्फी संचालनमा आयो

काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ ।  काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...

मौसम पुर्वानुमान : आज केहि प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...

आज टिकाको दोस्रो दिन, मान्यजनको हातबाट टिका र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । बडादसैँ  टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending